माओवादी द्वन्द्वमा नेपालीले नेपालीलाई मार्न सिकायौ। स्कुलको पाठ्यक्रमले सामाजिक चेतना जगाउने पुराना राम्रा संस्कार हटायो।पुरानालाई उछिनेर नयॅा दलले १०० दिने जादुका सपना बाँडेका छन।प्रतिफल नपाउँदा निराशा र चेतनाको अभावमा युवाले जोखिम कदम चाले। कार्यान्वयन सम्भव सपना र चेतना बाँडौं
हिँजो सिंहदरबार,अदालत र राष्ट्रपति भवन जल्दा तिनले अघिल्लो मारिएका मान्छेको ज्यान ठुलो भने, नदी किनारामा सार्वजनिक जग्गामा बनेका सुकुम्बासी वस्ती भत्काउँदा तिनैले सार्वजनिक जग्गा ठूलो हो भने अहिले चर्को जरिवानाका कारण गणेशले आत्मदाह गर्दा फेरि तिनैले कानून ठूलो हो भनिरहेका छन्।
ट्युनिसीयाका सामान्य फलफूल व्यवशायी मोहमद वौजीजीको आत्मदाह पुरै 'अरब स्प्रिगं' को कारण बन्न पुग्यो। सायद गणेश नेपालीको आत्मदाह बालेन्द्र सरकारको अन्तिम दाहसंस्कार बन्ने दागबत्ति हो। जग जसरी निर्माण हुन्छ, भत्किने सुत्र पनि त्यहीबाट प्रारम्भ हुन्छ।
यति चाँडै यो सरकारको पतन नहोस् भन्ने मेरो पनि चाँहाना थियो।
हिजो रवि र बालेनहरूले आमनागरिकलाई जसरी provoke गरेर सिंहदरबार छिर्ने बाटो बनाए, आज त्यही उनीहरूका लागि गलपासो बन्दैछ। मुलुकले यसको राम्रै मूल्य चुकाउँदै छ। तर छिट्टै आमनागरिकलाई chrismatic राजनीतिबाट वास्तविक धरातलतिर भने ल्याउने छ।
गिरिजाप्रसाद कोइरालाले कांग्रेस प्रजातान्त्रिक मर्ज गरेर के भो?संविधानसभा चुनाव बुरी तरह हारिहाल्यो।हरेक नियुक्तिमा६०-४० को भागवण्डा,कमजोर पार्टी/सरकार नेतृत्व, झनझन विकृत/भ्रष्ट अभ्यास। अन्ततः अर्को शक्तिको उदय र कमजोर पार्टी ! भएको यही हो। कथित एकताले पार्टी झन कमजोर हुने हो!