कोभिडसँग जुध्न डडेलधुराको अमरगढी नपाले सरसफाईमा उपयोग भैरहेको टिपर शववाहन र जनप्रतिनिधि चढ्ने गाडीलाई एम्बुलेन्स बनाएछ । कोभिडकै कारण आगामि वर्षको बजेट निर्माण प्रकृयामा समस्या परेछ । थप जानकारी हेरेर, सुनेर लिनसक्नुहुन्छ । https://t.co/PuzZYM6woJ
काभ्रेको पनौती नगरपालिकाले यसवर्ष कृषि भन्दा धेरै कोभिडलाई प्रार्थमिकतामा राखेको छ । शहरको तुलनामा गाउँघरहरुमा निषेधाज्ञा उल्लंघन गर्नेहरु बढि छन् । संक्रमणको जोखिम पनि बढि छ । भिडियो हेरेर सुनेर थप जानकारी लिन सकिन्छ । https://t.co/DUjL8KRjE3
कपिलवस्तुको बिजयनगर गाउँपालिकामा यसवर्ष ९५ प्रतिशत बजेट खर्च हुने पक्कापक्की अनुमान रहेछ । पालिकाले गरिरहेको कोभिड बिरुद्धको प्रतिकार्य प्रदेशमै नमूना मानिएको रहेछ । हेरेर सुनेर थप जानकारी लिन सकिन्छ । https://t.co/9alrUD8dmV
तामाकोशीमा संक्रमितलाई सघाउन युवा समूह सकृय भएछ । दीर्घरोगीलाई निशुल्क औषधि वितरण हुनेरहेछ । कोरोनाले बजेट निर्माण प्रभावित छ, कृषि स्वास्थ्य र शिक्षा प्राथमिकतामा राखेको रहेछ । थप थाहा पाउन हेर्न र सुन्न पनि सकिन्छ... https://t.co/VYz5OoiMuB
स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐनले पदाधिकारीले राख्ने स्वकीय सचिव र सल्लाहकारको लागि पारीश्रमिक दिने व्यवस्था गरेको छैन । तर, स्थानीय तहहरुमा सल्लाहकार तथा भान्से नियक्त गरेर पारीश्रमिक दिने गरिएको महालेखाको प्रतिवेदनले औंल्याएको छ ।
https://t.co/BGSE5ZoXYQ