Chairman- FAME Consultants, Economic Expert and Task Force Member-Periodic Plan Team Province 1, Consultant- The World Bank, Director- Rastriya Banijya Bank.
मेरा मित्र सागर प्रसाइँको यो पीडा यता शेयर गर्न चाहेँ । @sagarprasai
(बाध्य भएर यो भिडियो बनाएको छु । कृपया सक्दो गरेर, सुन्नुपर्ने सबैलाई सुनाईदिनुहोला ।)
मेरो नाम सागर प्रसाईँ । म ह्विलचियर प्रयोग गर्ने व्यक्ति हुँ । म हाल काठमाडौँ महानगरपालिका वडा. ९, बत्तिस पुतली को अरनिको मार्ग मा बस्छु । यही मङ्सिर को ११ गते, म घरबाट बाहिर निस्किदा मेरो घर अगाडीको मूलबाटो मा ठुला ठुला खाल्डा खन्न थालिएका थिए । एक छिनमा घर छिर्ने बाटो नै बन्द हुने हो कि भनेर म त्यस दिन कतै गइन, घर नै फर्के । २-३ दिनमा पुरै बाटो नबने नि हिँड्ने बाटो त खुल्छ होला भन्ने लाग्यो ।
१ हप्ता सम्म पनि म घर को घर नै भएपछि मैले हेल्लो सरकारमा खबर गरेँ । त्यहाँबाट १ दिन पछाडि- कार्य प्रगति हुँदै छ, चाँडै सकिन्छ भन्ने खबर आयो । फेरी काठमाडौँ महानगरपालिकाको हटलाइन मा कल गरेर आफ्नो समस्या राखेँ । वडा नं ९ का सचिव जीले कल गरेर, ठेकेदारलाई बोलाएर भोलि देखि नै हिँड्ने बाटो खुलाउँछौ भन्नुभयो । फेरी प्रगति शून्य । त्यसपछि मैले वडा नं वडा अध्यक्ष लाई सम्पर्क गरे, वहाँले पनि हामी मिलाइहाल्छौँ भन्नुभयो । मेयर साबको फेसबुकमा उपलब्ध नम्बर मा मेसेज गरे, उताबाट ठ्याक्कै लोकेसन सोधियो र भनियो- असुविधाको लागि माफी चाहन्छौँ । हामीले काम चाँडो सक्न आदेश दिइसकेका छौँ । तर आज २० दिन भयो, म घरमै थुनिएको छु । अहिले त यहाँको स्थिति यस्तो धराप छ, हिँड्ने मान्छे पनि एक कुना बाट ब्यालेन्स मिलाएर हिँड्नुपर्छ, केही गरी आपत्कालिन स्थिति आयो भने एम्बुलेन्स र दमकल पनि निकै टाढा नै रोकिन्छन् ।
म काम गरेर खाने मान्छे हो । आजसम्म सामाजिक सुरक्षा भत्ता लिएको छैन । बरु उल्टै व्यक्तिगत र व्यवसाय मार्फत नगरपालिका र सङ्घीय सरकारलाई गरेर वर्षको लाखौँ रुपैयाँ कर तिर्छु । तर अहिले म यसरी घरमा थुनिदा, मेरो काम नै रोकियो, निकै अवसर गुमिसके । यसरी त मेरो जीविकोपार्जन नै धरापमा पर्यो । र त्यो भन्दा महत्त्वपूर्ण कुरा घरमा एक्लै बस्दा बस्दा मेरो मानसिक स्वास्थ्य पनि खलबलिन थालिसक्यो ।
त्यस कारण, मैले हरदिन ह्विलचियरमा बसेर सकी नसकी काम गरेर कमाएको पैसाको एक हिस्सा काटेर तिरेको करबाट तलब खाने, कर्मचारी ज्यू, जनप्रतिनिधि र सुशासनको ठुला ठुला कुरा गर्ने सम्माननीय प्रधानमन्त्री- मेरो यो कुरा सुनेर लाज त लाग्यो होला ।
त्यही लाजको लागि भए पनि यो बाटो बनाइदिनुस् । मलाई घरबाट निस्किन सहयोग गर्नुहोस् ।
भ्रष्टाचार त्यसले गर्दछ जो संग राज्यको 'पावर' हुन्छ। निजी क्षेत्रमा जालझेल, अनियमितता अवश्य होला, यससंग भ्रष्टाचारगर्ने 'पावर' छैन। अनियमिततालाई भ्रष्टाचारको कसुर भनि दण्डनीय बनाउंदा राज्य संयन्त्रका भ्रष्ट उम्किन्छन। निर्दोष निजि क्षेत्र अझै आतंकित हुन्छ। https://t.co/L6hK1sfk9k
३) चार वर्षदेखि छोराबुहारीसित कीर्तिपुरमा बस्नुहुन्छ रे। गाईघाटकी बुहारी र छोरोले माया गर्छन् रे। खुसी छु रे।
`सबलाई राम्रो राम्रो बेच्ने, आफू किन लगातार बिँडी बुवा ?´ सोधेँ।
`उस्को सम्झना आउँछ, यही तान्छु, यही साथी छ, कहिलेकाहीँ त रातभरि निदाउँदिनँ, यही तान्छु,´ उहाँले भन्नुभो।
५) उमेरमा पनि काम गरी खाएको देखेर ।´
०००
विकास दाइले चलाएको गाडी कोटेश्वरको जाममा रोकिएको थियो । ८-१० वर्षकी एक जना नानी `पुस्टकारी किनिदिनु न´ भन्दै झ्यालमा आइन् । `हामीलाई पुस्टकारी चाहिन्न, लेऊ नानु´ भनेर दाइले सय रुप्याको नोट दिनुभो । नानीले पैसा लिन मान्दै मानिनन् ।
४) हामीलाई हेरेर भन्नुभो, `जोडी मिलेको छ, खुसी रहनू । श्रीमान्-श्रीमती जस्तो सम्बन्ध कहीँ केही हुन्न है बाबु ।´
पैसा तिर्न पाँच सयको नाेट दिएर काउन्टरकी बहिनीलाई भनेँ, `उहाँको पनि काट्नुस् ल ।´
बहिनीले मान्नुभएन, भन्नुभो- `उहाँलाई म खुवाउँछु सधैँ चिया । अरु त केही होइन, यो
रेखा र म आज दिउँसो लगनखेलमा एउटा खाजा पसलमा थियौँ । मःम अर्डर गरेर पर्खेका थियौँ ।
एक जना बा एउटा झोला बोकेर पसल छिर्नुभो । अर्को टेबलमा अलि पाका जोडी थिए । बाले डिस्टर्ब गरूँ कि नगरूँको मनोदशामा हामीलाई हेर्नुभो । केही बेर पछि `तपाईंहरूलाई यी चाहिन्छ कि´ भनेर पोको खोल्नुभो ।
झट्ट पढ्दा ए हो नि है भनेजस्तो पार्न खोजेपनि भुषणजीले आफ्नो बचाउ गर्न दिनुभएको व्यावसायिक जीवनको दुहाइको लय मिलेन।
रामेशले शोभराजलाई कुख्यात अपराधीको पनि उपचार गर्नुपर्छ भनेर जेलमा फोन गरेर झिकाउनु भएको होइन।
तपाईंले दुर्गा प्रसाईलाई खोजी खोजी बोलाएर ल्याउनुभएको हो।
धन्यवाद।