Nari covers a wide range of issues from women’s rights to beauty, health and fashion.
Official Twitter handle of Nari, leading monthly magazine in Nepal.
साधारणतया नाक वरिपरिको हड्डीमा हावा भरिएको खाली भागमा साइनसको संक्रमण हुनुलाई पिनास भनिन्छ । यी साइनसहरू स-साना प्वालका माध्यमबाट नाकको श्वासमार्गमा खोलिएका हुन्छन् ।https://t.co/r8tvVX7Oj7
गर्भावस्थामा पाठेघरको आकार ठूलो हुन्छ साथै यो अवस्थामा पाठेघर र तल्लो पेटमा रक्तसंचारको मात्रा बढी हुन्छ जसले गर्दा मलद्वारको रक्तनली (भेन) मा धेरै रगत बग्नुका साथै त्यो जम्न पनि सक्छ ।https://t.co/BbWZbrpK7s
समाजभित्रका विविध खाले भावना, संवेदना र लयलाई शब्दमा ढाल्न सिपालु भारतीले हालसम्म १३ वटा नाटक लेखन, ११ वटा निर्देशन र ७० वटाभन्दा बढी नाटकमा अभिनय गरिसकेका छन् ।https://t.co/qnWVbLuj8h
हरेक व्यक्तिका लागि सफलताको अर्थ फरक–फरक हुन्छ । त्यसैले आफ्ना लागि सफलताको वास्तविक अर्थ के हो बुझ्नु आवश्यक छ । जसले सधैं अघि बढ्ने प्रेरणा दिन्छ मनोविश्लेषकहरू त्यसैलाई सफलता मान्छन् ।https://t.co/zCzNLWwOgk
‘काममा उत्प्रेरणा जगाउने, हास्यचेत भएका, नबुझेको कुरा बुझाइदिने अनि घरपरि��ारकै सदस्यजस्तो व्यवहार गर्ने सहकर्मी असल लाग्छन् ।’
https://t.co/o5OqAImRfJ
पहिलो तीन महिनामा भ्रूणको विकास हुन्छ भने मानवले भ्रूणको आकार लिन थाल्छ । यतिबेला चिकित्सकस���ग नसोधी कुनै पनि औषधि खानु हुँदैन ।https://t.co/Op6M26dg27
भान्साको टायल होस् वा अन्य वस्तु सकेसम्म सादा नै प्रयोग गर्नु उचित हुन्छ । अन्यथा टेक्स्चरमा चिल्लो र फोहोर अड्किन्छ । जसले गर्दा केही समयमै भान्सा थोत्रो र फोहोर देखिन्छ ।https://t.co/SvobvAdRbg
आफ्नो लक्ष्य तयार गर्नुपर्छ । आफूले काम गरेको कार्यालयको हितको विषयमा आफू सदैव चिन्तित हुनुपर्छ । आफूले काम गरेको संस्था कुन लक्ष्य लिएर अघि बढ्दा फाइदा हुन्छ यकिन गर्नुपर्छ र उक्त विषयमा आफ्नो बोसलाई बताउनुपर्छ ।https://t.co/8DKrWRqErx
आउटडोर फर्निचर खरिद गर्दा सजकता अपनाउनु जरुरी हुन्छ जसले गर्दा फर्निचरहरु धेरै टिकाउ रहन्छ । आउटडोर फर्निचरमा मौसमको असर धेरै पर्ने भएकोले सानो तिनो कुराहरुलाई ध्यान राख्न जरुरी हुन्छ ।https://t.co/S69G1xDuXg
घरको कुनाको भागमा कुनै भाँडोमा ताजा पानी भर्नुहोस् र त्यसमा केही गुलाबका पातहरू छर्नुहोस् साथै थोरै ल्याभेन्डर वा कागती��ो रस तेलमा राखेर छोडिदिनुहोस् । यसले घरमा प्राकृतिक सुगन्ध आउनुका साथै आकर्षक समेत देखिन्छ ।https://t.co/uTZYkwwrv0
डेकोरेटिभ ग्रिन प्लान्टलाई सुत्ने कोठाको एउटा कुनामा राखेर हरियालीको आभास गर्न सकिन्छ । गर्मीमा कोठामा कार्पेटको साटो दरी ओछ्याउनु उपयुक्त हुन्छ ।https://t.co/UFEfCRBPkl
हरेक भवनभित्र फरक–फरक उर्जा उत्पन्न भएकै हुन्छ भन्ने भनाई परापूर्वकाल देखिनै रहेको छ । जब कुनै पनि मानिस एउटा घर भित्र पस्दछ, उसले राम्रो, नराम्रो केही न केही सोच्छ, महसुस गर्छ ।https://t.co/TwUglQpmlp
गर्मीमा हामीले घरपालुवालाई हप्तै पिच्छे नुहाइदिने गर्छौं, यो ��ार्य ठिक होइन । घरपालुवालाई महिनामा एक वा दुई पटकभन्दा बढी नुहाइदिनु हुँदैन ।https://t.co/zIh7An2Uze