म स्पष्ट छु, साझाबाहेक सार्वजनिक यातायातका ९०-९५ प्रतिशत ड्राइभर, खलासी गुण्डागर्दी गर्छन् । यात्रुलाई दुर्व्यवहार र अपमान गर्छन् । त्यस्तालाई गाडी चलाउन दिनै हुँदैन, दुर्भाग्य त्यस्तैले गाडी चलाउँछन् । अनियन्त्रित हर्न, ट्राफिक नियमको उल्लंघन निकै धेरै छ, ट्राफिक कठोर हुनैपर्छ !
अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला? १ हप्ता? २ हप्ता ? ३ हप्ता ?त्यस्तो के आपत्काल लागेको थियो र १-२ हप्तापनि कुर्न नसकिने?यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ,नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ। यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो।यो तत्काल फिर्ता हुनपर्छ।
@kedarsubedi DIG भएर पुलिस चौकि घुम्दा जस्तो चाकडी खोजेछ लठ्ठकले ! पुलिसको सबभन्दा गतिलो भनेको हकिम त यस्तो छ ! बिचरा पुलिसलाई कति दुख होला ! यस्तै हाकिमको रिस सर्वसाधारण लाई पोख्छन पुलिसले ! बरा ! !
कर्मथलो भाटभटेनी जलेको छ, घर बसीबसी तेही भाटभटेनीले तलव खुवाको छ, जलेर उठ्दै गरेको भाटभटेनीमा फर्केर जागिर खाईराखेको छ, भोट कसलाई हालेउ भनेर सोद्धा भन्छन घण्टीमा !
जसले राष्ट्रिय झण्डा ओडेर सारा भटभटेनी पोलेर, लुटेर ध्वस्त पार्यो त्यो नचिन्ने एती निकृष्ट मतदाता जनता हौँ हामी😡
वि. संं. २००७ सालमा पहिलो पटक नेपालमा प्रजातन्त्रको प्रादुर्भाव हुनेबित्तिकै ३७ बर्षको उमेरमा नेपाली राजनीति, समाज र साहित्यका धुरन्धर चिन्तक तथा विचारक बि.पी. कोइराला प्रथम गृहमन्त्री भएका थिए। कोइराला गृहमन्त्री बनेको ७५ बर्षपछि लगभग सोही उमेरमा सुदन गुरुङ्ग नेपालका गृहमन्त्री भए।
उनी किन, कसरी र केको आधारमा गृहमन्त्री भए भन्ने कुरा प्रम बालेन्द्र शाह, सभापति रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीलाई थाहा होला। तर उनी गृहमन्त्री बन्नेबित्तिकै नेपालको राज्य प्रणाली यहाँभन्दा तल खस्न सक्ने कुनै ठाउँ छैन भन्ने कुरा गुरुङ्गका आन्दोलनताका अभिव्यक्ति, व्यवहार, क्षमता र संलग्नताले देखाईसकेको थियो।
आजभन्दा ७५ बर्ष अगाडि गृहमन्त्रीको रुपमा मुलुकले पाएको बी. पी. को व्यक्तित्व र आज ७५ बर्षपछि मुलुकले पाएको गृहमन्त्रीको व्यक्तित्वको तुलना गर्दा यो राज्य, समाज र राजनीतिको चरम पतन मात्र होइन, महापतनको अन्तिम बिन्दु हो। सुदन गुरुङ्ग र उनको नैतिकतामाथि बहस गर्नु बेकारको समय बर्बादी मात्र हो।
७५ बर्षमा हामी नेपाली खस्न सक्ने जति रसातलको भड्खालोमा पुग्न सफल भएकोमा हार्दिक बधाई!
एउटा चाउचाउको पोकमा दुई रुपैयाँ बढी लियो भनेर दोबाटोमा ताण्डव नृत्य देखाउने आशिका तामाङले पनि भाका फेर्न थालिछन्। मलेखुको माछा पसल मात्र होइन, मन्त्री ज्यूहरूको करोडौँका सुन, गाडी र जग्गा पनि सफा हुनुपर्छ, म्याडम।
आजका मिडिया र सामाजिक सन्जाल हेर्दा रमाईलो भो। देश लंका बनिसकेछ,डाँडाभरी लाली गुराँस फुल्ने बेलामा मन्त्रीहरुको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ।सम्वृद्दी आएछ -सुशासन त्यहिबाट आरम्भ भै हाल्छ।म झनै खुसी किन कि जहाँ कङ्गाल त्यहि चण्डाल भन्थे,त्यो दुर भएछ-झिक्कै झिक्कै मया तम्लाई!
स्कुल ड्रेसमा भएकालाई पुलिसले गोलि चलाउँदैन भन्दै TOB को अघि अघि front line मा मानव ढाल बनाउनचैं कुन कानुन अन्तर्गत बोलाएका थियेउ साना साना नानीहरुलाई ?
विदेशतिर बच्चाहरुलाई कसरी खाने, सरसफाई गर्ने, अनुशासित हुने, माया गर्ने, पब्लिक प्रोप्रटीको महत्व सिकाउने गर्छन | हाम्रोमा बाऊ आमाले “पुराना नेता बिरुद्ध बिष ओकल्न सिकाएर” भिड़ियो बनाई पोस्ट गर्छन | यिनलाई सागरमाथा चढेको भन्दा ज्यादा घमण्ड हुदो रच अझ | 😁
2061 माघ 19 मा ज्ञानेन्द्रले सत्ता कब्जा गर्दा जनताले दलहरुको बिरोध ग्क्र्ण सडकमा उत्रिने आह्वान रत्तिभर सुनेनन् र चिप्ला चिप्ला आस्वासन दिएका ज्ञानेन्द्रको पूर्ण समर्थन गरेका थिए !