प्रधानमन्त्रीदेखि बनपालेसम्म सन्की भएको देशमा नागरिकले कति सास्ती खप्नुपर्छ भनिसाध्य छैन! पदले मानिसलाई झन् विनयशील बनाउनुपर्नेमा यस्तो आतंकी सोच कसरी आउँँछ होला? पदमा छु भनेर अरुलाई दुःख दिनेहरु र आतंककारीहरुमा केही त फरक हुनुपर्छ!कैलाली, गोदावरीको भनिएको यो दृष्यले मनै रुवायो!
‘तपाईंहरूका काण्डबारे हामी अनभिज्ञ हो र? ती पनि खुल्नेछन्।’अब अतिरिक्त माया नगर्नेहरुलाई पनि नछोड्ने भए गोल्डेन दाजुले।
सत्ताको धाकमा यो सरकारी भाषा धम्कीपूर्ण छ। जानकार भए काण्ड खोलनुस न तालाचावी छ त हातमा। यति विधि दम्भ देखाउन किन पर्छ। पिएचीले के गर्नु सोमत फिटिक्कै रहेनछ।
संसद्मा प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने विपक्षी दल अडान
परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ,अहिले प्रधानमन्त्री आउन सक्नुहुन्न-रवि लामिछाने
के प्रधानमन्त्री ज्यूले टाउकोमा कालो मेन्दी लगायर बस्नु भएको हो र? संसद्मा टेक्नै नहुने,स्पष्ट पार्नै नपर्ने,हैन कस्तो उन्नत राजनीति हो।
हामी कति अस्थिर कूटनीतिमा विश्वास गर्छौँ।छिमेकी मित्र राष्ट्रमा हुने उच्चस्तरीय भ्रमणमा स्वागत,सत्कारको अर्थका बारेमा विभिन्न अनुमान गरेर वास्तविकता रणनीतिका बारेमा बहस गर्छौँ।
तर, त्यी सरकारले अवलम्बन गरेका नीति,रणनीतिका अवस्था र अभ्यासका बारेमा विरलै चर्चा हुन्छन्।
#civicsense
नेपाल-भारतको कूटनीतिक इतिहासमा अप्रत्यासित सन्दर्भ।प्रधानमन्त्री बालेनको अभिव्यक्ति र कार्यशैलीबाट सशंकीत भारतले सत्तारुढ दलको सभापतिलाई दिल्ली बोलाएर स्वागत गर्यो तर दिल्लीले निशेष र प्रतिशोधलाई सम्बन्धमा जोड्ने प्रयत्न गरेपनि अप्रत्यक्ष रुपमा नयाँ रणनीतिक कदम सुरुवातको संकेत।
संसद्मा दर्ता विधेयक सच्याउनुपर्यो भने संसद्को स्वीकृति अनिवार्य चाहिने तथा अर्थ मन्त्रालयले आफैँ सच्याउन पाउने कुनै कानुनी व्यवस्था छैन।
विधि र अभ्यास सबै क्रमभंग गर्न उद्यत @SwarnimWagle विद्धान अर्थमन्त्री ज्यूको महत्वकांक्षाले मुलुक कता तिर जादै छ ?
https://t.co/IEKgh6mp2R
गम्भीर आत्ममूल्यांकन आवश्यक देखिन्छ। राष्ट्रको स्वाभिमान कुनै दल, नेता वा सरकारभन्दा माथि हुन्छ। सीमाको प्रश्नमा मौनता होइन, स्पष्टता र दृढता आवश्यक हुन्छ । अचम्म लागेको विषय संसदमा राख्ने होईन प्रमाण जुटाएर समाधान गरियो भन्ने प्रगति विवरण प्रधानमन्त्रीले छिट्टै सुनाउन ।
#riseup
देशको प्रधानमन्त्री सार्वभौम संसदमा उभिएर नेपालले नै भूमि मिचेको विषयमा अचम्म मान्न्दै अभिव्यक्ति दिन्छन्।सांसदहरू ताली बजाउँछन्, दलले त्यसलाई स्वीकार गर्छ, र मिचेको भूमि खोज्दै प्रमाण जुटाउन लाग्छ । कार्यकर्ताहरू खुसी मनाउँछन्।अहिलेको यस्तै दृश्यले एउटा गम्भीर प्रश्न उठाएको छ ।
राष्ट्रियता,सार्वभौमिकता र स्वाभिमान जस्ता विषयमा हाम्रो नयाँ पुस्ताको चेतना कता जाँदैछ? र, मुलुकमा कस्तो मानक बसाल्न उद्दत छ ? जब सीमामाथिको अतिक्रमण चिन्ताको विषय बन्नुपर्थ्यो, त्यही विषय आश्चर्य र तालीको पात्र बन्छ भने राष्ट्रप्रतिको संवेदनशीलता, जिम्मेवारी र आत्मसम्मान बारे+
रास्वपाका नेता-कार्यकर्ता, समर्थक-शुभेच्छुक प्रधानमन्त्रीको सतप्रतिशत गलत अभिव्यक्तिलाई ठीक साबित गर्न यो हद सम्मको हर्कत नगरिदिनुस्।एकदिन मै यसको असर हाम्रो अखण्डतामा कति परि सक्यो, मनन् गर्नुस्। देश भन्दा ठूलो अर्को चीज हुदैन। गलत भन्न सक्नुहुन्न भने मौन वसिदिनुस् । Please!
संवेदनशिल भूराजनीतिक अवस्थितिको मुलुककका प्रधानमन्त्रीले सार्वभौम संसदमा निकै तथ्यहिन जवाफले भारत र चिन छिमेकी मुलुकसंगको सिमा र आन्तरिक मामिलामा कूटनीति सम्बन्ध कसरी अगाडी बढ्ला ?
जनादेशको गणितले मात्र मुलुक चल्दैन।प्रधानमन्त्रीज्यू कूटनीति संवेदनशिलतामा अलि परिपक्व भइदिनुस है।
सरकारी कर्मचारीहरुको तलव वढ्यो।साताको दुई दिन विदा दियो। काम कट्यो। आय अझै बढ्यो।तर सरकारले एउटा कुरा अझै टुङ्गो लागेन।
सरकारको नीति तथा कार्यक्रम, बजेटमा कतै पनि उल्लेख किन गरिएन कर्मचारीले शनिवार/आईतवार कुन दिन ? मटन कि चिकेन के खाने ?
छिट्टै कार्यविधि बनाएर टुङ्गो लागोस। 😅
समाजलाई विचार, दृष्टिकोण र ज्ञानसहित अग्रगतिमा लैजान बुद्धिजीवीले स्थायी प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ । सत्ताको ताबेदारी, दलाली र चाकडी गर्नु बुद्धिजीवी हुनु होइन ।
@JBBiswokarma@ekantipur_com@LetsThinktank
https://t.co/vGGxp3KKUz
बजेटको सार-सेवा भन्दा वितरण, कृषी उद्योग उत्पादन भन्दा प्रविधि तर्फको मोह राख्नु मह काढेर हात चाट्ने कूटिल चाल मात्र हो।
कर्मचारी/सुरक्षाकर्मीतिर नजिकिएको र जनतासंग टाढिएको सरकारको आयू धेरै टाढा हुदैन।ऋण लिएर महत्वकांक्षा राखियो भने दुर्घटनालाई निम्ता दिनु पर्दैन।
गणित समाप्त।
योजनाबद्ध रुपमा नबोल्ने सल्लाह मानिरहनु भएको छ भने भविष्यमा पछुताउनु पर्ने हुन सक्छ । देशको नेतृत्व नबोलेर होईन, बोली मार्फत गरेका बाचाहरु काम शिद्ध गरी विश्वमा नै प्रधावशाली बन्न सक्छ । #RiseUp
देशमा युवा प्रधानमन्त्री हुनुहुन्छ । यस्ता विशेष समारोहमा आममानिसलाई सम्बोधन गरेर मुलुक अब सुशासन र समुन्नति तर्फ अगाडी बढेको आशा, विश्वास र सन्देश दिदा सम्म पनि नेपाली खुशि हुन्छन् तर यहाँ प्रधानमन्त्री ज्यूको मौन व्रतको क्रमभंगता कायम नै छ ।
विश्वले सुन्ने गरि बोल्नुस प्रधानमन्त्री ज्यू अब नेपालको नीति, योजना र कूटनीति स्पष्ट भाषामा निर्धक्क रुपले बताउनुस् । बल्ल युवाको क्षमता, मुलुकको मानक र जनादेशको सम्मान हुन्छ ।