शुभ बिहानी सम्पुर्णमा शुभ दिनको कामना ! मनोकाँक्षा पुरा गर्ने आस्थाकी देवी, दया माया करुणाकी खानी जगत जननी जगदम्बा भगवती पाथिभरा माताको कृपा सधैं रहिरहोस ! माता पाथिभराले हामी सबैको कल्याण गरुन । जय श्री पाथिभरा माता जय जय जय🌸
चिन्ता रहेछ जिन्दगीभर नै पिर रहेछ
सायद मेरो नै दुखिया तक्दिर रहेछ
के गुनासो गर्नु मनै नभएकाहरु सँग
तिम्रो त मन मरिसकेको शरिर रहेछ
खुसी अडिन नै मान्दैनन् मेरो भागमा
मेरो निधार त भत्किरहने भिर रहेछ
दुनियाँ हातमै लिएर हिँड्नेले पनि त
उठाउन नसकिने झुकेको शिर रहेछ
You deserve a healthy love with someone who sees you, hears you, understands you, appreciates you, supports you, and loves you. You deserve to be with someone who brings you peace, calmness, and consistency. A gentle love that brings out your soft side.
#Goodnight❣️
देखिन्छ सूनिन्छ र हुन्छ गलत अचम्म छ
पापको पोखरीमा छ यो जगत अचम्मछ
मागी हेर्नू सहयोग आफ्ना अन्जान सग
कदापि मिल्ने यहा छैन मद्धत अचम्मछ
सत्ययुगमा जस्तो हुदैन नि कलियुगमा?
देखिन्छ भेटिन्छ घटिया हर्कत अचम्मछ
कुकर्म निर्मित संसारा छोरी जन्मिनुपर्छ
क्षणभरमै लुटिन्छ यहाँ इज्जत अचम्मछ
बजार तिम्रो व्यापार दोकान तिम्रो
झुटो शहरमा झुटै रहेछ शान तिम्रो
देखेको छैन भेटेको छैन तिमी लाई
कसोरी गरौँ भिडमा पहिचान तिम्रो
हुने पनि सुनाउछन् नहुने पनि सुनाए
गल्लि चोकमा चल्दैछ बखान तिम्रो
प्रशंसाका पुलिन्दा भ्रमको खेति गरे
बाँकी छ कि छैन आत्म सम्मान तिम्रो
मनमा सुटुक्क लुकाई बसाउन मन छ
म रोएर पनि तिमीलाई हसाउन मन छ
छिपाउदै नजर थाहा नदिई दिल चोरेर
यो मेरो दिलमा राखेर सजाउन मन छ
धेरै भयो एक्लै एक्लै तड्पिएर रोएको
मायाको साथमा प्रेमगित गाउन मन छ
सिधा सिधा भन्छु प्रिय अब त बुझिदेउ
दुइ दिलको धड्कन एकै बनाउन मन छ
आज म याद भएको छु कसैको !
याद हुन पनि छुट्नु पर्ने रहेछ !
कहिले सम्बन्ध बाट,
कहिले सम्पर्क बाट,
या त संसार बाट !!
आज मलाई कसैले याद गर्दै छ ।
याद गर्न पनि जोडिनु पर्ने रहेछ !
कहिले सम्बन्धमा
कहिले सम्पर्कमा
या त संसारमा !!
#शुभरात्रि🙏💞🌹
बाँचुन्जेल पाइलै पिच्छे धन खोज्छ मान्छे
मसानघाट जाने दिन जीवन खोज्छ मान्छे
पाएका कुरामा खुसी नभेटेर होला सायद
गुमाएको कुरा नै झन झन खोज्छ मान्छे
शुन्य शुन्य लाग्ने गर्छ करोडौंको भिड पनि
दिल टुटेपछी एक्लोपन खोज्छ मान्छे
++