अब जोखिमपुर्ण दुखदायी पत्रकारिता प��शा छाडने हो । सहकारी खोलेर कुस्त ठगी गर्ने हो र निम्न मध्यम बर्गीयबाट आफुलाई धनीमा रुपान्तरित गराउने हो । आखिर ठगी गरे पनि सरकारले कारबाही नगरि पिडितहरुको पैसा राज्यकोषबाटै फिर्ता गरिदिइहाल्ने रहेछ मौका किन गुमाउनु ?
किन नदिने सेनाका अवकासप्राप्तलाई निजामती नेतृत्व ?
सेनाका सेवानिवृत्त अधिकारीलाई सार्वजनिक जिम्मेवारी दिन थालिएका समाचार सोसल मिडिया र सञ्चारमाध्यममा देखिरहेको छु । ती समाचार सत्य हुन�� कि होइनन् मलाई थाह छैन । नहुन पनि सक्छन् । तर, समाचार साँच्चिकै सत्य हुन् भने यो एउटा दुखद् सुरुआत हो ।
सार्वजनिक क्षेत्र व्यवस्थापनमा काम गरेको मेरो अनुभवले के भन्छ भने अवकाशप्राप्त सेनालाई निजामती वा सार्वजनिक जिम्मेवारी दिने अभ्यासले सैन्य मानसिकताको विस्तारीकरण गर्छ; नागरिकप्रति जवाफदेही हुनुपर्ने सार्वजनिक निकाय वा अंगहरूलाई नियन्त्रणमुखी, अपारदर्शी र अप्रभावकारी बनाउँछ; �� राज्य र नागरिकबिचको दूरी थप गहिरो बनाउँछ ।
सेनाको बर्चस्व उच्च रहेका नेपालका केही छिमेकी देशमा गैरसैन्य संस्थाहरूको नेतृत्वदेखि लिएर सरकारका विभिन्न तहका मन्त्रालयको नेतृत्वसमेत सेवानिवृत्त सेनाका अधिकारीलाई दिने अभ्यास छ । यस्ता अभ्यासले सार्वजनिक सेवामा कार्यरत गैरसैनिक कर्मचारीको आत्मबल घटाएको मात्र होइन सार्वजनिक क्षेत्रलाई अनावश्यक रूपमा rigid बनाएका छन् र सरकारलाई अव्यवहारिक ।
सेवा निवृत्त सेनाका अधिकारीलाई सार्वजनिक संस्थाको नेतृत्व जिम्मा लगाउने अभ्यास अर्थराजनीतिमा सम्भ्रान्त वर्गको बर्चस्वलाई निरन्तरता दिने प्रमुख माध्यम बनेको केही देशका अनुभवले देखाएका छन् । समाजको अभिजात तथा सम्भ्रान्त वर्गबाट सेनाको उच्च तहमा पुगेका व्यक्तिले अवकास पाएपछि सार्वजनिक नीति बनाउने वा तिनको कार्यान्यन गर्ने जिम्मेवारी पाउँदा आफ्नै वर्गको हित संरक्षणका लागि काम गर्नु स्वाभाविक हो । यस्तो अभ्यासले सुधारका प्रयासहरूलाई निस्तेज गर्छ र समाजमा विद्यमान असमानता र विभेदको संरक्षण गर्छ ।
सेनाको अनुशासनलाई बढाइचढाईं गर्ने र यस्तो अनुशासन निजामति सेवामा पनि चाहिन्छ भन्ने तर्क किन आधारभूत रूपमा गलत छ भने सेना युद्ध वा आपतकालिन अवस्थाका लागि निर्माण गरिने शक्ति हो । समाजलाई खूलापन, सिर्जनात्मकता, लचक र बहुआयामिकता चाहिन्छ -सेनाको जस्तो अनुशासन होइन । समाज अनुशासन �� नियन्त्रणको सिद्धान्तबाट चल्नुपर्छ भन्ने आशय स्वयंमा निरङ्कुशताको मोहबाहेक केही होइन ।
नेपाली सेनामा प्रशस्त समस्या विद्यमान छन् -जसका बारेमा खूला र इमानदार भएर सोच्न आवश्यक छ । नेपालको संविधानलाई मान्ने हो भने सेना सरकारभन्दा माथिको स्वायत्त निकाय होइन -राज्यका विभिन्न निकायमध्ये एक हो । तर, नेपालको सेना नागरिक अधिनमा ल्याउने काम अधुरो नै छ । यसका केही संकेत भर्खरैको जेनजी आन्द��लनका क्रममा पनि सहतमा आएका छन् । सेनाको आकार र जिम्मेवारीमा सुधार आवश्यक छ । नेपाली सेना पारदर्शी छैन । सेनाका अधिकारीहरूमा अहिलेपनि निरङ्कुशताप्रति र अनिर्वाचित क्रुर शासकप्रतिको मायामोह कायम छ । यस्तो संस्थाबाट प्रशिक्षित अधिकारीहरू बृहत् समाजका लागि आदर्श बन्न सक्दैनन् ।
मेरो आसय सेनामा काम गर्ने मानिस स्वतः अयोग्य हुन्छन् वा हुनुपर्छ भन्ने होइन । तिनले समाजका विभिन्न क्षेत्रमा योगदान दिन सक्छन् । सेवानिवृत्त सेनाको जनशक्तिको कसरी उचित उपयोग गर्ने यसबारे नीति वा कार्यक्रम बनाउन सकिन्छ । तर, सेनाका अवकाशप्राप्त अधिकारीलाई सार्वजनिक क्षेत्र हाँक्ने नेतृत्वदायी जिम्मेवारी दिनु घातक हुनेछ ।
अहिलेको सरकार र सेनाबिचका सम्बन्धका बारेमा मानिसहरूमा विभिन्न शंका उपशंका विद्यमान छन् । यही बिचमा सेनालाई जानीनजानी आवश्यकता भन्दा बढी भूमिका दिने निर्णयले ती शंका-उपशंकामा बल पुग्नेछ ।
यदि सरकारले रणनीतिक रूपमा नै सेनाको भूमिका बढाउन खोजेको हो भने त यसलाई निरङ्कुशतातर्फको मुर्खतापूर्ण यात्रा नभनेर के भन्ने ?
If you’re a communist in the belly of the beast of US imperialism, you have one duty that stands before all others: defend countries that are attacked and coerced by your own imperialist government without joining the chorus of demonization and false equivalencies against them.
दुईवटा गैरसैन्य संस्थाहरुमा बन्दुक र जंगी अड्डाको बुट छिरेको कुरा बिहान मात्र के गरिएको थियो,तेस्रो पात्र पनि तयारी अवस्थामै रहेछन
शक्ति पृथकि��रणको सिद्दान्तबारे सोच्दै दिनभरको न्यायालयकाका कर्मचारीहरुको चर्तिकला हेर्दैगर्दा खोइ किन हो, मधुरो गरि न्यायपालिकामा पनि कतै बन्दुक...
हाम्रा सार्वजनिक गैरसैन्य संस्था���रुको सैन्यकरण कसरी भइरहेको छभन्ने दुइटा उदाहरण हेरौं।
पहिलो-
पूर्वाधार विकास मन्त्रालय मातहतको अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समिति अध्यक्ष पदमा डा. आनन्द सिंह भाट नियुक्त भएका छन्। उनी नेपाली सेनाको पूर्व कर्णेल हुन्।
I have a theory that ethanol blending, deforestation, data centers, climate crisis, ground water crisis is being promoted so that government can tax water in the future
तपाईजस्तै 'वर्चश्वशाली' समूहको सेवामा, देशका सबैभन्दा पिंधमा भएका, निमुखाको बिरूद्ध एउअता प्रतिगामी लेख लेखेर लोकप्रियता त पाईसक्नुभयो !
तर तपाईले भनेजस्तै पोल्यो कि पोलेन चै सोध्न मन थियो !