हेडसरले तनक्क परेर सलाम नठोकेको भनेर हुलमुलमा सांसद भएका पूर्व प्रहरी हाकिमले हप्कीदप्की गरेको रहेछ। प्रधानध्यापक सिपाही हो र? प्रधानध्यापक गुरू हुन्, सांसद सेवक। सेवक गुरूभन्दा ठूलो हुन सक्दैन!
आज मन परेका दुई प्रसङ्ग: बालेनको राजदूतसँग सामुहिक भेट र सुधनको अवैध क्रसरमा रोक।🙏
मन नपरेको सानो कुरो: राजदूतसँग फोटो खिचाउँदाको कालो चश्मा।
फगत खुलदुली: वैध गिट्टीले नपुगेर अवैध क्रसरको दोहन र माफियातन्त्र चलेको हो? अब वैधबाटमात्र कसरी मागअनुसार आपूर्ति हुनेछ? यो के लोचा हो?🙏
बोल्यो भने बढि बोले जस्तो होला– गगनको राजीनामाको खास राजनीतिक अर्थ २३ गते राति सत्ताधारी दलको महामन्त्रीका रुपमा थियो। नग्न सडकमा बली चढेका सन्तानको रगतको न्याय खोज्दै राजीनामा गरेको भए अहिले राजनीतिक कोर्स अर्कै दृश्यमा देखिने थियो। सुशासनको माग राख्दै गरेको त्यही साहदतको आडमा विशेष महाधिवेशन भयो तर नयाँ कांग्रेसले ‘विद्रोह’को राजनीतिक अनुमोदनलाई तल्लो तहसम्म लैजान निष्फल भयो। यो काम अधुरो र अपुरो छोडेर गगनले गरेको अहिलेको राजीनामाको खास अर्थ छैन। कांग्रेस सुधार्ने काम खै पुरा भएको?