के तपाईंको परिवार वा छिमेकमा हात नभएको व्यक्ति हुनुहुन्छ? हुनुहुन्छ भने हामीलाई सम्पर्क गराइदिनु होला । हामी 3D printed चलाउन मिल्ने हात नि:शुल्क प्रदान गर्नेछौ । detail का लागि अफिस समयमा सम्पर्क गर्नु होला । फोन 01-4562766
e -Nebal Nepal
कृपया RT गरेर सहयोग गरिदिनु होला ।
तिमी तड्पिरहेकी छौ
उसका लागि,
जसले तिमीलाई कहिल्यै बुझेन
तिमी खोजिरहेकी छौ उसलाई,
जो तिमीसँग भएरपनि
तिम्रो कहिल्यै बनेन
तिमी किन रोइरहेकी छौ
उसको लागि,
जो तिमीलाई गुमाउँदा
एकछिन पनि पछुताएन?
अरूलाई माया गर,
तर आफैलाई बिर्सेर होइन
अरूको खुसीमा रमाउ,
तर आफ्नै अस्तित्व हराएर होइन।
तपाईँले कुभलो नचिताए पनि, नराम्रो गर्न नचाहे पनि कतिपय मान्छेले तपाईँबारे त्यही सोच्छन् जे उनीहरू सोच्न चाहन्छ, जे उनीहरूको मुताबिक ठीक लाग्छ। त्यसैले राम्रो गर्नुहोस्, तर स्पष्टीकरणमा आफ्नो अमूल्य समय खेर नफाल्नुहोस्।
-वैशाख २९
ऊ जस्तै किन हुननुपर्यो ? म जस्तै किन हुनुपर्यो ? त्यो जस्तै किन हुनुपर्यो ?तिमी तिमीजस्तै भए भैगो नि । हरेक मान्छे आफ्नै दिमाग,आफ्नै मुटु कलेजो,आफ्नै आन्द्राभुँडी लिएर आएको छ । न जन्मिँदा कसैलाई सोधेर जन्मिइयो, न मर्दा कसैको अनुमति लिएर मर्ने हो । आफ्नै लयमा बाचौँ सक्किगो नि !