"राष्ट्रिय धान दिवसको शुभकामना। 🌾
धान केवल हाम्रो भोजनको आधार मात्र होइन, हाम्रो संस्कृति, वातावरण र किसानको गौरवको प्रतीक पनि हो।
किसानको पसिना र माटोको सुगन्धले नै हाम्रो भविष्य हराभरा बनाउँछ।
किसानको सम्मान गरौँ, प्रकृतिको संरक्षण गरौँ।"
प्रिय कुलमान सर !
तपाईंले पनि चिनेको र तपाइँलाई सबैभन्दा नजिकैबाट चिनेको आफ्नो घर नेपाली कम्युनिष्ट पार्टी हो । तपाईंको कदर र सम्मान पनि यहीँ हुन्छ।विकसित परिस्थितिमा एजेन्डाहरुका आधारमा सम्मानजनक ढंगले छलफल गरौं।तितामिठा कुरा भए बसेर टुंगोमा पुर्याऔं।
#जिल्ला डायरी !
नेपाली कम्युनिष्ट पार्टी सिन्धुपाल्चोक भोटेकोशी, बाह्रबिसे र त्रीपुरा सुन्दरी गाउपालिका कमिटिको एकता विस्तारित बैठक र सम्पर्क कार्यलय उद्दघाटन।
२९ मंसिर २०८२ बाह्रविसे
अन्तरिम सरकारको आह्वानमा हिजो सांझ प्रधानमन्त्री निवास बालुवाटारमा सरकार, राजनीतिक दलका प्रतिनिधि र जेनजीका अगुवा प्रतिनिधिबीच छलफल प्रारम्भ भएको छ । आज तीनै पक्षबाट आ–आफ्ना धारणा राख्ने काम भयो । सबै पक्ष संविधानसभाबाट बनेको संविधानको रक्षामा एकमत हुनु सुखद विषय हो।
#देश गम्भीर मोडमा छ !
अन्यौलताको भुमरीले फेरि पनि देशलाई अनिश्चिततामा लैजाने खतरा कायमै छ।
तर, अहिलेको आवश्यकता निराशा होइन - परिवर्तनशील भावना र जिम्मेवार सोचसहित देशलाई अघि बढाउने सामूहिक संकल्प हो।
तसर्थ,सबैले विवेकपूर्ण र सकारात्मक योगदान गरौं !
#दुखद खबर !
सिन्धुपाल्चोक,चौतारा साँगाचोकगढी न.पा. १० सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीको दुध संकलन गर्ने बा १२ च ६५९४ नं. को मारुती मिनि डेलिभरी भ्यान सुकुटेबाट खाडिचौरतर्फ जाँदै गर्दा सुनकोशी नदीमा खसेर चालक बेपत्ता भएको खबर छ।खोजी कार्यमा सहयोग गर्न सबैलाई अनुरोध गर्दछु।
#कुरा_संविधानको !
नेशनल लेजिस्लेटिभ एकेडेमीले आयोजना गरेको “संविधान कार्यान्वयनका दश वर्षको समीक्षा: उपलब्धि, समस्या, चुनौती र सुझाव” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी भई पार्टी र आफ्नो धारणा व्यक्त गरियो।
📅 ११ भदौ २०८२, काठमाण्डौं
#हार्दिक शुभकामना !
नेपाली महिलाहरूको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गर्दछु।
२०८२ भदौ
#. कुरा संविधान र निर्वाचन कानुनका !
नेपाल मतदाता अधिकार मञ्चको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागी भई पार्टीको तर्फबाट धारणा राखियो। आयोजक तथा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दछु।
📅 ८ भदौ २०८२
📍 गौशाला, काठमाडौं
First Hindu Kush–Himalaya Parliamentarians’ Conference held in Kathmandu.
Shared agenda: #ClimateAction & clean air. Honored to speak on “Actions for Clean Air & Blue Skies,” highlighting the importance of regional cooperation.
The Hindu Kush Himalaya Parliamentarians’ Meet 2025
The regional meet commenced in Kathmandu today, bringing together ministers, parliamentarians, and experts from across countries. The event was inaugurated by the Honorable President Ram Chandra Paudel on 18 August 2025.