टिचिङ्गबाट रत्नपार्क तिर जादैगर्दा लाग्ने रहेछ "आहा! बसन्त त आइसकेछ" मनै कति आनन्द हुने, सडक किनाराको बोटहरुमा बसन्तको स्पर्सले नया पालुवाहरु मुस्कुराइरहेको देख्दा!
#वहा_वला_टुइट
पुरानाहरु छुट्दै जान्छन, नया जोडिदै जान्छन, पुरानाहरु धमिलिदै जान्छन, नयाँहरु प्रष्टिदै जान्छन, पुरानाले परिवर्तन भएजस्तो मान्दै जान्छन, नयाँहरुले क्यानभासमा नौलो परिचय कोर्दैजान्छन, नयाँ र पुराना बिचको चक्र को कथा नमरुन्जेल चलिरहन्छ, साथ बाकि हुन्छ त केबल यादहरुमात्र
#जिन्दगानी
भगवान आएर यो लकडाउनमा के गर्ने मन छ बालिके भने,
म खुसी हुँदै भन्थे, मलाई हरिवंश आचार्यको "चिनाहराएको मान्छे" बिजयकुमारको लेखनीमा पढ्न मन छ!
#लकडाउनमा_दिमागमा_आएको_असम्भव_इच्छा
आँटे असम्भव भन्ने कुरा के नै हुदो रैछ र, हप्तामा तिन्टा Seminar/workshop गर्न त सकियो! नगरिन्जेल महाभारत गरिसकेपछी खासै केही होइन रैछ! #स्वघोषित_जटिलता 😀😁😂🤣