कहिल्यै पनि पछाडि फर्किने बारे नसोच, अण्डा फुटाएर बाहिर निस्किएको चरा हौ तिमी, फेरि अण्डाभित्र फर्किने चेस्टा नगर । अब गुँडको डिलसम्म आऊ, आफ्ना पखेटामा तागत भर, जब तिमी उड्ने साहस बटुल्छौ तब सारा आकास तिम्रो हुन थाल्छ ।🤗
#अदालत भन्छ:-टोपबहादुर रायमाझीलाई पक्राउ गर्न अनुमति दिईएको छ!
#सरकार भन्छ:-टोपबहादुर रायमाझी फरार भएका छन्।
#टोपबहादुर भन्छन्:-म घरमै छु!छानबिनलाई सहयोग गर्न म प्रहरी समक्ष उपस्थित हुन चाहन्छु।
#प्रहरी भन्छ:-तपाईं फरार सुचिमा हुनुहुन्छ, हामीले तपाईंलाई भेटेका छैनौं।
#कारबाही😌🤣
झुकनीतिकाे आशे र दासे प्रवृत्तिबाट देशको कूटनीति मुक्त हुनुपर्छ । देशले के उपलब्धि पायाे भनी मूल्याङ्कन नगरी कति मान,सेवा,सुविधा दिइयो भन्ने स्वयं प्रशंसा सतही कूटनीतिको उडन्ते चरित्र। भारतीय कांग्रेसको पछि लाग्दा भारतीय क.पा.काे अवसानबाट नेपाली कम्युनिष्ट नेताले सिक्ने कि?
मैले संसदीय समितिको बैठकमा इम्बोड्स नम्बरको चर्को रकम, संविधान अनुसार नेपाली भाषाको प्रयोग, व्यक्ति र देशको सुरक्षा एवं हित, कालो सूचिमा पर्ने कम्पनीलाई ठेक्का जस्ता विषय स्पष्ट नगरी धम्क्याएर जबर्जस्ति गरिए मलाई झ्यालखानामा थुने पनि इम्बोड्स नम्बर राख्दिन भनेको हुँ।सबैले भनौं।
आज नेकपाका महासचिव नेत्र विक्रम चन्द 'विप्लव' र नेता खड्ग विश्वकर्मासंग मेरो घरमा भेटवार्ता भयो। उहाँहरूले राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिनुभयो। देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो।