राष्ट्रियता प्रजातन्त्र उदारवाद (सम्बर्धनवाद) मा आधारित निरन्तरता सहितको परिवर्तन
हिन्दुराष्ट्र राजसंस्था सहित को प्रजातन्त्र पुनर्स्थापना हाम्रो अभियान
नेपाली सेनालाई ग्यास उद्योग वा बिक्री–वितरणमा संलग्न गराउनु हाम्रो ऊर्जा सुरक्षाको समाधान हुन सक्दैन। यस किसिमको सोचले राज्यको नियमनकारी कमजोरीलाई संस्थागत गर्ने बिकल्प मात्र दिँदछ, जुन वृहत नागरिक हितमा छैन। कृष्णभिरको पहिरो वा अन्य कुनै समस्याले आपूर्ति अवरुद्ध हुनु भनेको निजी क्षेत्रको असफलता होइन। यो पूर्वाधार, वैकल्पिक आपूर्ति मार्ग र रणनीतिक भण्डारणको राज्यगत कमजोरी हो। त्यसैले, यस्ता समस्याको उपचार बजारम��� सेना उतार्नु होइन, बरु राज्यको नागरिक संयन्त्रलाई सक्षम बनाउनु हो।
अझ गम्भीर कुरा, सेनासँग जग्गा, राज्यका संरचना, संस्थागत सुविधा र अप्रत्यक्ष सार्वजनिक स्रोतको पहुँच हुन्छ। यस्तो संस्थाले निजी व्यवसायीसँग प्रतिस्पर्धा गर्दा समान मैदानमा प्रतिस्पर्धा हुँदैन। यसले बजारलाई स्वस्थ बनाउने होइन, बरु विस्थापित गर्ने जोखिम हुन्छ। सेनाको मूल शक्ति उसको व्यावसायिकता र राष्ट्रिय सुरक्षाप्रतिको केन्द्रित भूमिका नै हुनुपर्दछ। आज ग्यास, भोलि खाद्यान्न, पर्सि यातायात; यसरि हरेक संकटमा सेनालाई व्याप��रमा उतार्ने हो भने नागरिक संस्थाहरू किन चाहियो? निजि क्षेत्र किन चाहियो? हामीलाई ऊर्जा सुरक्षा चाहिन्छ। तर, त्यसको नेतृत्व नेपाल आयल निगम, साल्ट ट्रेडिङ र सक्षम नागरिक सार्वजनिक संस्थानले नै गर्नुपर्छ।
सामाजिक सञ्जालमा एक गैर-हिन्दु, हिन्दू-मुस्लिम दम्पती पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको भिडियो सार्वजनिक भएपछि बहस चर्किएको छ। विषय मुस्लिम धर्मालम्बी भित्र पसे भन्ने होइन; स्पष्ट रूपमा गैर-हिन्दु प्रवेश निषेध गरिएको धार्मिक क्षेत्रभित्र उनीहरू कसरी प्रवेश गरे भन्ने हो।
पशुपति क्षेत्र विकास कोषको व्यवस्था स्पष्ट छ: गैर-हिन्दुहरू पशुपति क्षेत्रका खुला भाग, घाट तथा बगैँचामा जान सक्छन्, तर मुख्य मन्दिरको गर्भगृहमा प्रवेश गर्न पाउँदैनन्। नियम स्पष्ट छ भने कार्यान्वयनमा पशुपति क्षेत्र विकास कोष कहाँ चुक्यो? कि विकास कोषलाई सरकारको दवाब छ? प्रश्न गम्भीर छन्। प्रवेशद्वारमा सुरक्षाकर्मीले रोक्ने प्रयास गरे कि गरेनन्? नियम उल्लङ्घन भयो भने कानुनी प्रक्रिया के हो? र सबैभन्दा महत्वपूर्ण: आज पशुपतिमा नियम कागजमा मात्र छ कि व्यवहारमा पनि लागू हुन्छ?
पशुपति क्षेत्र विकास कोष, नेपाल सरकार, साविकको संस्कृति मन्त्रालय र जनप्रतिनिधिहरुले यसको स्पष्ट जवाफ दिनुपर्छ। धार्मिक संवेदनशील विषयलाई उत्तेजना होइन, नियम, उत्तरदायित्व र पारदर्शिताबाट सम्बोधन गरौँ। यस्तो घटना समयमै स्पष्ट नभए धार्मिक तनावको अर्को आगो फैलिन धेरै समय लाग्दैन। यस विषयमा म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाह देव सरकारकाे समुपस्थितीमा हिमानी काेषद्वारा हाेटल साेल्टीमा आयाेजित श्री ५ युवराज्ञी हिमानी राज्य लक्ष्मी देवी शाह सरकारबाट काेरी बक्सेकाे आकर्ष तीनवटा चित्रकलाहरुकाे लिलामी कार्यक्रम "charity art auction" सफलता पूर्वक सम्पन्न भएको छ। मानवी�� सहायताका निम्ति आयाेजित उक्त पराेपकारी कार्यक्रमबाट संकलन भएको सम्पूर्ण रकम बाजुरा जिल्लास्थित स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोटमा सञ्चालन हुने मातृ तथा बाल पोषण कार्यक्रमहरूमा खर्च गरिनेछ।कार्यक्रममा श्री ५ युवराज्ञी हिमानी राज्य लक्ष्मी देवी शाह,श्री ५ नवयुवराज हृदयेन्द्र वीर बिक्रम शाह देव,श्री ५ अधिराजकुमारी प्रेरणा राज्य लक्ष्मी देवी सिंह ,श्री ५ शाहज्यादी पूज�� राज्य लक्ष्मी देवी शाही,श्री ५ शाहज्यादी शिताष्मा राज्य लक्ष्मी देवी शाह, श्री ५ शाहज्यादी दिलाशा राज्य लक्ष्मी देवी राणा, श्री ५ नवराजकुमारी कृतिका राज्य लक्ष्मी देवी शाह, श्री कुमार गाेख शमशेर जबरा,श्री आदर्श राणा,सुश्री गीर्वाणी राज्य लक्ष्मी राणा, सुश्री सुरङ्गना राज्य लक्ष्मी राणा लगायत शाही नातेदार सरकारहरु सरिक हाेइबक्सेकाे थियो।यसैगरी जय नेपाल पार्टीका सभापति धवल शमशेर रा��ा,श्रीमती प्रतिमा राणा, उद्यमी श्रीमती भवानी राणा, पूर्व मिस नेपाल २००३ प्रीति सिटौला , सरिता ज्ञवाली ,रचना गुरुङ शर्मा,मिस नेपाल २०१० सदिच्छा श्रेष्ठबाट उद्घाेष�� गरिएको कार्यक्रममा पूर्व मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल , चित्रकार अना कुमारी ढकाल ,चर्चित कलाकार, विभिन्न क्षेत्रमा आबद्ध प्रतिष्ठित व्यक्तित्वहरु,वरिष्ठ गायिका मीरा राणा, कलाकार धीरज मगर ,नायिकाहरु निरुता सिंह, स्वस्तिमा खड्का लगायत विभिन्न मित्र राष्ट्रहरुका कुटनैतिक व्यक्तित्वहरुकाे समेत सहभागीता रहेको थियो। कार्यक्रमका तस्बिरहरू …
यो मन
एउटा मन छ
तिमीसँग कुरा गरूँ
एउटा मन छ
तिमीलाई म सम्झुँ
एउटा मन छ
तिमीलाई सम्हालेर राखूँ
एउटा मन छ
तिमीसँग असाध्यै लडूँ
एउटा मन छ
तिम्रो धरैं चर्चा गरूँ
एउटा मन छ
तिम्रो यस्तो चिन्ता गरूँ
एउटा मन छ
तिमीलाई जानु देऊ कतै
एउटा मन छ
तिमीलाई ममा लुकाइ राखूँ
✍️ जी. शाह
भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म त्रीशुली नदीको तटिय क्षेत्रका जिल्लाहर��� नुवाकोट, धादिङ, चितवन, गोरखा लगायतका स्थानहरूमा उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ।
जलवायु परिवर्तन सिर्जना गर्न नेपालको योगदान नगण्य छ। तर यसको असर हामीले भोगिरहेका छौँ। हिमतालको जोखिम, बाढी, पहिरो, हिमपहिरो, कृषि र पूर्वाधारमा क्षति, र अन्ततः मानवीय जीवनको क्षति!
जलवायु परिवर्तनको मूल्य सबैभन्दा कम जिम्मेवा�� देश र समुदायले चुकाउनुपरेको यथार्थ हामी माझ छ। हामीले विश्वलाई एउटा स्पष्ट सन्देश दिनुपर्छ: नेपाल जलवायु संकटको सिर्जनाकर्ता होइन, तर यसको अग्रपंक्तिमा उभिएको पीडित राष्ट्र हो। त्यसैले रसुवाको यो त्रासदीलाई एउटा बाढीको घटनाका रूपमा मात्र हेरेर हुँदैन। यसलाई नेपालको जलवायु सुरक्षा, हिमाली जोखिम र जलवायु न्यायको राष्ट्रिय एजेन्डा नेपालले बनाउनुपर्दछ।
विनाशकारी बाढीमा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। बेपत्ता भएकाहरूको सकुशल खोजी तथा उद्धारको कार्य तीव्र रूपमा अघि बढोस् भन्ने अपेक्षा गर्दछु। यस विपद्बाट प्रभावित सम्पूर्ण नागरिकले सरकारबाट तत्काल र पर्याप्त राहत प्राप्त गरून्। साथै, समाजका हरेक वर्ग, क्षेत्र र समुदायबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनामा आवश्यक सहयोग जुटाउन हामी सबैलाई अघि बढ्न अपिल गर्दछु। यस दुःखद् र कठिन घडीमा यो सदन प्रभावित नागरिकहरूसँगै छ। यो सदन सरकारसँग पनि पूर्ण रूपमा, दृढतापूर्वक र एकताबद्ध भएर उभिएको ��।
श्री पशुपतिनाथले यो देश र समस्त नेपाली जनताको रक्षा गरून्।
यो दुख व्यक्त गर्ने, सहयोग गर्ने मात्र समय होइन, शिक्षा लिने पनि समय हो।
१। हामीले मेलाम्ची (सन् २०२१), थामे (सन् २०२४), भोटेकोशी (सन् २०२५) का वियोगान्त घटनाबाट के सिक्यौ? (उल्टो कुनै तयारी गरेनौँ।)
२। हामीले राजधानीकै नख्खु लगायतका खोलामा आएको बाढीबाट के सिक्यौँ? (उल्टो सर्बोच्च अदालतले खोला छेऊको वस्ति हटाउनु पर्दैन भनेर निर्णय गरिदियो।)
३। हामीले सन् २०१५ सालको भुकम्पबाट के सिक्यौँ? (भूकम्पिय दृष्टिकोणबाट जोखिमपूर्ण हुँदाहुँदै पनि काठमाडौँ उपत्यकामा open space (0.51%) सन्सारमैँ राजधानी शहरहरू मध्ये सबैभन्दा कममा पर्न आउँछ। खाली जग्गाहरू झनझन नास गर्दैछौँ।)
खोलाको छेऊसम्मै घर बनाउने या काठमाडौँमा चार आना जग्गा कित्ताकाट गर्ने नागरिकको दोष होइन। नीतिगतरूपमा त्यसलाई नियमन नगर्ने दूरदृष्टिहीन ने���ृत्वहरूको दोष हो।
हामीले अझै पनि शिक्षा लिएनौँ, भूउपयोग नीति, वस्ति व्यवस्थापन नीति र शहरीकरणको नीतिमा ध्यान दिन सकेनौँ भने भविष्यमा अहिले भोगेका भन्दा ठूला विपद् भोग्नु पर्नेछ। अनि फेरि दुख व्यक्त गर्यो, सहयोगको याचना गर्यो, बस्यो।
फेरि भनौँ: अन्य नीति बिग्रियो भने त्यसलाई सुधार्न सकिन्छ तर भूउपयोग नीति, वस्ति व्यवस्थापन नीति र शहरीकरणको नीति बिग्रियो भने त्यसलाई सुधार्न सकिँदैन।
दिवङ्गत सबैको आत्माले शान्ति पाओस्, परिवारलाई पीडा सहने शक्ति मिलोस्, राहत-उद्दारमा सबैको सहयोग मिलोस्। नेतृत्वकर्तालाई दूरदृष्टिपूर्ण सद्धबुद्धी प्राप्त होस्! (फोटो: सामाजिक सञ्जाल)
त्रिशूली, भोटेकोशी लगायतका नदी तथा खोलानालामा आकस्मिक आएको बाढीका कारणले पानीको बहाव बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायत नदी आसपासका क्षेत्रमा बसोबास गर्नुहुने सबैमा विशेष सतर्कता अपनाइदिनुहुन विनम्र अनुरोध गर्दछु। नदी किनारबाट टाढा सुरक्षित स्थानमा रहनुहोला।
सतर्क रहौँ, सुरक्षित रहौँ। भगवान श्री पशुपतिनाथले सबैको रक्षा गरुन्।