अन्ततः त्रिवि भिसी बराल सरले राजीनामा दिनुभयो
बराल सर त्रिवि उपकुलपति नियुक्त हुनु भएको केही समयपछि मैले शिक्षा मन्त्रालय सम्हाल्ने अवसर पाएकी थिएँ। उच्च शिक्षामा राजनैतिक हस्तक्षेप हुन नदिने भन्ने बारे हाम्रो एजेण्डा एउटै थियो। आफ्ना केही कुरा यहा राखेकी छु।
यदि म गलत छु भने, प्रधानमन्त्री ज्यु, तपाईं अहिले देश भरिका विश्वविद्यालयको कुलपति हुनुहुन्छ – देखाइदिनुस्, तपाईंले चाहेको उच्च शिक्षा कस्तो हो, तपाईंले युवाहरूलाई रोजगारमूलक शिक्षा कसरी दिनुहुन्छ, कस्तो सपना देखाउन चाहनुहुन्छ। आजसम्मको परिणाम हामीले देखिसकेका छौँ। अझै पनि तपाईंसँग साढे दुई वर्षको समय छ, मलाई गलत पुष्टि गरेर देखाइदिनुस्।
Get your dirty hands out of the education sector. #nopoliticsineducation
कुखुरा राख्ने गाडीमा कोचेर लग्या थिए हौ, तेसरी कुखुराको गाडीमा जाने "Burn victim" हरुनि कुनै पार्टीकै समर्थकनै त थिए होला, तेसैले जस्को झोला बोकेनि यति बुज्नु तपाइको हाम्रो औकात भनेको कुखुराको खोरमा बसेर जाने नै हो, हाम्रो करले हेलिकप्टर चढने सरहरु छदै छ्न।
शान्दार मोमो पसलमा आगो लागेर लगिएको बिरामीलाई लगेको पारा र आज नेताज्युलाई लगेको पाराले नै थाहा हुन्छ तपाईं हामी र वाहा हरु बिचको भिन्न्ता। सम्स्या यी नामको भि आइ पि हरुलाइ गरिने ब्यवहारमा भन्दानि एउटा तपाईं हामीहरु लाई गरिने ब्यवहार प्रती हो।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी साथीहरू मलाई निरन्तर फोन/इमेल गरिरहनुभएको छ। अझै परीक्षाको समय निश्चित भएको छैन। आज भोली हुने भनिएका प्रवेश परीक्षाहरू फेरि स्थगित भएका छन्। विद्यार्थीहरू अब केही हुँदैन भन्ने निराशामा छन्। 'सदनमा बोले पनि केही हुँदैन? अब विकल्प के हो?' भनेर पीडित विद्यार्थीहरू सोधिरहेका छन्।
परीक्षा ढिलो हुनुमा सत्तारुढ काँग्रेस-एमालेकै विद्यार्थी संघठनहरूको झगडा मुख्य कारण बनेको छ। कसैले पनि यो समस्याको समाधान गर्न चाहँदैन किनभने यसले उनीहरूको ‘भविष्यको राजनीतिक सम्भावना’ अर्थात् ‘गुण्डागर्दी’लाई निस्तेज गर्नेछ। भोली प्रोफेसर पिट्न र विद्यार्थीलाई चिट चोराउन होस् या असुली गर्न तिनै विद्यार्थी सङ्गठन चाहिन्छन्।
कोलम्बिया विश्वविद्यालयमा प्रवचन दिँदै हाम्रा प्रधानमन्त्री भन्नुहुन्छ, 'विश्वविद्यालय ज्ञानको मन्दिर हो।' कसैले सोधौँ न हो - किन हाम्रा प्रधानमन्त्रीज्यू अमेरिकामा हुँदा मात्र विश्वविद्यालयलाई ज्ञानको मन्दिरको रूपमा देख्नुहुन्छ? किन नेपालीका छोराछोरी पढ्ने नेपालका विश्वविद्यालयलाई राजनीतिक खेल मैदान बनाउनुहुन्छ? किन विश्वविद्यालयमा राजनीतिक भागबन्डामा आफ्ना आसेपासेहरूलाई नियुक्त गर्नुहुन्छ? किन कलेजलाई ब्यारेक जस्तो बनाएर विद्यार्थीलाई कार्यकर्ता बनाउनुहुन्छ? किन हो यो दोहोरो चरित्र?? प्रधानमन्त्रीज्यूको पाखण्ड र दोहोरो चरित्र छर्लङ्ग छ।
प्रधानमन्त्रीज्यू ! तपाईँले विद्यार्थीको पढ्न पाउने हक बन्धक राखेर कृषि औद्योगिकीकरण गर्न सक्नुहुन्न है। न त तपाईँले विद्यार्थी-विद्यार्थीबिच घृणा फैलाएर विश्वविद्यालयलाई ज्ञानको मन्दिर बनाउन सक्नुहुन्छ। खोजेको के हो? के तपाईँ आफ्ना विद्यार्थीहरूका समस्याप्रति चासो राखेर समाधान गर्न सक्नुहुन्न? की समाधान चाहनुहुन्न?
शिक्षामन्त्री र गृहमन्त्रीलाई पनि मेरो प्रश्न: विद्यार्थी-विद्यार्थी लडाइराख्नु, पढ्ने-पढाउने माहौल बनाउनुपर्दैन भन्ने प्रधानमन्त्रीको आदेश नै छ कि, तपाईँहरूलाई पनि बालै मतलब नभाको हो?
त्रिविमा पनि दुई तिहाई सरकार छ - एउटा विद्यार्थी सङ्घ र अर्को प्राध्यापक सङ्घ। अनि सबै सङ्घले पाएको छ संघीय सरकारका दुई तिहाईको बहुमतले सरकार बनाएका ठुला दलका आशीर्वाद।
त्रिविमा पदाधिकारीले असुरक्षा महसुस गरेको, सरस्वती क्याम्पसमा अध्यापकमाथि भएको कुटपिट, समाजशास्त्री प्राध्यापक प्रेम चलाउने माथि घातक प्रहार गर्ने, राजनैतिक फाइदाका लागि विश्वविद्यालयलाई खाने भाँडो, कार्यकर्ता पाल्ने भाँडो - सबै गर्ने औजार हो राजनैतिक भातृ संगठन!
दुई तिहाईको सरकारले के दियो? स्थायीत्व कता गयो? गुण्डाहरुको मनोबल किन बढेको? विधिको शासन कता गयो? कसको आडमा? कसको प्रशयमा?
अनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको सुरक्षाको माग छ, जनतासँग - बहस चलोस् भनेर रे। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले सुरक्षा व्यवस्था सहित उच्च मनोवलका साथ पदाधिकारीहरुलाई काम गर्ने वातावरण बनाउने कि जनता गुहार्ने? दशकौंदेखि आफै विश्वविद्यालयमा चरम राजनीतिकरण गर्ने, अपराधिक राजनीतिको सम्रक्षण गर्ने अनि जनता गुहार्ने? अब के जनताले राजनैतिक प्रशय पाएका गुण्डासँग भिड्न आउनुपर्ने हो?
वास्तवमा, काम गर्यो भने सकिन्छ। उदाहरण थुप्रै छन्। अहिलेको दुई तिहाईको सरकारका मन्त्रीलाई किन यस्तो आनाकानी? समस्या समाधान गर्नु छैन भन्ने बुझ्नु पर्ने हो?
यसै विषयमा मैले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिज्यूलाई आकस्मिक बैठक बोलाउन अनुरोध गरेकी छु। दलीय राजनीतिमुक्त शिक्षा क्षेत्र बनाउनुहोस्। देशले यो भन्दा बढी कति गुमाउन पर्ने हो? अझै कति पुस्ताले यो हविगत बेहोर्नु पर्ने हो?
No ‘if’ no ‘but’
दलीय राजनीति शिक्षा क्षेत्रबाट CUT!
विदेशमा पढ्न वा रोजगारीका लागि कोही पनि नगएको परिवार खोज्न कतिको सहज छ ? पक्कै छैन । अवस्था कस्तो छ भने नागरिकतामा उमेर बढाएर किशोर/किशोरीहरू विदेशिदैँछन् भन्ने सुन्दा नपत्याउने आधार छैन । साह्रै ठूलो संख्यामा युवाहरू विदेशमा छन् ।
आफ्नो गच्छेले सकेको ठाउँमा पुगेका हुन्छौँ । विदेशमा सहजताका लागि लामो समयको भिसा, पिआर वा नागरिकता जस्ता कागजात लिएका हुन सक्छन् । विदेशमा प्रेम होला, बिहे होला ।
कतिले विदेश पुगे पछि मात्र नेपाली समाजको गुणहरू बुझ्छन्, आफ्नो जरा नेपालमा भएको महसुस गर्छन् । विभिन्न कारणले विदेश पुगेकाहरू धेरैको मनमा परिस्थिति मिले नेपाल नै फर्किएर यहाँ नै सम्वृद्ध र सहज जीवन जिउने चाहना हुन्छ । स्वयम् नेपाल राज्यले नै त्यस्ता मानिसहरू नेपाल भित्र्याउने सोच राखेको नीतिहरू भेटिन्छन् । ब्रेन गेन, एनआरएनको नागरिकता जस्ता कार्यक्रमहरू त्यसकै लागि हुन् ।
तर, जब त्यस्ता मानिसहरू नेपाल फर्किन्छन्, फर्किदा पैसा बाहेक सबै कुराले रित्तो भएर आउन् भन्ने यहाँ राजनीतिमा जमेर बसेकाहरूलाई लाग्दो रहेछ । यहाँ आएर राजनीतितिर नहेरून्, उनीहरूको शक्ति र बर्षौँदेखि जमाएर गरिरहेको राजनीतिक पेसामा प्रतिष्पर्धा नबढाउन्, उनीहरूको हो मा हो भन्ने कार्यकर्ता बनून् भन्ने अभिष्ट राख्दा रहेछन् । यो "तँ बसेर आएको देश हो र नेपाल पो हो" भनेर हरेक कुरामा सम्झौता गरोस् भन्ने अपेक्षा हुदोरहेछ। कर्मचारीतन्त्र र यहाँका पेशाकर्मीहरू पनि विदेशमा पढेकाहरूलाई प्रतिस्पर्धी मात्र देख्दारहेछन्, ऐले पौडिरहेको सानो पोखरीमा आफ्नो कब्जा रहिरहोस् भन्ने ध्येय हुनेरहेछ, उनीहरुको सीप र लगनले पोखरी नै ठूलो हुन सक्ने देख्दैनन् ।
महिलालाई हेर्ने मानसिकता विकराल छ र झनै बढी प्रहार हुने रहेछ । "समाजको नियम" भनेर के लगाउने, के बोल्ने हरेक कुरामा लक्ष्मण रेखा कोरिदिने र त्यहीभित्र बसोस् भन्ने सोच हुनेरहेछ, यहि भएर होला प्रायः हाम्रा बहिनी छोरी विदेशबाट फर्कन खोज्दैनन्। अनि बिहे भए पछि जन्मेको घरप्रति कुनै जिम्मेवारी हुँदैन? श्रीमान् को पहिचान बाहिर नारीको आफ्नो पहिचान हुँदैन ? के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भै हाल्छ? अहिलेसम्म पुस्तौदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यहि कारणले मात्र उत्पात विकास हुने रहेछ त ? हामीले लडेर ल्याइदिएको अधिकारको मज्जा लिइरहेको छौ भनेर नथाक्नेहरू नै त्यसको उपयोग गर्दा भने भड्किन पुग्छन् । यसको पछिल्लो उदाहरण समाजका अगुवाको अभिव्यक्ति हो । देख्दा त्यो केवल एकजना सुमना श्रेष्ठको लागि हो भन्ने देखिएला तर त्यसले मजस्तै जो सानै उमेरमा राम्रो अध्ययनको अवसर लिन बाहिरिन्छ, जो कमाउन बाहिरिन्छ, ती सबै प्रति लक्षित हो ।
यसैले म आग्रह गर्छु, त्यस्तो सोच जोसुकैबाट आओस्, त्यसका विरूद्धमा रहन आवश्यक छ । भन्नै पर्छ कि यो हाम्रो समय हो, जुन जस्तो अवस्था भए पनि हरेक नागरिकको सम्मानको समय हो । त्यसले "नेपाल जान्छु र केहि गर्छु" भन्नेहरूलाई निरूत्साहित हुनबाट जोगाउँछ । देश कुनै अमुक नेताहरूको कैदमा मात्रै छ र उनीहरूको मर्जीबिना देशमा पात पनि हल्लिदैन भन्ने धारणा फेरिन सक्छ । साँच्चै नै ब्रेन गेन हुन पुग्छ ।
बैठकमा यत्तिको बिषय केन्द्रित बहस जरुरी छ है!
गाडी कुद्नलाई जति बाटो चाहिन्छ त्यति बाटो छोडेर बाकी फुटपाथ बनाउदा कसरी इतिहास मेटिन्छ? इतिहास भनेको के हो?- बालेन शाह
नोकरशाही संयन्त्र, इन्टर्न होइन शिक्षामन्त्रीसँग डराएको हो,
अन्तर्राष्ट्रिय अभ्यास,नयाँ प्रयोग,फरक परिणाम निस्कियो भने बोरिया बिस्तारा बोकेर हिड्नुपर्छ भन्ने बुझेको छ नोकर शाहीतन्त्रले,
मन्त्रीका स्वकीय र विज्ञ सल्लाहकारलाई जार\सौतेला सोच्ने संयन्त्रले काबिल इन्टर्न कसरी सहन्छ ?
हिजो सरकारमा आफैं बसेको थियो गजधम्म परेर त्यो कांग्रेस भन्ने कुहिएको फर्सी। त्यो बेला चैं रवि लामिछानेमाथि अनुसन्धान गरेर जेल हाल्न कसले रोकेको थियो र आज सरकारबाट गलहत्याएर निकाल्दिने बित्तिकै राजीनामा माग्न थालेको? शरम करो कांग्रेसी, शरम करो।
घटना भयो, मान्छे मरे। जाँचबुझ समिति बनाए। समितिले मन्त्री दोषी हुन् पनि भन्यो। अब के भयो त? जाँचबुझ समितिका सदस्यले भत्ता पाए। प्रतिवेदन बाक्सामा राखे। मन्त्री भाषण गर्दै हिँडिरहेका छन्। यस्तो अनुशासनहीन राज्य छ। अनि एकथरी भन्छन्- देश स्वर्गै छ।