पहिलो दिन चालेको कदमहरु - विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा शुन्य बाट सुरु हुँदैछ । यो मन्त्रालय चलाउन अरु अरु मन्त्रालय जस्तो सबै कुरा तयारी अवस्थाका छैन। सर्व प्रथम विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन विधेयक बनाउने निर्णय गरियो । अनि यो मन्त्रालय सुचारु रुपमा चलाउन कति कर्मचारी राख्ने, दरबन्दी कति चाहिने र काम कसरी छिटो र प्रभावकारी बनाउने भनेर सर्भेक्षण (O and M) गर्ने निर्णय गरियो। विभिन्न मन्त्रालय अन्तरगत छरिएर भैरहेका अनुसन्धान तथा नवप्रवर्तनलाई कसरी प्रभावकारी रुपमा अगाडि बढाउने भन्ने कुरामा गहन छलफल तुरुन्त सुरु गर्ने निर्णय गरियो। हेर्दै जानु होला ।🙏🙏🙏
सही हो। सुहाङको यो भनाइ- स्तरीय र अर्थपूर्ण मात्र होइन संसदीय गरीमाको ओजमा अडिएको छ। मान्य सुहाङलाई धन्यवाद। 🙏
**
“म विरोधका लागि आफ्नो स्थानमा उभिन तयार छु, तर घेराउ र नाराबाजीका लागि रोस्ट्रममा जाँदिनँ। रोस्ट्रम घेर्नु अमर्यादित कुरा हो। अहिले बजेटदेखि जनताका मुद्दामा केन्द्रित हुनुपर्ने बेला रोस्ट्रम घेराउमा समय नफालौं, बरु रचनात्मक प्रतिपक्षी बनौं। विगतमा रास्वपाले रोस्ट्रम घेर्नु पनि ठिक थिएन, अहिले एमालेले गर्दा पनि ठिक होइन। संसद सुशासनको मन्दिर हो र मन्दिर जस्तो पवित्र स्थलमा नाराबाजी गर्नु सुहाउँदो हुँदैन। जनताले रोस्ट्रम घेराउ गर भनेर निर्वाचित गरेको होइन।” - एमाले सांसद सुहाङ नेम्वाङ
रबी लामिछाने दिल्ली भ्रमणबाट फर्केको भोलिपल्ट अर्थात यहि शनिबार पररास्ट्र मन्त्री शिशिर खनाल दिल्ली भ्रमणमा जादै ! भारतका विदेश मन्त्री जयशंकर को निम्तोमा हुन लागेको यो भ्रमणमा खनालले नेपालको प्राथमिकताको बारेमा जयशंकर सँग कुराकानी गर्ने छन् https://t.co/yGzIbFhTF2
रबी लामिछाने दिल्ली भ्रमणबाट फर्केको भोलिपल्ट अर्थात यहि शनिबार पररास्ट्र मन्त्री शिशिर खनाल दिल्ली भ्रमणमा जादै ! भारतका विदेश मन्त्री जयशंकर को निम्तोमा हुन लागेको यो भ्रमणमा खनालले नेपालको प्राथमिकताको बारेमा जयशंकर सँग कुराकानी गर्ने छन् https://t.co/yGzIbFhTF2
❗️राष्ट्रिय सभा खारेज गरौँ ❗️
प्रतिनिधिसभाबाट पारित भएको वैकल्पिक विकास वित्त परिचालन विधेयक समयमै पारित गर्न नसक्ने राष्ट्रिय सभा अब किन राख्ने ❓️
यस्तै,
नयाँ रेकर्ड कायम गरिरहन ?
होइन भने,
वार्षिक करोडौं खर्च गर्ने यो वृद्ध आश्रम तत्कालै खारेज गरौं। सरकारकाे ध्यान जाओस्।
@anilkathmandu +
२. ती स्थापित सम्यन्त्रहरुकाे वैठक र अवरुद्ध सम्वादकाे थालनी छिटोभन्दा छिटाे हाेस भन्ने चाहान्छ र यस्मा भारत सरकारले छिटो चासाे देखाओस ।
३. सीमााड्कनकाे बांकी २% मा सुस्ता मात्र हाेईन कि कालापानी- लिपुलेख-लिम्पियाधुरा खण्ड समेत पर्दछ ।
भन्ने कुरा समेटनु पर्दछ !
@anilkathmandu भारतीय प्रवक्ताकाे प्रेसमिटमा नेपाल-भारत सीमाका वारेमा साैम्य भनाइ सुन्दा परराष्ट्र मन्त्रालयले तत्काल जवाफ दिन आवश्यक देखियाे र जवाफमा
१.नेपाल सरकार पनि स्थापित सम्यन्त्रकाे माध्यमबाट द्विपक्षीय कुटनैतिक वार्ताद्वारा नै समस्या समाधान खाेज्ने कुरामा पुर्णतया विस्वास राख्दछ तर+
श्रद्धाञ्जली सभा
🕯️💐
अधर्मेण क्षयो नीतः शुद्धवंशो महीपतेः ।
तस्य कर्मणि घोरेऽस्मिन् स्वर्गोऽपि व्यथितोऽभवत् ॥
२०५८ साल जेठ १९ गतेको दुःखद घटनाले मुलुकमा पुर्याएको अपूरणीय क्षतिको २५औं वार्षिकीको सम्झनामा, हामी हाम्रा राजपरिवारका दिवङ्गत सदस्यहरूको पवित्र स्मृतिमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।
मौसूफहरूको आत्माको चिरशान्तिको कामना गर्दै आयोजित यस विशेष स्मृति सभामा दीप प्रज्वलन, पुष्पार्पण तथा प्रार्थनाका लागि यहाँहरूको उपस्थिति हार्दिक आमन्त्रित गर्दछौं।
स्थान: श्री चतुर्व्यूह नारायण मन्दिर परिसर, नारायणहिटी
समय: साँझ ६:३० बजे।
आज जेठ १९, नेपालको इतिहासलाई सधैंका लागि परिवर्तन गरिदिएको दुःखद नारायणहिटी राजदरबार हत्याकाण्ड भएको दिन। यस शोकपूर्ण दिनको सम्झनामा हामी स्वर्गीय राजा वीरेन्द्र र उहाँको परिवारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। उहाँहरूको विनम्रता, सरल जीवनशैली, जनताप्रतिको आत्मीयता र राष्ट्रप्रतिको समर्पण आज पनि धेरै नेपालीहरूको स्मृतिमा जीवित छ। राजा वीरेन्द्रको शान्त, सन्तुलित र जनमुखी नेतृत्वले उहाँलाई जनताको मनमा विशेष स्थान दिलाएको थियो। आजका दिन, हामी राष्ट्रले भोगेको त्यो पीडादायी क्षणलाई स्मरण गर्दै दिवंगत आत्माहरूप्रति उच्च सम्मान प्रकट गर्दछौं र राष्ट्र निर्माणमा उहाँहरूको योगदानलाई कृतज्ञतापूर्वक सम्झन्छौं। उहाँहरूको स्मृति हामी माझ सदैव अमर रहोस्।
Lest we forget,
a generation still remembers a proud, united Nepal under the Crown. Since that dark night, our nation has been bleeding.
Together, we can revive her glory and heal her wounds.
For the fallen. For the living. For generations to come.
Lest We Forget.
Writing in the Hindustan Times, Rastriya Swatantra Party (RSP) Chair Rabi Lamichhane says that "border disputes must not drag on," and suggests resolving them "through a pragmatic, evidence-based dialogue rooted in historical facts and mutual understanding." Furthermore, he stresses the critical need for robust economic collaboration. "We must connect economies, not just borders," he notes, outlining a vision for a Kathmandu-Bengaluru digital corridor, deep cooperation in IT and startup ecosystems, integrated digital payments, and utilizing Nepal’s green hydropower for India's industrial corridors.
सीमाविद् बुद्धिनारायण श्रेष्ठ भन्छन् : लिम्पियाधुरा, कालापानी र सुस्तामा भारतले गरेको जस्तो भूमि अतिक्रमण नेपालले कुनै पनि सीमाक्षेत्रमा गरेको छैन।
https://t.co/XsC2t0Pdfv
लिपुलेक-कालापानी-लिम्पियाधुराको स्वामित्वको कुरा जङ्गे पिलर यताउता सरेको वा दशगजा क्षेत्र थोरै मिचिएको जस्तो मामिला (Border Dispute) होइन, बरु ऐतिहासिक, भौगोलिक र सार्वभौमिकतासँग जोडिएको क्षेत्रीय दाबी (Territorial Claim) हो।
विगतदेखि हालसम्म पनि सरकारी स्तरबाट यसलाई बेलाबखत "सीमा विवाद" भनेर वर्णन गरेको देख्छु, जुन उचित छैन। यसले दाबीको महत्व र प्रभावलाई कमजोर बनाउँछ।
बोलीचालीमा वा मिडिया प्रस्तुतीमा पनि कूटनीतिक भाषामा "कालापानी-लिम्पियाधुरा क्षेत्रीय विवाद" वा "सुगौली सन्धि अनुसारको ऐतिहासिक भू-क्षेत्र दाबी" भन्नु बढी स्पष्ट र बलियो हुन्छ।
नेपालले आफ्नो नक्सालाई संवैधानिक रूपमा बलियो बनाएजस्तै, भाषा र कूटनीतिमा पनि स्पष्टता अपनाउनुपर्छ।
श्रीमान् प्रधानन्यायाधीश मनोज शर्माजी
आफुभन्दा वरिष्ठ ३ न्यायाधीशलाई पन्छाएर प्रधानन्यायाधीश पदमा नियुक्त हुनु भएकोमा सबैभन्दा पहिले शुभकामना दिन चाहन्छु । म आशा गर्छु, आगामी दिनमा हामी सबै भन्न सकौँ-परम्परा तोडेर नेपालमा एक यस्तो मानिसलाई प्रधानन्यायाधीश बनाइयो, जो परम्परा र नियमित ट्र्याक तोडेर पनि प्रधानन्यायाधीश पदमा आसीन गराइन साँच्चिकै योग्य थियो ।
असाधारण तरिका र गतिमा उच्च जिम्मेवारी पाएकाहरूबाट, संविधानले र समाजले त्यतिकै धेरै असाधारण क्षमता, निष्पक्षता, निर्भयता र उदार समभावको अपेक्षा गर्छ ।
तपाईको कार्यकालको समापन हुने बेला आउदा, नेपालको न्यायीक इतिहासले तपाईंमाथी, नियुक्त हुनुअघिको समर्थन–विरोधका आधारमा फैसला नगरोस अपितु गौरव गर्न सकोस भन्ने हार्दिक कामना पनि गर्दछु ।
प्रसंगवश एउटा पूरानो प्रसंग सेयर गर्न चाहन्छु । आज तपाईं जुन आसनमा बस्दै हुनुहुन्छ, त्यहाँ 'केही' कस्ता कस्ता महान न्यायमुर्तिहरु पनि बिराजमान थिए भन्ने प्रेरणाका लागी ।
आज सम्झँदा पनि छक्क पर्छु— पञ्चायतकालको सर्वोच्च अदालतले राजद्रोह लागेको बीपी कोइरालालाई रिहाइको आदेश दिन सक्थ्यो ।
महान् संविधानविद एवं बीपी कोइरालको मुद्दामा पैरवी गरेका श्री गणेशराज शर्माका कालजयी वचन छन् - ‘त्यो शासक के शासक, जसले नियुक्त गरेका न्यायाधीशहरु - भय र प्रभावमा फैसला गररुन ! मलाई जति खुसी र गौरव बीपीको रिहाइमा छ, त्यतिकै गौरव राजाले नियुक्त गरेका ती केही इमानदार, सक्षम र निर्भय न्यायाधीशहरूमा पनि छ, जसले राजद्रोहको अभियोग लागेका अभियुक्तलाई रिहाइको आदेश दिए ।’
यति भनिसकेपछि के थप्नु पर्छ र !
तपाईको नेत्रित्वमा नेपालको सर्वोच्च अदालत र न्याय विश्वास क्षेत्र, सबैले आदर र विश्वास गर्न लायक संस्था बन्न सकोस , हार्दिक शुभकामना व्यक्त गर्छु । सादर,
विजय कुमार
Thank you, Prime Minister jyu. When you don’t clearly explain how you intend to proceed, others will step in to do so - and their narrative may not align with yours. Providing periodic and regular updates on the eviction process would help improve public understanding of the facts on the ground.