एमाले के.का. आज आन्तरिक सर्कुलर जारी गर्दै कोभिड-१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गर्न गर्नका सबै कमिटी र जनप्रतिनिधिहरूलाई आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा जुट्न पनि निर्देशन गरिएको छ ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालको अभिन्न भूभाग हो। भारतले गरेको बलमिच्याई रोक्न र नेपाली भुभागमा नेपालको व्यबहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न एमाले सरकारसँग माग गर्दछ।
प्रेस वक्तव्य ।
नेकपा (एमाले) का अध्यक्ष कमरेड केपी शर्मा ओलीबाट पार्टीका सबै जिल्ला अधिवेशनहरूको पुस २३ गते ११ बजे केन्द्रीय कार्यालयको एक्सन रूमबाट भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले आज गृहजिल्ला झापाको दमक-३ मा आयोजित कार्यक्रममा ‘जनता आवास कार्यक्रम’ अन्तर्गत निर्मित ३३ वटा घरको सॉचो बिपन्न दलित परिवारलाई हस्तान्तरण गर्नुभएको छ ।