प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेलाई जेल, खुलामञ्चमा धर्ना बस्न खोज्नेलाई रोक !
व्यवहार चाहिँ राजतन्त्रको बेलामा जस्तो, भाषण चाहिँ लोकतन्त्र र संविधानको रक्षा रे !!
ओलीले बिहानै फेसबुकबाट बधाई दिए, प्रचण्डले मैदानमै पुगेर हात मिलाउँदै शुभकामना थपे । यति भएपछि के चाहियो र, खेल्ने खेलाडीलाई व्यवस्थ���त मैदान र अरु सुविधा अनि हौसला थप्ने दर्शकलाई राम्ररी उभिएर सिठी बजाउने ठाउँ नभए पनि नेपालले खेल जित्यो !
प्रधानमन्त्री, मन्��्री, नेताहरु मैदानमा पुग्दा त ओहो हौसला थपियो, जित सुनिश्चित भनेको सुन्न पाइयोस् न । अहँ दर्शकहरु उल्टै भन्दारहेछन् : चुप लागेर नबसेर किन जानुपरेको मैदान लोदर लगाउन !
महामहिम राष्ट्रपतिज्यूले शपथ लिने बेलामा प्रतिज्ञा गर्छुलाई प्रतीक्षा गर्छु भन्नुभएको थियो । धेरै लामो प्रती���्षा गर्न नपर्दै उहाँको फोटोमा कोठी फिर्ता भएछ । सबैको जय होस् !
यसरी पानीको भाँडा टेक्नै पर्ने नियम नै हो कि के होला ? पानी बोक्ने सबै गाडीमा यसैगरी टेक्ने कुल्चने गरेको देखिन्छ । नटेकीकन पनि राख्न झिक्न मिल्नुपर्ने हो । हामीलाई त हजुरबा हजुरआमाहरुले पानी नाघ्न पनि हुन्न भन्नुहुन्थ्यो !
पालिका प्रमुख र उपप्रमुखमध्ये एक महिला, सभामुख र उपसभामुखमध्ये एक महिला भनेजस्तै स्वभाविक रुपमा राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला । यति कुरामा पनि संविधानको 'वा' 'र' अनि निर्वाचन आयोगको व��ज्ञप्तिमा 'यो' 'उ' भनेर किन अल्झनु उपपराष्ट्रपतिमा उठाउने महिला नै नभएजस्तो गरे�� अचम्म
पहिले कसैले हार खाइरहँदा रामचन्द्रकोजस्तो हालत भन्थे...अब हार्नेहरुलाई पनि उनै रामचन्द्र उदाहरण बने– 'हार खाए पनि हरेश नखाए एकदिन कागताली आउन के बेर !'