जब दूध बेस्सरी तात्छ अनि क्रमशः उम्लिन थाल्छ, यसमा बाह्य हस्तक्षेप नगरे ऊ पोखिन्छ ।
तलबाट राप र ताप कम गरिदियो वा माथिबाट निरन्तर चलायो भने सही ठाउँमा आउँछ । पूरा ठेगानमा ल्याउनका लागि त तलबाट दिइने ताप राप शून्य बनाउनु पर्छ ।
यही विम्ब मानिसमा पनि लागू हुनेरहेछ ।
आसन्न निर्वाचनमा कसले विजय हासिल गर्ला - त्यो आगतको परीक्षणमानै छ । गठबन्धन र तालमेलका नाममा हुने गरेको नागरिक स्वतन्त्रता र वैचारिक स्वायत्तताको अपहरण हुनबाट बचाए यी दुई पात्रहरूले ।
Well done dears!❤️
आज नेपाली राजनीतिमा नयाँ आयामको सुरुवात हुनेछ । नेपाली राजनीतिक भूगोलको ठूलो दलका पूर्व संस्थापन पक्षको अतिवादको अन्त्य हुनेछ । साथै विशेष महाधिवेशनलाई अवमूल्यन गर्ने पात्रहरूलाई समेत आगतको संस्थापन पक्षले एम्नेष्टी दिनेछ र निर्वाचनमा सबै जना एकसाथ होमिनेछन् ।
हामी नेपालीको चिन्ता र दु:ख पनि अनेक छन्, नेपालको चिन्ता लिनु कि? प���यालेस्टाइनको चिन्ता लिनु कि? यूक्रेनको चिन्ता लिनु? बंगलादेश र श्रीलंकाको चिन्ता पनि जायज नै हो । फेरि २०२६ लागेपछि भेनेजुयलाको चिन्ताले वेचैन बनायो ।
@shishirdahal नेपालका केही नेता पक्कै बदमास र गलत छन्, त्यसमा दुईमत छैन, तर बाहिर बसेर Provoking with conspiracy मा तपाईं तिनीहरूभन्दा एक रौं पनि कम हुनुहुन्न ।
हामीले सुधार्न सकेनौं, तपाईं टिकट काटेर नेपाल आउनुस्, नेतृत्व गर्नुस्, हामी गुणदोषका आधारमा समर्थन गर्छौं मात्रै होइन साथ दिन्छौं ।