जस्ले जति सम्म रुचाउँछ
त्यति सम्म मात्रै आफ्नो भैदिनुहोस
किनकि संसारमा तपाईंको आफ्नो कोहि हुन्न
देखाउने आफ्नोपन कसैले निभाउछ्न कोहि पन्छिन्छ्न जिन्दगीको संघर्ष तपाईंको हो आफैं गर्नुस……..✌️
स्वार्थ रहेछ आखिर त्यो प्यारमा
बगिए म भेलसंगै र त भेटिएन किनारमा
दिनको उज्यालोमा झुक्कीएको रहेछु
असलीरुप त चिनियो तिम्रो अन्धकारमा
माया गर्छु गर्छु भनेर त खुबै भन्थेउ मुखले
कस्तो रैछ त्यो माया देखियो व्यबहारमा🌸
गिज्योलिएको माटो जस्तै जिन्दगी न आकार भो न प्रकार भो
के गरौ???कसो गरौ???जहिले हत्तार भो!
मर्न सकिएन......
अनि बाच्न जानिएन, लाग्दैछ जिन्दगी साला बेकार भो॥॥🙄
2082/01/03