लौन यो आर् एस् एस् र बिजेपी वाला सरकार कथंकदाचित ढ्ल्यो भने त राजावादीहरुको त बिचल्ली हुन्छ त 😂 दुर्गा प्रसाँइ, टिकाराम पत्रु, ज्ञानेन्द्र शाहि जस्ता "टुलकिट" लाई पनि गार्हो ... कि त अम्रीकाने र अस्ट्रएलियन दलल नारनहरुले फण्डिङ गरीदिनु पर्यो .. के के आईलाग्छ एस्तो 😂
हन दिनदिनै आन्दोलन चर्किंदै गैराछ त भारताँ 🤣🤣🤣 नरेन्द्रे मुजीलाई विष्णुकै अवतार मान्ने, कहिल्यै नेपाली सिमाना कटेर भारत नटेकेका, हाम्रै ट्विटर स्पेसका अजासु "नारन" हरु डिप स्टेटलाई दोष दिन थाले कि थालेनन्?
तर्क र तथ्य सकिएपछि मान्छेहरू चरित्र हत्या र नामकरणमा ओर्लिन्छन्। बालेनलाई 'गँजडी' भन्नु कामको आलोचना होइन, विचार र भिजनको बहसबाट भाग्ने राजनीतिक संस्कारको निरन्तरता मात्र हो।
मान्छेको मूल्याङ्कन उसको विगतका सामान्य अम्मलबाट होइन, उसले आज पाएको जिम्मेवारी कसरी निभाउँदै छ भन्ने कुराबाट हुनुपर्छ। एउटा परिपक्व समाजले व्यक्तिगत विगत र सार्वजनिक कार्यसम्पादनबीचको फरक छुट्ट्याउन सक्नुपर्छ
जिन्दगीमा बालेनको जस्तै औसत अनुभव बटुलेका हामी लाखौँ नागरिक छौँ। यदि युवावस्थामा गाँजा वा रक्सीको स्वाद चाखेकै भरमा 'गँजडी' हुने हो भने, हामी आफैँलाई चाहिँ त्यो उपनाम दिन तयार छौँ त?
गगन थापा, शेरबहादुर देउवा वा केपी ओली जस्ता राजनीतिमा लामो समय बिताएका नेताहरूले उमेरमा के-के गरे होलान्? तर उनीहरूलाई त तिनका अम्मलका आधारमा कसैले उपनाम दिएन। अनि बालेनको हकमा मात्रै यो गाली र ट्याग किन?
यदि युवावस्थाका कुलत र अम्मलकै आधारमा मान्छेको नामकरण गर्ने हो भने, हाम्रा पुराना र शीर्ष नेताहरूमध्ये कति जना 'चोखा' निस्कलान्? उनीहरूको रक्सी र चुरोट चाहिँ 'व्यक्तिगत' अनि बालेनको चाहिँ 'चरित्र'? यस्तो दोहोरो मापदण्ड किन?
मुख्य प्रश्न के हो भने नि 'के उनले जिम्मेवार पदमा बसिसकेपछि गाँजा खाएका छन्? के जिम्मेवारी सम्हाल्दा गाँजाको तालमा तल-माथि केही गरेका छन्? पदको मर्यादा नभुलेसम्म व्यक्तिगत विगतलाई लिएर औँला उठाउनुको पछाडी तर्क के हो ?
मेयर हुनुअघि बालेन पनि अन्य औसत नेपाली युवाझैँ आफ्ना रुचि अनुसार बाँच्ने सामान्य व्यक्ति थिए। विगतको एउटा सामान्य युवावस्था पार गरेर जिम्मेवार पदमा पुगेपछि पनि हिजोको कुरा उछालेर आज 'गँजडी' भन्नु सस्तो पूर्वाग्रह मात्र हो।
उमेर छँदा रक्सी, चुरोट वा गाँजाको अलिअलि अनुभव धेरैजसो औसत युवाले गरेकै हुन्छन्। त्यो उमेरको एउटा सामान्य अनुभवलाई लिएर जीवनभर कसैलाई 'ट्यापे' वा 'गँजडी' को ट्याग भिराइराख्नु कत्तिको न्यायसङ्गत तर्क हो? 🤔
युवावस्था वा किशोरावस्थामा सामाजिक रूपमा वर्जित मानिएका कामको अनुभव नभएको मान्छे सायदै होला। गल्ती र अनुभवबाटै परिपक्वता आउने हो। विगतका सामान्य गल्तीका आधारमा कसैको वर्तमान र क्षमताको न्याय गर्नु कत्तिको जायज होला?
लु , साकार र भिटेनलाई उदाहरण दिएर , 'र्यापर बालेनले पनि गाँजा खान्थे' भन्ने कल्पना गरौँ। अब बालेनलाई 'गँजडी' भन्नेहरूसँग म मेरा केही कुरा राख्न चाहन्छु। 👇👇👇
I don’t believe the protest in India would turn into a big revolution….. the dictatorship runs deep …… if need be, modi & co. would rather go to war with another country or start riots to derail this whole issue … They are good at it .. remember Gujrat? #cjp#Jantarmantar