आन्तरिक लोकतन्त्रलाई अझ सुदृढ बनाउँदै, फरक मतलाई द्वन्द्व होइन शक्ति मान्दै, एकताबद्ध र सक्षम संगठन निर्माण गर्नु आजको आवश्यकता हो।
स्पष्ट दृष्टि, साझा उद्देश्य र सहकार्यको बाटो रोजौँ । अलमलमा नपरौँ - 'म' होइन 'हामी' रोजौँ ।
यो हर्ष वा विषादमा अल्झिने समय होइन। रुपान्तरण, पुस्तान्तरण र सुदृढीकरणको मार्गमा अगाडि बढ्ने समय त धेरै पहिल्यै आएको थियो; ढिलो भए पनि सही बाटोमा हिँड्दा मात्रै देशको समुन्नतिका साझा लक्ष्यहरू हासिल गर्न सकिन्छ। +
सत्कर्ममा भक्ति, शक्ति, विद्या, बुद्धि, साहस र विनम्रता सहित सकारात्मक बन्न सकौँ। हामी सबैमा पवनपुत्र हनुमानजीको आशीर्वाद सधैं रहिरहोस्। जय बजरंगबली!🙏
#HanumanJayanti
जसरी एउटै रङ्गले इन्द्रेणी बन्दैन, त्यसरी नै एउटै विचारले संसार चल्दैन। विविधता हाम्रो विशेषता हो भने, एकता हाम्रो शक्ति हो। जब हामी फरक भएर पनि एउटै लक्ष्यमा जोडिन्छौँ, तब मात्र संसार सुन्दर देखिन्छ।
नयाँ बिहानको आगमनसँगै, हाम्रो मन आशा र खुशीले भरियोस्। सकारात्मक सोचका साथ सत्कर्ममा तल्लीन रहन सकौँ। अंग्रेजी नयाँ वर्ष २०२६ को सबैलाई हार्दिक शुभकामना! 🇳🇵🙏