Home Minister Mr Sudan Gurung you can’t lead the ministry, for the sake of country and common people you must immediately resign. गृहमन्त्री श्री सुदन गुरुङजी,तपाईं मन्त्रालयको नेतृत्व गर्न सक्नुहुन्न, देशको एकता र सर्वसाधारणको सुरक्षाको खातिर तपाईंले तुरुन्तै राजीनामा दिनुपर्छ।
बजेट भनेको संसदबाट पारित भइसकेको कानुन हो र यसअन्तर्गत "आर्थिक ऐन" अभिन्न अंग हो।यी करहरू आर्थिक ऐनबाट लगाइएका हुन्।
आर्थिक ऐनको संशोधन कुन विधिबाट गरिएला?
आज बिहानैबाट कान्तिपुर, अनलाइनखबर, हिमालय टिभीलगायतका सञ्चार–गृह एवं प्रतिपक्षी पार्टीका प्रमुख गगन थापाको घरमा एकसाथ गाडी तेर्स्याएर जुन प्रायोजित नाटक मञ्चन गरियो, त्यसको खास उद्देश्य प्रश्न गर्नेहरुको मुख थुन्नु थियो । अर्को उद्देश्यचाहिं, diversionary tactics सँग सम्बन्धित रहेको देखिन्छ ।
यो घट्नालाई सत्तारुढ रास्वपा स्वयंले ‘सञ्चारकर्मीहरुले निर्भिक रुपमा काम गर्ने वातावरणमाथि धावा बोल्न वा उनीहरुलाई मनोवैज्ञानिक दवावमा राख्न गरिएको शंकास्पद र रहस्यमयी गतिविधि’ भनेको छ । सरकार रास्वपाकै छ, उससँग सूचना पनि होला, त्यसैले आधिकारिक वक्तव्यमै यति भनिसकेपछि त्यो शंकास्पद गतिविधि कसले गरेको रहेछ ? यो कुरा पनि खुलाइदिए उत्तम हुन्थ्यो ।
यो किन पनि भने, त्यसरी शंकास्पद ढंगबाट राखिएको एउटा गाडीका मालिक त रास्वपाकै नेता रहेछन् ।
जहाँसम्म diversionary tactics को कुरा छ, योचाहिं राजनीतिक चालबाजहरुले बेलाबखत खेल्ने पुरानै मनोवैज्ञानिक अस्त्र हो । यसको उद्देश्य हुन्छ— मुलुकमा जुन मुद्दामाथि चर्को बहस चलिरहेको हुन्छ, सरकारको आलोचना भइरहेको हुन्छ, त्यसलाई थाहै नपाई अर्कोतिर मोड्न खोज्नु !
हामीकहाँ अहिले बलपूर्वक विस्थापित सुकुम्बासीहरुको आँशुको भेल रोकिएको छैन । बागमतीदेखि कीर्तिपुर हुँदै खरिपाटी पुग्दासम्म उनीहरुको किस्ताबन्दीमा विचल्ली भइरहेको छ । सुकुम्बासीका पक्षमा आवाज उठाएको निहुँमा सक्कली जेनजी माजिद अन्सारीलाई पिट्दै, हुत्याउँदै, गालीगलौज गर्दै बिनापूर्जी कव्जामा लिइएको छ । गणेश नेपालीबाट सुरु भएको आत्मदाहको सिलसिलाले सम्पूर्ण राष्ट्र रोषमा छ ।
यी बिषयहरुले राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चा पाउन थालेपछि, यसैबेला गाडी–काण्ड गराएर ‘अटेन्सन डाइभर्ट’ गर्ने कोशिश गरिएको छ । सबैले थाहा पाउने गरी खुल्लमखुला ढंगबाट गरिएको यो हर्कतमार्फत् मिडियाको मुख थुन्न खोजिएको त छँदैछ ।
तर सूत्राधारहरुले कस्तो नबुझेको— यस्ता पुराना फर्मूलाहरु अब काम लाग्दैनन्, जो २०६१ माघमै आउटडेटेड भइसकेका छन् !
लाजको पसारो😡😡
मन्त्रिपरिषद बैठकमा सामेल हुने हैसियतको स्थान बोकेको मुख्य सचिवको बिदाई र स्वागत प्रधानमन्त्रीका सल्लाहकारले गर्ने?? यो भन्दा नालायकिपन के हुनसक्छ सरकार?
प्रहरी कारबाहीबाट रन्थनिएर त्रिपुरेश्वर सडकछेउ आत्मदाह गर्न खोज्दा शरीरको ७० प्रतिशत जलेका मुगुका गणेश नेपालीलाई एम्बुलेन्समा लैजानुपर्नेमा सजाय दिन प्रहरीले धकेलिरहेको भिडियोले स्तब्ध बनायो।
सरकार, कालो चस्मा खोलेर गरिबलाई हेर!
A pleasure to meet Nepal's Rastriya Swatantra Party Chairperson Rabi Lamichhane and his delegation today in Delhi.
Our discussions focused on the 🇮🇳🇳🇵development partnership and people-to-people ties. These have a crucial role in promoting growth and prosperity.
@hamrorabi@party_swatantra
बालेन, जस्केलाबाट छिरेको नेता होइन। जसरी सत्तामा ज्ञानेन्द्र छिरे। बालेन आदरणीय जननायक बीपी कोइराला झै मतदानकों ‘ब्यालेट’बाट सदन छिरेको नेता हो। आज ऊ प्रधानमन्त्री भएर ‘क्रस बोर्डर’ विषयमाथि मुखरित हुँदा ऊसको अभिव्यक्ति शैलीमा केही तलमाथि परेको होला, तर सत्य के हो भने– ‘क्रस बोर्डर’को विषयमाथि नेपाली र भारतीय दुबैतिरका जिम्मेवार मिडियाहरुमा पर्याप्त रिपोर्टिङहरु भएका छन्। रिपोर्टिङका तथ्य, आयाम र बस्तपुरकताले जे चिज हाम्रो कुटनीतिक तहमा पनि सर्व स्विकार्य छ– त्यसलाई प्रसङगवस प्रधानमन्त्री बालेनले स्किारे। हो, भारतले धेरै ठाउँमा हाम्रो भूमी अतिक्रमण गरेको छ। यसकाे निरुपण हामी सबै नेपाललाई माया गर्नेहरुकाे अपेक्षा हाे। र, केही ठाउँमा नेपालमाथि पनि प्रश्न छ। यो तथ्यहरुलाई हामीले स्विकार्दा मात्र हाम्रो ‘क्रस बोर्डर’को सत्य तस्बिर जनमानसमा पुग्छ। निरुपणकाे रणनीति तयार हुन्छ। त्यसैले एकोहोरो धारे हात उचाल्नुअघि यो विषयलाई बिमर्शको विषय बनाउँदा मात्र सही ठाउँमा पुगिन्छ। नत्र बर्बराइरहनुको अर्थ छैन।
PM Balen Shah deserves congratulation for accepting boldly that India-Nepal border issue is not onesided. Nepal is sitting on Indian territory in Susta resulting from the change in the course of the river. His efforts to internationalize it will however, prove counterproductive.
In Parliament, Nepal PM Balen Shah tells Nepal has encroached Indian territory
"After becoming prime minister, I came to know that not only has India encroached on Nepal’s land, but Nepal has also encroached on India’s land in multiple places"
Flash:
On Nepal's claim to Indian territory of Lipulek-Limpiyadhura, Nepali PM Balen Shah says his govt will raise the matter with UK to find a solution since the origin of issue is to British India; Aims to hold "table top" exercises with India.
This guy has zero income of his own & is collecting money from the public. There is no independent audit or investigation, so how can someone use a public position to collect public funds without proper mechanisms and accountability? @SwarnimWagle@mofnepal@NepalRastraBank
Nepal doing what I have been suggesting India do. Every country, small and big seem to have a social media strategy to improve the perception of their country except India. Which is not even fighting back negative perception of India being created around the world by adversaries.
World record 32 times Mount Everest climb.
विश्वको सर्वोच्च शिखर सगरमाथा केवल एउटा भौगोलिक उचाइको अवयव मात्रै होइन, नेपालको आत्मसम्मान, साहस, धैर्य र हिमाली सभ्यताको सर्वोच्च प्रतीक हो। यही गौरवशाली हिमालमाथि आज नेपाली आरोहीहरूले पुनः इतिहास लेखेका छन्।
विश्वविख्यात आरोही कामी रिता शेर्पाले आज बिहान १०:१२ बजे सगरमाथाको ३२ औं पटक सफल आरोहण गर्दै सबैभन्दा धेरैपटक आरोहण गर्ने आफ्नै विश्व कीर्तिमान पुनः नविकरण गर्नुभएको छ।
त्यसैगरी, “माउन्टेन क्विन” का रूपमा परिचित लाक्पा शेर्पाले आजै बिहान ९:३० बजे ११ औं पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गर्नुभएको छ।
निरन्तरको अदम्य साहस, कठोर आत्मअनुशासन र कर्मप्रतिको इमान्दार समर्पणले मात्रै यस्तो ऐतिहासिक सफलता प्राप्त हुन सक्दछ ।
खुसीको यो क्षणलाई सबैजनासँग साझा गर्दै दुबैजना आरोहीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण र अनुपम छ। हिमाललाई ईश्वर झैं पुजन गर्ने, जोखिमलाई जिम्मेवारीका रूपमा स्वीकार गर्ने, र विश्वभरका आरोहीलाई सुरक्षित रूपमा शिखरसम्म पुर्याउने शेर्पाहरू वास्तवमै हिमालयका अदृश्य नायक हुन्। उनीहरूको साहस, ज्ञान र श्रम बिना हिमालको गौरव अधुरो रहन्छ।
वहाँहरूको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको छु।
सम्पूर्ण नेपालीको तर्फबाट कामी रिता शेर्पा, लाक्पा शेर्पा तथा सम्पूर्ण आरोही, शेर्पा समुदाय र पर्वतारोहण क्षेत्रमा समर्पित सबैप्रति हार्दिक बधाई तथा उच्च सम्मान व्यक्त गर्दछु।