We cannot imagine the consequences of what could happen if a single person will run the government. It’s making doors open for non democratic forces to take over.
अन्य नेताहरुका केसमा "कानुन" नलाग्ने, रविको केसमा मात्र कानुन लाग्ने? रविको केसमा जस्तै सबै भ्रष्टाचारी र अपराधीमाथि "कानुन" अनुसारको कारवाही गर्ने माग गरेर दबाब बनाउनुको साटो अपराधको अनुसन्धानको लागि जेलमा बसेको मान्छेलाई समेत "हस्ताक्षर" जम्मा गरेर जेल बाहिर निकाल्छौं" +++
च्याङथापु, विस्थापन र हिंसात्मक द्वन्द्व
२०५८ सालको कुरा हो। प्रहरी पोस्ट मध्यपहाडी लोकमार्गको अन्तिम पूर्वी गाउँ च्याङ्थापुबाट केही पश्चिम गोपेटार सर्यो। प्रहरीविहीन त्यो गाउँमा त्यसपछि एकाएक माओवादीको बिगबिगी भयो। अवसरवादी, गाउँका ट्यापेटुपेहरू र केही एमाले मिलेर गतिविधि गर्थे। हाम्रो परिवारलाई थाहा थियो— बुवा कांग्रेस भएकाले चाँडै नै हाम्रो घरमा माओवादीको आँखा लाग्छ भनेर। बुवा ५२ सालमा केही वर्ष काठमाडौं बसेर नमुना गाउँ बनाउँछु भनेर फर्किनुभएको थियो। सिक्किमबाट चार शिक्षक ल्याएर गाउँमा एभरग्रीन इङ्लिस स्कुल खोल्नुभयो। हिँडेर आठ घण्टामा पुगिने गाउँमा मेसिन बोकाएर मिल खोल्नुभयो। माछापालन, खरायोपालन, कुखुरापालन मात्र होइन, अरूलाई पनि गर्न उत्प्रेरित गर्नुहुन्थ्यो। एमाले जनलाई भने त्यो विधालय पचेको थिएन र कांग्रेस बनाउन खोलेको स्कुल भनेर विरोध गर्थे । माओवादीले त बुर्जुवा शिक्षा भन्थे नै ।
प्रहरी पोस्ट सरेको केही दिनमै ओयाम निवासी एक जना माओवादी नेताको नेतृत्वमा माओवादीहरू घरमा आए। बुवासँग तीन लाख मागे। गाउँमा त्यत्रो पैसा कसले राख्छ भन्ने प्रश्न उठाउँदा, या त तत्काल दिन या लालसेनाको कारबाही भोग्नुपर्ने धम्की दिए। त्यही लाल सेना बोलाउन जाने ३० मिनेटको दौरानमा— बुवा कुलो बनाउन जाने बहानामा एउटा बाटो, बहिनी र दिदी पानी लिन जाने बहानामा अर्को बाटो, आमा बहिनीले दिदीलाई पछ्याएको बहानामा त्यही बाटो, र ठूला बुवा काठ लिन जाने भन्दै अर्कै बाटो हुँदै एक ठाउँमा भेला भई सिक्किमतर्फ भाग्नुपर्यो।
लुटपाट भयो, तर ज्यान बच्यो। शान्ति स्थापना भयो, संविधान बन्यो, र जसको नेतृत्वमा माओवादी बुवालाई मार्न आएका थिए, त्यही व्यक्ति २०७६ मा आमन्त्रित जिल्ला सदस्य हुँदै कांग्रेस छिरे। ७७ साउनमा एक दिन हाम्रै घरमा खाना खान आए, बुवासँगै ३-४ पेग लिए, खाना खाए, र मेरो कोठाको छेउको अर्को कोठामा घुर्दै सुते। त्यो रात निकै गहिरो सोचमा परियो— शायद असली मेलमिलाप त्यही थियो। तर द्वन्द्वकालमा बैंक लुटेको कसुरमा उनी ७८ मा जेल चलान भए।
नेपालमा शान्ति स्थापना यति सजिलै भएको होइन। हामी जस्ता हजारौं परिवारले आफ्नो घाउ बिर्सेर देशको घाउ टालेका हौं। तर आज एउटा पार्टीले त्यो हिंसालाई ‘जनयुद्ध’ भनेर मनाउँदै गर्दा यति चाहिँ भन्नैपर्छ— जनयुद्ध लड्नै पर्ने हो भने राज्यविरुद्ध लडिन्छ, फरक विचार बोक्ने निहत्था व्यक्तिविरुद्ध होइन। Not my जनयुद्ध।
Shekhar Majhi, a 21-year-old engineering student from Banke, Nepal, currently facing a life-threatening battle against a very rare medical condition.
Read the GoFundMe link for more details.
Please REPOST for visibility!
Let's spread it everywhere🙏
https://t.co/JXGORE3HwA