हामी यसरी देशप्रेमी र देशद्रोहीको इजाजत बाँडिरहेका छौँ कि,मानौँ त्यो बाँड्ने ठेक्का नै हामीलाई प्राप्त छ । हामी राष्ट्रवादी र राष्ट्रघातीको प्रमाण पत्र यति सस्तो बनाइरहेका छौँ कि,हामीलाई तथ्यप्रमाणहरू केही चाहिन्नन् ।
अनलाइनखबरमा प्रकाशित मेरो लेख!
https://t.co/SJUMYvUIIp
आम मान्छेका सपना, बाध्यता, चाहना कसरी बुनिन्छन्, कसरी तुहिन्छन्, कसरी ब्यूँतिन्छन्...
यी सबमा हाम्रो भूमिका के? कसको निम्ति हामी सक्रिय छौं? केका निम्ति? अब के गर्ने?
सोच्न बाध्य बनाउने @bbhrikuti को गहन रिपोर्ट/लेखन।
बाँकी हाम्रो दायित्व !
https://t.co/mIfardC7dr
यो कस्तो खालको “इज्जत” हो?
यस्तो कुकर्मबाट “इज्जत” जोगाउनुभन्दा त हजारौं पटक बेइज्जती गर्नु बेस !
“आमा र बच्चाको ज्यान नै जोखिममा”—अनि कसरी हुन्छ देश समृद्ध ? कसरी सुरक्षित र स्वस्थ हुन्छ हाम्रो भविष्य ?
(नोट : यो कुरीति गाँउमा मात्र होइन सहरमा पनि “सभ्य” शैलीमा हुने गरेको छ)
हिमालको नयाँ अंकमा मेरो लेख—
राजनीतिक दल/नेताहरूको आर्थिक श्रोत-जीवनशैलीबारे आम चासोलाई सतही, राजनीतिक खपतको विषय नबनाई आर्थिक उत्पादन,स्वामित्व र वितरणका ढाँचाहरूले हाम्रो राजनीतिक व्यवस्था,संस्था र संस्कारमा कस्तो असर पार्छ, के गर्न सकिन्छबारे बहसको आह्वान।
#Politics को #PolEco
मित्र खड्गप्रसादजी,पूर्व प्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन।हाम्री छोरी मानुषी ७बर्षको उमेरमा जनयुद्धपूर्व२०४९-५१मा आमा हिसिला छात्रवृत्तिमा वेलायत पढ्न गएको वेला संगै गएर संगै फर्केकी हुन्।त्यस यता उनी वेलायत गएको प्रमाणित गर्नोस् न! https://t.co/hkZQyPdini
दशैं उपहारको निम्ति @kathalayanepal लाई धेरै धेरै धन्यवाद !
Yugeen loves his Dasain gifts 🥰
हाम्रो परिवारको तर्फबाट सम्पूर्णमा दशैंको शुभकामना ।
मोहनी नख:या भिन्तुना !
@realpbhattarai ओलीलाई राप्रपाले जिताए, लिङ्देनलाई एमालेले ! त्यसो भए कि राप्रपालाई एमालेमा हुल्नु कि राप्रपामा एमाले विलय गराउनु । किन चाहियो दुइटा पार्टी ?