म तिमीलाई प्रेम गर्दिनँ
म तिमीलाई
मेरो अस्तित्वको अन्तिम प्रमाण बनाउँछु।
जब तिमी हाँस्छौ,
म भित्रका सबै युद्धहरू
एउटा शान्त सन्धिमा परिणत हुन्छन्।
अनि जब तिमी चुप हुन्छौ,
म बुझ्छु
मौनता पनि एउटा भाषा हो,
जसलाई केवल म मात्र पढ्न सक्छु।
बर्षामा भिज्न
कति आनंद छ रुझेर हेर
मायालाई सम्झेर
रोएर त हेर
कति मीठो छ प्रेम
एक पाती
चढाएर देउरालीमा
ढुङ्गालाई ढाेग्दा पनि
स्मृतिमा त तिमी नै आउछौ
किनकि
तिमीले मलाई
यही बाटोबाट
सम्हादै लगेका थियौं
तिम्रो मायाको घरमा
नीलो
जुनेली आकाश
तिम्रो छाती
मेरो शिर राख्ने
अनमोल पर्वत
शब्द @Amrita23456
स्मृतिहरू--
त्यही दोबाटोमै रोकिन्छन्,
जहाँ बाटो चुपचाप मोडिएको थियो!
समय बगिसक्यो धेरै,
तर एउटा अघोषित पूर्णविराम
अझै त्यहीँ अल्झिएको छ !
सायद,,,
प्रेमको सौन्दर्य पूर्णतामा होइन,
त्यही कहिल्यै नमेटिने
अधुरोपनको सूक्ष्म स्पन्दनमै बस्दो रहेछ....!!
लाग्छ तिमी साथ हुनुपर्छ
दुई मुटु जोडिएपछि
सम्बन्धले सास लिनुपर्छ
पीडा र दूरी आए
दुवैले बुझ्नुपर्छ
कति झुक्न सकिन्छ झुक्नुपर्छ
माया भनेको साथ हो
मनको विश्वास हो
यो त दुबै बलियो बन्ने आस हो
ताली झैं सम्बन्ध पनि
दुई मुटुको आवाज हो
यत्ति चाही बुझ्नु...
सुगन्ध छैन यो हावा मा तिमी नभएर,
सुर ताल मेरो यो जिन्दगीको लय छैन हेर,
रानि बिना यो राजकुमारको
कथा पनि कथा मय छैन हेर,
सोच्छौं होला उ त दुनियाँ संग मख्ख छ
म त तिमीलाई नै याद गर्न मा व्यस्त हुन्छु
कसैसँग बात गर्न समय छैन हेर😉