एउटै घरको बास, संगै खानपिन, रहनसहन संगै, व्यवहार संगै, जिउनु संगै, एउटै धर्ती टेक्नु, एउटै आकाशको छानो, एउटा बिरामी हुदा अर्कोको साहारा, उनको आँसु जुनले पुछ्दैन, याबत कुरा यथार्थ हुदाहुँदै पनि मात्र बोलचाल नहुदा कस्तो होला? त्यस्तै छ यो twitter, कतिले मलाइ त कतिलाइ मैले वेवास्था.
०४८देखिनै काण्डहरु काण्डैले गिजोलिदैछन,सुन,यति,ओम्नी,वाईड बडी,बालुवाटार हुँदै बतासमा बतासिदैछन काण्डहरु;कफी,चमेना गृह बनोस्आपत्ति भएन तर रोपनीको५०हजार भाडामा दिने५०बर्षअघिको निर्णय हो कि तत्कालको?योगेशले संलग्नताअस्वीकार गरे संलग्न चै को त?डाकाहरुको देश हो तँ पनि चुप म पनि चुप|
राजाआउन नआउन म खनिखोत्रो गर्दिन तर म राजा कालीन् सुकामका तस्बिरहरु तिम्रा भित्ताका खुनी,कुण्ठा,दलाली,माफिया,भ्रष्टाचार,अन्याय,बेथिति,विसंगतिजन्य तस्बिरहरुका चाङ संग दाज्न चाहन्छु,तिमीहरु अदृश्य गोमन राजा भन्दा ती नाग राजानै ठीक थिए,यसो भन्न कुनैआपत्ति छैन विवश बनायौ तिमीलेनै|
कसरी भनौं केही होइन यो धन पनि
मुना छोडेर, परदेश छिर्यो मदन पनि
मृत्यु मेरो भागको हतार नगर बिन्ती
मेरो शहरमा, महंगो छ, कफन पनि
तिमिलाइ दिल सुम्पिदा सोचिन मैले
के गर्थ्यो, पत्थरले काँच जतन पनि
नयाँ तरिका नयाँ अस्त्रले प्रहार गर
धार विहिन लाग्छ तिम्रो वचन पनि