पलाञ्चोक भगवतीको नित्य पूजाको समयमा मन्दिर पुगेका प्रधानमन्त्री शाहले भगवतीको ���र्शन गरी फर्किएको पाँचखाल–९ का वडा अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री शाहको पलाञ्चोक भ्रमणबारे जिल्लास्थित सुरक्षा निकायलाई समेत पूर्वजानकारी गराइएको थिएन ।
#BalenShah #onlinekhabar
https://t.co/V3knu9Swoq
सम्माननीय प्रधानमंत्री @kpsharmaoli जी,
तपाई मित्रराष्ट्र चिनको भ्रमणमा रहनु भएकोबेला , नेपालमा भएका दुइ चित्त नबुझेका घटनाप्रति ध्यान आकर्षण गराउन चाहन्छु ।
१. हाल हिरासतमा रहेका रास्वपा सभापति रबि लामिछानेलाई, चितवनमा मध्यरातमा सुतेको बखत प्रहरीले जबजस्ती उठाई रातारात पोखरा अड्डासार गरिएको समाचारआएको छ ।
आजको दिनमा पनि , नेपालको कानुन अनुसार उनलाई अदालतले दोषी भनेको छैन। कानुनी प्रकृया जारी छ । नेपालको संविधानले , अदालतले दोषी घोषणा गरेकाहरुको वा जेल चलान भैसकेकाहरुको पनि मानव अधिकार सुरक्षित राखेको छ ।
कानुन पढेका हाल कायम गृहमंत्री रमेश लेखक र लामिछाने गृहमंत्री छदा पनि आईजिपी पदमा नै रहेकाअधिकृतलाई – यो प्रावधान थाहा नहुने कल्पना गर्न सकिन्न ।
मलाई लाग्छ- सबैभन्दा पहिला हामी सबै मान्छे हौ । त्यसपछी मात्र पक्ष-बिपक्ष , दोषी -निर्दोष हौ ।
कोही दोषी नै हो भने पनि, के कति मात्राको दोषभागी हो ? यो सब परिवेशको अन्तिम व्याख्याताका रुपमा अदालतहरुको संवैधानिक व्यवस्था छदैछ ।
त्यतिमात्र होइन , बेलाबखतमा , कानुन (law) र न्याय (justice) एकै कुरा नहुन पनि सक्छन । त्यसैले त आमजनत���ले दुनियाले कानुनमात्र हेर्दैन, न्याय पनि हेर्छ । त्यसैले विश्वका अदालतहरुमा सर्वकालिक महान , औसत र घटिया ; तिनै थरि मान्छेहरु न्यायमुर्तीको आसनमा बस्छन ।
रुसी साहित्यकार दोस्तोवस्कीको कालजयी कृति छ – Crime and Punishment ।
साहित्यमा ओलीजीको थोरबहुत रुचिसंग म वाकिफ छु । कुनैदिन मौका मिले त्यसैमा केन्द्रित बात मारौला पनि ।
प्रिय ओलीजी,तपाईले कुनै रात सुनाउनु भएको हरिभक्त कटुवालको कविता भुलेको छुइन मैले - जूनलाई धेरै नजिकबाट नहेर .. दाग देखिन सक्छ त्यसमा ..
२. मेरो नजरमा, दोस्रो चित्त नबुझ्दो घटना नेपाल बिधुत प्राधिकरणको कार्यालयमा दिपक खडका मंत्रीजीले रातोरात आफ्नो कार्यालय स्थापना गर्नु हो । सबै मंत्रीले , आफु मातहत���ा संस्थाहरु / कार्यालयहरुमा , यसरी नै कार्यालयहरु स्थापना गर्दै जाने काम एसियाको दोस्रो गरिब देशमा न्यायिक हो ? कानुनी त होला पनि भनेर तर्क गर्न सकिन्छ । तर के न्यायिक हो ?
कुलमान घिसिङ यदि सरकारलाई खपि नसक्नु भएका छन भने , उनलाई तत्काल बरखास्त गरौ । होइन भने उनी माथी सस्तो राजनिति बन्द गरौ । नेताले कर्मचारीसंग राजनिति गर्नु हुदैन । ��रुरी भए , उस्लाई पुरस्कृत वा दण्डित गर्नु पर्छ ।
ठूलो नेतालाई , सानो मन शोभा दिदैन। आज हेडलाईन लेख्नेहात त भाडामा पनि किन्न सकिन्छन । तर ती हातले इतिहास लेख्ने औकात राख्दैनन ।
प्रिय केपी ओलीजी - आज तपाई प्रधानमंत्री पदमा हुनुहुन्छ । भोली हुनु हुने छैन । यो सत्यले न तपाईलाई फरक पार्छ , न मलाई । किनभने हिजोपनि त तपाई पदमा हुनुहुन्नथ्यो नि ।
तपाईसंग पहिलो परिचय हुदा , म लक्का जवान थिए , प्रध��नमंत्री पदबाट तपाई कोशौ टाढा हुनुहुन्थ्यो ।
पछी प्रधानमंत्रीपदमा हुदा, नहुदा र फेरी हुदा – तपाईका केही ससानाकुराहरुले , देखाएको स्नेहका ती क्षणले भनौ ; मेरो मन कहिलेकाही छोएको पनि छ । र कहिलेकाही चित्त बुझ्दैनपनि ।
आज एकमन त लागेको थियो , समय मागेर , मौकामिले , भेटेरै विविध बिषयमा कुरा राखौ । फेरी अल्छी लाग्यो । हुन त आलस्य मेरो जीवन��ो अविभाज्य अंग हो तर पनि हिजोआज अलि बढी नै अल्छी र निस्सार लाग्छ । बढदो उमेरका कारण हो कि , चिसोले हो भन्न सकिन्न ।
चिसोका दिनहरुमा म सिरक ओडेर साहित्य पढन रुचाउछु । आजै भोर बिहानीमा फेरी पढे यी कहिल्यै पुराना नहुने वाक्यहरु , जो हामी सबै गए पछी पनि जिवित नै रहने छन :
' जब महत्वाकांक्षा र जवानीको भेल बगी सक्छ , जब मान्छे केही पाउने लोभ वा गुमाउने भयबाट अलिकति भए पनि टाढा बस्ने अवस्थामा पुग्छ , जीवनको गज्जब बेला हो त्यो ।
एक हिसाबले भन्ने हो भने , काल पर्खने समय हो यो । अर्को हिसाबले भन्ने हो भने - जीवनको सबैभन्दा उदार र सृजनात्मक समय साबित हुनसक्छ , जीवन गोधुलीको यो बेला ! जीवनको यही सांझबारे अल्बर्ट आइन्सटाइनले बेल्जियमकी महरानीलाई लेखे .. '
@SherBDeuba
तरकारी खेती गरी बेचेर जीवन गुजारीरहेका यि मर्चवारवार सीमा बासी लम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रका हुन जस्मा व्यवसायिक बन्ने हुटहुटी छ। हामी सहयात्री बन्ने गरी छलफल जारी छ।
दुई पाईलटको अकर्मण्डेताको कारण नेपाली अाकाशमा समृद्दिको पुष्प वर्षा गर्न २.५ वर्ष देखि उडिरहेको जहाज दुर्घटना पर्ने निश्चित। राष्ट्रलाई ठूलो क्षति। विडम्वना
यदि २० लाख रोजगारी कृषिमा थप गर्ने हो र प्रति व्यक्ति मासिक रु १० हज़ार कमाउन सक्ने बनाउने हो भने कृषिले कम्तिमा रु २२ खरब मूल्य सृजना गर्न सक्नु पर्ने रहेछ एक वर्षमा ।
सरकारको स्वागतयोग्य कदम। हाम्रो क्षेत्रफल: १,४७,४९१ वर्ग कि.मि.। अब भारतीय सेना फिर्ता गराउने नेपाली सेना लगेर राख्ने काम पनि छिटो होस। सत्ता पक्ष प्रतिपक्ष र तिनीभित्रका गुटहरुको र अन्य राजनीतिक दलहरुको सधै एउटै परराष्ट्र नीति होस त भारतले कहिल्यै यस्तो हेप्नै पाउदैन।