धेरै ठुलो नबन्नु मिल्दोजुल्दो हुनुपर्छ
टोपी र मोजा पनि सँगसँगै धुनुपर्छ
लैनो भैँसी गोठमा सधैं कहाँ हुन्छ र
पञ्चामृतको लागि थारो गाई दुनुपर्छ
धाप ड्यामको पानीले एक तिर्खा मेट्ला
हजार तिर्खा मेट्न बागमती छुनुपर्छ
सधैं पत्थर झै अडिग त नहोला मन
सतिदेवि मर्दा महादेव झै रुनुपर्छ
🙏
अध्ययन, अनुसन्धान, उपयोगिता र प्रतिफलको जाँचबुझ नगरि अरबौँका योजना हरु पहुँचका भरमा हाल्नु साटो क्रिकेट खेल र खेलाडीको बिकासका लागि लगानी गर्न सके क्रिकेट जगतको उल्लेखनीय प्रगति हुन्थ्यो ।
#NEPvsSCOTLAND#T20WorldCup#LastGame#WinnerNepal
मौसम विज्ञानमा 'बटरफ्लाई इफेक्ट' भन्ने एउटा सिद्धान्त छ, जसले भन्छ — संसारको एउटा कुनामा पुतलीले पखेटा हल्लाउँदा हावामा पर्ने प्रभावले अर्को ठाउँमा आँधी ल्याउन सक्छ।
#पहिलोपटक_सुनेको
जो जसले प्रदर्शन गरेपनि त्यसको प्रत्यक्ष असर देश र जनतालाई हो ।
पर्यटक, बिद्यार्थी, व्यवसायी, सेवाग्राही, मजदुर र कर्मचारी लगायत सबै क्षेत्रमा आबद्ध हुने हरुलाइ प्रभावित पार्छ यस्ता प्रदर्शन हरुले ।
खुला ठाउँमा गरे त हुन्थ्यो नि प्रदर्शन ?
मिडियाले सबै माझ पुराइहाल्थ्यो क्यारे ।
जीवन सपनाहरूको तह हुन सक्छ, भ्रमैभ्रमको सयौं तले महल हुन सक्छ ।
के थाहा तिमि त्यहाँ सुत्यौ र यहाँ ब्युझियौ कि?
यहाँ सुतेर कतै अन्तै ब्युझिने हौ कि ?
#ऐठँन
चाइनाको हस्तक्षेपमा कांग्रेस-माओवादी गठबन्धन तोडेर एमालेले-माओवादी लगायतका दलको गठबन्धन बनेको हो ।
छिमेकी हस्तक्षेपले हो नेपालमा सधैं अस्थिरता ।
#निजि_अनुमान
काठमाडौंको ठमले जस्तो व्यस्त गल्ली हरुमा पनि सडक स्तरोन्नति तथा मर्मत कार्य अव्यवस्थित र भद्रगोल हुनेरहेछ । यसको असर कस्तो पर्छ बालेन दाइ लाई त थाहा हुनुपर्ने हो ।
छिटोछरितो माध्यम त टन्नै छन् त? किन आइडिया नआएको होला कसैलाई पनि?
जन्मदिनको असिम सुभकामना प्रिय मन।जीवन जीवन जस्तै रहि रहोस जसरी फुल फुल जस्तै रहन्छन आकाश आकाश जस्तै रहन्छन हिमाल हिमाल जस्तै रहन्छन हो त्यसरी।🎂🌹💕 @nccoolgtm
तिमिलाइ माया गर्छु भन्ने हिम्मत हुनलाई
यहाँ
प्रेमी प्रेमिका जो हुनुपर्छ भन्ने त छैननि मान्छेमा मानवता चाहिन्छ🤞
तर मान्छेमा मानवता मर्दैछ।
प्रेम फैलाऔं सद्भाव बढाऔं।
शुभप्रभात शुभमङ्गलम्🙏🌷☕❣️
कृष्णलाई रुकमिमीले राजपाठ सिकाइन, राधाले प्रेम र त्याग अनि मीराले निष्ठा र समर्पण नारी बिना पुरुष अपुर्ण छ नारी बिना पुरुष कहिल्यै पुर्ण हुँदैन!!
#जय_नारी🙏🙏
कहिले यता कहिले उताको डाँलो
कहिले सासु कहिले बुहारीको पालो
सँघर्ष गरेर नसकिने भोलीको आशमा
तर्न सजिलो काँछ?भवसागरको भंगालो
अतालिएर होइन सम्हालिएर हिड्नुछ है
सुख त क्षणभर लिनुछ दुःखको अंगालो
पृथ्वीधरामा अवतरण पछि बुझिरहदा
जिवन रहेछ भोगाई चेताईहरूको सँगालो
शुभरात्री मिठोनिदरी😍