@gbudhathoki दाई यो मन्दिर पुरानो तर बाटोको छेऊ मै छ। अहिले राजमार्ग बिस्तारको क्रममा भत्काऊन परेको हो। पहिला पनि मिलाएर जोगाऊदै लगिएको थियो। राजमार्गको छेबैमा भए पनि।
@gbudhathoki अति छ दाजु त्यहा। जुन मन्दिरमा टाऊको निहुर्यो उठाऊदा पैसा लिने मान्छे टुप्लुकै। पशुपति मन्दिरका मुल पुजारी बाहेक सबैलाई लखेट्न पर्छ। भक्तजनले स्वबिबेकले दान गर्न मन भए क्षेत्रबिकाश कोषले QR राखोस। त्यहाको लुट तन्त्र देखेर शिबजी नि छक्क पर्दा हुन।
हिजो मलाई एक श्रद्धालुबाट प्राप्त सन्देश जस्ताको त्यस्तै...
एउटा जिज्ञासा, आज पशुपति मन्दिर जाँदा दक्षिण पट्टि रहेको भैरवको मन्दिरमा भगवानको मूर्तिलाई ढोग्न नमिल्ने गरी काठको छेको लगाइएको थियो।
हुन त पहिला पहिला जाँदा पनि देखेको हुँ। त्यहाँकी एउटी दिदीलाई सोधेर मूर्तिमा ढोगेर आइयो। बाहिर निस्कँदा त्यो दिदीले खर्��� नदिने भनेर भन्नुभयो।
त्यो मन्दिरमा पहिलेदेखि बस्ने एकजना दिदी हुनुहुन्छ, उहाँले चाहिँ होइन, अर्को त्यहीँ भएकी दिदीले भनेको कुरा हो यो। एकछिन सोचेँ यस्तो पनि तरिका हुन्छ र?
भगवानलाई पूजा गर्न बार लगाउने अनि पैसा माग्ने! बाहिर आएँ, पशुपति मन्दिर वरिपरिका साना-साना पीठमा आउने भक्तजनलाई त्यहाँको पीठमा ढोगेपछि टीका लगाउन भन्दै बस्ने मानिसहरू थिए।
अनि भक्तजनले त्यहाँ चढाएको पैसा, टीका लगाइदिएबापत दिएको पैसा कहाँ जान्छ होला। आज सोमबार पनि होइन, झन् भीड भएको बेलामा पैसा कति जम्मा हुँदो होला।
त्यो पैसा पशुपति क्षेत्र विकास कोषमा जान्छ कि कहाँ जान्छ? त्यहाँ बसेर पैसा बटुल्ने ती व्यक्तिहरू पशुपति क्षेत्र विकास कोषले खटाएका कर्मचारी हुन् कि को हुन्? यसको खोजीनीति कहाँ गर्ने होला?
यो चाहिँ हेर्नैपर्ने विषय जस्तो लागेर उठाएको हुँ। यो पशुपति क्षेत्र होइन, मुख्य मन्दिरको परिसरभित्रैको कुरा गरेको हुँ। धन्यवाद।
धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्“विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्यो।” वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका “स्लिपर सेल” बने।योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो।यसले प्रणालीप्रति नै जनताको विश्वास क���जोर बनायो।
राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर गरेको होइन। चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्छ।तर अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको छ। त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो ,शिक्षालयमा दलको झण्डा निषेध।कर्मचार���तन्त्रमा दलको झोला निषेध।यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ।अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ।
हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन।कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन।हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून् , कुनै द��को होइन।यो कुनै पार्टीविरुद्धको लडाइँ होइन।यो प्रणाली बचाउने प्रयास हो।यो भविष्य बचाउने प्रयास हो।यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो।शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो।त्यसैले तपाइहरुकै चाहना अनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौ ।
हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाइको साथ चाहिएको छ, विश्वास ���ाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाइहरुकै जनचाहना बमोजीम काम गर्न सरकार मा आएका हौ। तपाइहरु ढुक्क हुनुस, हामि जे गर्छौ आम नेपाली जनताकै हितमा गर्छौ ।