इन्स्टाग्राम ह्याक भयो जस्तो छ
साथीहरुमा स्क्याम जस्तो लिंक र स्क्रिनसर्ट send भएको रहेछ कृपया तपाईहरुको inboxमा आएका लिंकहरु open नगर्नुहुन् आग्रह गर्दछु।
अस्पतालमा डाक्टरले भनिरहनु भयो बुबा निको भएर घर जानुपर्छ भेन्टिलेटरमा नर्सले भनिरहनु भयो बुबा जाति भएर घर फर्किनुपर्छ हामीले पनि भनिरह्यौ चाडै जाति भएपछि घर फर्किनुपर्छ
बिडम्वना मृत्युले अझै केही वर्ख बाँच्नुपर्छ भन्नै सकेन ।
हेर्दा हेर्दै ऑखाको संसारबाट सधैँका लागि बलाई जानु भयो
देश मेरै मात्र हो माटो मेरै मात्र हो भूगोल,पार्क नदी खोला मेरै मात्र हो बिम्व प्रतीक मेरै मात्र हो धर्म मेरै मात्र हो भाषा, लिपि मेरै मात्र हो भन्ने अतिवादी उग्रवादीहरुबाट यो देशलाई सबैभन्दा खतरा छ ।
अग्ला अग्ला
आस्थाको देउरालीमा
हरेक बिहान उदाउछ
प्रेमको रातो घाम
साँझ त्यही देउरालीको
सिरुबारी मुन्तिर
अस्ताउछ सम्झनाको छाया
जब साँझ पर्छ
गगनमाथि उदाउछ यादको जून ।