तिमीलाई भेटेको दिन सायद यस्तै होला
शिशिरले आफ्नो उराठ बिसाउनेछ,
वसन्तले सुगन्धका अक्षरहरू लेख्नेछ,
सायद त्यो दिन क्षितिजले आफ्नो निधारमा
अलिकति सुनौलो घाम सजाएको हुनेछ
हावाका पदचापहरू असाध्यै मन्दहुनेछन
र फूलहरूले पनि पत्रपत्रमा उत्सव मनाउनेछ ।❤️
एउटा स्याउ खसेको देखेर न्युटनले गुरूत्वआकर्षण पत्ता लगाए।
यहाँ दिन दिनै मान्छे खस्छ,लड्छ तर अह आजसम्म कसैले मानवता पत्ता लगाएनन्।
#बुझ्नै_नसकेको_कुरा🤨🤨
बादलको एउटा हलुको स्पर्श
पर्याप्त थियो
आकाश धुमिल्याउनलाई।
पर्याप्त थियो
पानीको एउटै थोपो
जमिन भिजाउनलाई।
मडारियो आकाश
एउटै गड्याङ्गगुडुङ्गले
र दर्कियो अविरल वर्षात बनेर
एउटा कलिलो नदी
एकाएक जवान भयो
र उर्लियो गड्गडाएर
छेउ कुना
बगर बगर..
मैले
आफ्नै मनको कटान सम्झिएँ!
☺️
यति ठूलो दुनियामा मेरो भागमा परेको मान्छे हौ तिमी माया❤️ .................
बिश्वास गर्नु जिवनको हरेक बिहान देखि चिहान सम्म म तिम्रै साथमा रहने छु....!! ❣️