गजल गाउँथे अलि लामो छ
कथा सुनाउँथे अलि लामो छ !!
ठ्याक्कै मुटुको बिच्चैमा छ मित्र
घाउ सिलाउँथे अलि लामो छ !!
समयले कहाँ हराइदियो मलाई
फर्केर आउँथे अलि लामो छ !!
खोज्दै हिड्न मन लाग्छ कहिले
बाटो पछ्याउँथे अलि लामो छ !!
यादैले जिबन कटाउँ भन्छु
जुनी पुराउँथे अलि लामो छ !!