नेपाल र बाङ्ग्लादेशबीच ३ वटा टी२०आई खेलको क्रिकेट शृङ्खला हुने भएको छ।
उक्त खेल सन् २०२७ को मार्च २६, २८ र ३० तारिखमा काठमान्डूको कीर्तिपुर क्रिकेट रङ्गशालामा हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ।
नेपालले वेस्ट इन्डिजपछि टेस्ट राष्ट्रसँग द्विपक्षीय शृङ्खला खेल्न लागेको यो दोस्रो पटक हो।
नेपाल क्रिकेट सङ्घका व्यवस्थापक विनोद दासले लामो समयको प्रयासपछि बाङ्ग्लादेश क्रिकेट बोर्डले नेपालसँग खेल्न समय निकाल्न सकेको बताए।
उक्त शृङ्खलालाई नेपालमा हालै रसुवामा आएको बाढीमा ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमाति समर्पित गरिने क्यानले जनाएको छ।
#BBCNepali #NepalCricket #T20I
दक्षिण एशियाको सबैभन्दा ठूलो खेल महोत्सव 'साग गेम्स' को १४औँ संस्करण पाकिस्तानमा हुने भएको छ।
आगामी चैत २० देखि २८ सम्म 'साग गेम्स' गर्ने निर्णय भएको नेपाल ओलिम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले जानकारी दिएका छन्।
#BBCNepali#SAGGames2027#SouthAsianGames
लेगस्पिनर सन्दीप लामिछाने पुन: एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटतर्फ नेपाली टोलीको कप्तान नियुक्त भएका छन्।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै मलेशियामा हुन लागेको एसीसी प्रिमिअर कपदेखि लागु हुने गरी सन्दीपलाई कप्तानीको जिम्मेवारी दिइएको जनाएको हो।
पछिल्लो समय रोहित पौडेलको कप्तानीमा नेपाली टोलीले एकपछि अर्को एकदिवसीय प्रतिस्पर्धामा असफलता हात पारेपछि कप्तान परिवर्तन गर्नुपर्ने आवाज उठ्न थालेको थियो।
यसै बेला आगामी अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म मलेशियामा हुन लागेको प्रिमिअर कपबाट सन्दीपलाई कप्तान दिइएको हो।
सन्दीप यसअघि सन् २०२२ मा पहिलो पटक कप्तान भएका थिए। उनको कप्तानीमा नेपालले १४ ओडीआई खेलेको थियो। तीमध्ये ४ खेलमा जित, ९ हार र एक खेल नतिजाविहीन भएको थियो।
क्यानले पछिल्लो समय ओडीआई र टी२० मा छुट्टाछुट्टै कप्तान राख्ने चलन शुरु गरेको छ। टी२० को कप्तानी भने दीपेन्द्रसिंह ऐरीले गर्दै आएका छन्।
सन्दीपको काँधमा अब नेपालको ओडीआई मान्यता जोगाउने चुनौती हुने छ। आईसीसी विश्वकप लीग २ मा नेपाल अहिले सातौं स्थानमा झरेको छ।
#BBCNepali #SandeepLamichhane #NepalCricket
भारतीय क्रिकेटको 'ए' टोली नेपाल भ्रमणमा आउने भएको छ।
भारतीय टोली नेपाल आउन लागेको यो पहिलो पटक हो।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै भारत 'ए' र नेपाली राष्ट्रिय टोलीबिच तीन खेलको टी२० शृङ्खला आयोजना हुने तय भएको जनाएको छ। उक्त शृङ्खला आगामी डिसेम्बरको ९, ११ र १३ तारिखमा हुने छ।
स्कटल्यान्डमा हालै सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सम्मेलनका बेला क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट विकास बोर्ड (बीसीसीआई)का सचिव देवजित सैकियाबीच भएको छलफलपछि उक्त टी२० शृङ्खला खेल्ने निर्णय भएको हो।
क्यानले यसअघि पनि पटकपटक भारतीय टोलीलाई नेपाल ल्याउने पहल गर्दै आएको थियो।
#BBCNepali #NepalCricket #IndiaCricket
भारतीय क्रिकेटको 'ए' टोली नेपाल भ्रमणमा आउने भएको छ।
भारतीय टोली नेपाल आउन लागेको यो पहिलो पटक हो।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै भारत 'ए' र नेपाली राष्ट्रिय टोलीबिच तीन खेलको टी२० शृङ्खला आयोजना हुने तय भएको जनाएको छ। उक्त शृङ्खला आगामी डिसेम्बरको ९, ११ र १३ तारिखमा हुने छ।
स्कटल्यान्डमा हालै सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सम्मेलनका बेला क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट विकास बोर्ड (बीसीसीआई)का सचिव देवजित सैकियाबीच भएको छलफलपछि उक्त टी२० शृङ्खला खेल्ने निर्णय भएको हो।
क्यानले यसअघि पनि पटकपटक भारतीय टोलीलाई नेपाल ल्याउने पहल गर्दै आएको थियो।
#BBCNepali #NepalCricket #IndiaCricket
नेपाल सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा खेलकुद क्षेत्रको लागि रु ४ अर्ब ३ करोडको बजेट विनियोजन गरेको छ।
बजेटमा खेलकुद पूर्वाधार निर्माणमा विशेष जोड दिएको छ।
यसअन्तर्गत पाँच वर्षभित्र प्रमुख ८ सहरमा आधुनिक क्रिकेट रङ्गशाला निर्माण गर्ने जनाएको छ।
त्यसै गरी देशको १० फुटबल रङ्गशालामा ८,०० दर्शक क्षमताको मैदानमा फ्लडलाइटसहित स्तरोन्नति गर्ने घोषणा गरेको छ । यो तीन वर्षभित्र गरिने छ।
त्यसै गरी विराटनगर, काठमाण्डू, सुर्खेत, बुटवल, लहान, पोखरा र धनगढीको फाप्लामा २,००० दर्शक क्षमताको 'इन्डोर मल्टिपल कभर्ड हल' आगामी तीन वर्षभित्र बनाउने घोषणा गरिएको छ ।
मूलपानी क्रिकेट रङ्गशाला तथा अक्याडमी, गिरिजाप्रसाद क्रिकेट रङ्गशाला र कैलालीको फाप्लाको लागि डिजाइन पुनरवलोकन गरी लगानी मोडालिटी तयार गरिने छ।
त्यस्तै कर्णालीमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुद र मधेश प्रदेशमा हुने ११ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्टाइएको छ।
त्यसै गरी खेलकुदमा विशेष रुचि र क्षमता भएका विद्यार्थीलाई विद्यालयको आधारभूत तहदेखि छनोट गरी आवासीय सुविधासहित तालिम दिने व्यवस्था गर्ने जनाएको छ।
अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाश प्राप्त खेलाडीलाई आजीवन निःशुल्क स्वास्थ्योपचार गर्ने घोषणा भएको छ ।
पदक जित्ने खेलाडीलाई अवकाश जीवनपछि सम्मानजनक जीवन जिउन सक्ने गरी आजीवन निःशुल्क स्वास्थ्यसेवाको व्यवस्था गर्ने बताइएको छ।
#BBCNepali #Sports #NepalBudget #SwarnimWagle
आगामी साता काठमाण्डूमा सुरु हुने तय भएका विश्वकप क्रिकेट लीग २ अन्तर्गतका खेलहरू अनिश्चितकालका लागि स्थगित भएका छन्।
आगामी मङ्गलवारदेखि नेपाल, ओमान र यूएईबीच काठमाण्डूमा खेल हुने तय भएको थियो।
तर मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका कारण अर्को सूचना नभएसम्मका लागि खेल स्थगित गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ।
आगामी दिनमा थप परामर्श गरेर मिति तय गरिने क्यानले जनाएको छ।
#BBCNepali #NepalCricket #CWCL2
सन् १९३६को बर्लिन ओलिम्पिक्समा प्रयोग गरिएको डिजाइन भएको टीशर्टलाई आफ्नो अनलाइन शपमा बिक्रीका लागि राख्दा अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटी आलोचित बनेको छ
#BBCNepali#Olympics#History