तर पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको हकमा भने यो परिभाषा न त कार्यकाल भरि न त कार्यकाल पछि नै लागू भएको देखियो । सायद उहाँले (र उहाँका नेता/कार्यकर्ताले) आज चाहिँ राष्ट्रपति भन्या के रहेछ वा भनाैँ राष्ट्रपति भन्या चाहिँ कस्तो हुनुपर्दो रहेछ भन्ने बुझ्नुभयो कि !
अनि य�� पाँच दिनको घटनाबाट कसैले पाठ सिक्नु पर्छ भने त्यो हो पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी । देशमा सरकार नभएको ��स्तो विषम् परिस्थितिमा देश र जनतालाई निकास दिनका लागि हामी सबैको आशा राष्ट्रपतिमा केन्द्रित थियो । +
राष्ट्रपतिको भूमिका र यो संस्थाको महत्व यो अवस्थामा कति हुँदो रहेछ भन्ने कुरा छर्लङ्गगै भयो पनि । राष्ट्रपति भनेको त्यस्तो राजनीतिक व्यक्ति हो जो पार्टीको खोललाई सदाका लागि त्यागेर (कार्यकाल भरि र कार्यकाल पछि पनि) शीतल निवास पसेको हुन्छ । ++
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, जसलाई तिनै शेर बहादुर देउवाले उनको कार्यकालमा बिना कुनै आधार राजनितिक स्वार्थको आडमा महाअभियोग लगाएका थिए । Karmaले देउवाजीलाई नराम्रो धो��ा दियो ।
यो पाँच दिनको घटनाक्रमले Karma is a Bitch भन्ने भनाइलाई पुष्टि गरेको पनि लागेको छ । खड्ग प्रसाद ओली पछि प्रधानमन्त्रीको लाइनमा शेर बहादुर देउवा हुने निश्चितै थियो । तर भइदियो को ? +
पछिल्लो पाँच दिनको कहाली लाग्दो परिस्थितिका बीच निस्वार्थ आन्दोलनमा होमिने युवाहरू बाहेक कसैले मेरो मन जितेको छ भने त्यो हो नेपाली सेना र काठमाडाैँ महानगर प्रमुख @ShahBalen । +
काठमाडाैँ महानगर प्रमुख यसकारण कि उहाँमा सत्ता लिप्सा भन्ने कुरा देखिएन । होला उहाँले अन्तरिम सरकार प्रमुख कि महानगर प्रमुख भन्ने कुराको लेखाजोखा गर्नुभो होला तर उह���ँले पनि चाहेको भए यो अवसरको भरपुर फाइदा उठाउन सक्नुहुन्थ्यो । +++
राजा ल्याउने नल्याउने अर्को विषय होला तर आजको आन्दोलन हेर्दा यो आ��ै राजा बन्ने कुण्ठा पालेकाहरुको नेतृत्वको भीड पक्कै हो । मान्छेको घर दनदनी बल्दा त्यसको हवालामा आन्दोलनको अौचित्य पुष्टि गर्नेले राजा,रानी,राजकुमारको हुल ल्याएपनि देश बनाउँदैनन्।