➖प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। कानुनले तोकेको भन्दा बढी सवारी साधन प्रयोग गरेको वा फरक–फरक निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला परेको छ।
रातो बंगला लगायतका राम्रा शैक्षिक संस्थाहरुले असली सुकुम्बासी बालबालिका हरुलाई स्कुल स्थानान्तरण र सुफत मूल्य भर्ना मौका प्रदान गरिदिए देशै भरिका अन्य स्कुलहरुलाई समेत नैतिक प्रतिबद्धता उदाहरण हुने थियो। सरकारको मुख ताक्नु मात्र भन्दा टाल्नु रमाईलो हुन्थ्यो कि?@KanakManiDixit
गरिबको लागि हैन, गरिबको लागि बोल्ने भा वे ३५ बर्ष राज गर्दा नै तिनलाइ धनी बन्न सघाउथे... गरिबको नाममा सुतेको राजनिति उठाउन मौका छोप्दै छन! झन गरिब बनाउछन यिनेरुले!
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कानुनविपरीत पहुँचका भरमा सरकारी सवारी साधनको सुविधा लिइरहेका कर्मचारी तथा पदाधिकारीहरूबाट सवारी साधन फिर्ता लिने प्रक्रिया सुरु गरेको छ।प्रधानमन्त्रीको सचिवालयको अनुसन्धानपछि ६२२ वटा सवारी साधन फिर्ता लिइएको छ। र, यो क्रम जारी रहनेछ।
बिर्सनुभयो कि सम्झनुहुन्छ, हरेक वर्षको बाढीका कारण काठमाडौँका नदीकिनारमा रहेका हजारौँ मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नुपरेको अनि सरकारले उद्धार गर्नुपरेको दृश्य!
यो वर्षौँदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि। यो समस्यालाई अब आउने वर्षका लागि थाती नराखी उहाँहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउनुपर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु।
सोच्नुहोस् त, अब पनि कुनै ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी? उहाँहरूको जीवनसँग खेलबाड गर्दै त्यही हालमा छोडेर अधिकार र भोटको राजनीति यसरी नै सधैँ गरिरहने? उहाँहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्नु उपयुक्त हुन्छ कि जसरी वर्षौँदेखि झुलाइयो, त्यसै गरी अबका वर्षहरूमा पनि झुलाइराख्नु? नागरिकका रूपमा उहाँहरूले पाउने अधिकार त्यही अव्यवस्थित र डुबानको जोखिम भएको ठाउँमा बसिरहनु हो कि त्योभन्दा सुरक्षित ठाउँमा जानु हो? पक्कै पनि जोखिमरहित व्यवस्थापन उहाँहरूको अधिकार हो।
त्यस्तै, नदी र खोला किनारमा रहेका यस्ता बस्तीहरूका कारण ढल निकास प्रणाली निर्माणमा अवरोध पुग्दा उपत्यका नै फोहोर र नदीखोलाहरू दुर्गन्धित भइरहेका छन्। यो स्थानान्तरणले काठमाडौँको ढल निकास प्रणालीलाई सहज बनाउनेछ। यी विविध कारणले नै थापाथली, गैरीगाउँ अनि मनोहरा लगायत काठमाडौँका खोला किनारमा जोखिमपूर्ण अवस्थामा रहेका उहाँहरूलाई बल प्रयोग नगरी, मानवीयतालाई ख्याल गर्दै सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको हो।
मैले उम्मेदवारका रूपमा झापामा गरेको वाचा, वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा लेखिएको प्रतिबद्धता अनि प्रधानमन्त्रीका रूपमा छानिएका ‘सरकारका १०० वटा गर्नै पर्ने काम’ (सुकुम्बासी व्यवस्थापन बुँदा ९१ र सरकारी जग्गा अतिक्रमण तथा कब्जा रोक्ने बुँदा ९२) हामीले बिर्सिएका छैनौँ। ती वाचा पूरा गर्न हामी आन्तरिक रूपमा तयारी गरिरहेका छौँ।
काठमाडौँका खोला किनार बाहेक अरू हजारौँ परिवार छन्, जो वास्तवमै पीडित छन्। अनि देशभर लाखौँ सुकुम्बासी छन्। त्यहाँको र यहाँको समस्या बिल्कुलै फरक हो। हामी सरकारमा छौँ; अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ। देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौँ। वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ।
ढुक्क हुनुहोस्।
➖हामी सबैका लागि गर्व र प्रेरणाको ऐतिहासिक क्षण 🇳🇵✨
➖प्रधानमन्त्री वालेन्द्र शाहज्यूलाई “२०२६ का १०० सबैभन्दा प्रभावशाली व्यक्तिहरू” को सूचीमा ‘नेतृत्व’ श्रेणीअन्तर्गत समावेश गरिनु हामी सबैका लागि ठूलो प्रेरणाको स्रोत बनेको छ🙏
#proudnepal#NepalOnTo#PMBalendraShah
The God of Rain, from Assam to Lalitpur:
आजबाट उपत्यकाको सबैभन्दा लामो र ऐतिहासिक जात्रा-रातो मच्छिन्द्रनाथ जात्रा सुरु भएको छ।
पाटनको पुल्चोकबाट आरम्भ हुने यो भव्य जात्रामा सहकालका देवता रातो मच्छिन्द्रनाथलाई रथमा विराजमान गराई शहरका विभिन्न ठाउँमा घुमाइन्छ। करिब दुई महिनासम्म चल्ने यस यात्राले केवल परम्परा मात्र होइन, श्रद्धा, सहिष्णुता र सांस्कृतिक एकताको अद्भुत सन्देश पनि बोकेको छ।
लिच्छवी राजा नरेन्द्रदेवको पालामा पुग्नु पर्छ । जब काठमाण्डौ उपत्यकामा पानी नपरेर सुख्खा लागेको थियो, नरेन्द्रदेवले भारतको आसामवाट ल्याइएको मछिन्द्रनाथलाई प्राण प्रतिष्ठा गराएर अर्चना शुभारम्भ गरेको इतिहास छ ।
करिब १६ सय वर्ष देखी निरन्तर चलिरहेको यो परम्पराले वर्षा, सहकाल र समृद्धिको कामना गर्दै आएको छ।
यस पावन अवसरमा सबैले एउटै कामना गरौं - वर्षा समयमै होस्, अन्नबाली समृद्ध होस्, संसारमा शान्ति र कल्याण फैलियोस् ।
जय करुणामय 🙏