A group of 32 for the FIFA World Cup 2026 is confirmed. Based only on the group-stage performance (points, goal difference, goals scored/conceded, consistency, and quality of results), we made a statistical forecast of the FIFA World Cup 2026. Will do it again for the set of 16.
गए रातिसम्मका खेलहरूको नतिजा, समूह चरणका अंक, गोल अन्तर, प्रदर्शन, सम्भावित नकआउट यात्रा, खेलाडीको गहिराइ (squad depth) तथा विगतका प्रतियोगिताहरूको प्रदर्शनलाई आधार मानेर गरिएको विश्लेषणअनुसार FIFA World Cup 2026 जित्न सक्ने सम्भावित राष्ट्रहरूको प्रारम्भिक सूची यस्तो देखिएको छ।
बिप्रेषण आयलाई खपतबाट उत्पादनमुखी क्षेत्रमा मोड्न सरकारसँग स्पष्ट, विश्वासयोग्य र आकर्षक लगानी संरचना हुन आवश्यक छ। बिप्रेषण मासिक रूपमा घरपरिवारको खातामा पुग्छ, तर त्यसको ठूलो हिस्सा बैंकमा बचत रहनुको कारण लगानीका भरपर्दा विकल्पहरूको अभाव हो।
In one of the policy briefs written for Think20, a think tank network of the G20, we discuss the importance of institutional quality for global food security. The URL of the brief is in the comment below.
हिजो साँझ मैले PAAN मा दिएको प्रस्तुति "जगको मर्मत: नेपालमा सुव्यवस्थित सार्वजनिक नीतिको लागि गर्नुपर्ने काम" (Fixing the foundation: The strategy for better policy in Nepal) मा अध्ययन अनुसन्धानमा राज्यको लगानीमा 'गुणस्तर सुनिश्वितता' को व्यवस्था थप्न दिएको सुझाव।
झण्डै हप्ता दिन लगाएर गाउँको एकान्तमा आफ्नो जीवनको सबभन्दा महत्वपूर्ण आदर्श पात्र आइन्सटाइनको चर्चित जीवनी तथा ब्रह्माण्ड-चिन्तन केन्द्रित पुस्तक EINSTEIN: His Life and Universe पढ्दा असीम आनन्दको अनुभुति!
थुप्रै बेस्टसेलर पुस्तकका लेखक Walter Isaacson द्वारा लिखित झण्डै सात सय पेजको यो किताब नेपाली लगायत हाम्रा राष्ट्रिय भाषाहरूमा पनि अनुवाद गरेर शिक्षण संस्थाहरू मात्र हैन घरघरमा पुर्याउन पाए हामी नेपालीको विश्वमै सबभन्दा पुछारमा रहेको औसत IQ (४२.९%)
ह्वात्तै बढाउन सकिन्थ्यो कि भन्ने मनमा लागिरह्यो।
पुस्तकमा भौतिक विज्ञानका कुरा मात्र हैन दर्शन,राजनीति, समाजशास्त्र,मनोविज्ञान लगायतका कुरा औपन्यासिक शैलीमा अत्यन्त रोचक ढंगले प्रस्तुत गरिएको छ।
सम्भवतः यसको पूरै फिल्म पनि कुनै दिन बन्नेछ। ओस्कार पुरस्कार विजेता अंग्रेजी चलचित्र OPPENHEIMER का कतिपय कुरा यसबाट लिइएको अनुभूति हुन्छ।
मानव इतिहासमा पहिलो पटक ब्रह्माण्डलाई वैज्ञानिक ढंगले बुझ्न सिकाएर मानवजातिलाई अतुलनीय गुन लगाउने र दिगो विश्व-शान्तिकालागि मानवकेन्द्रित समाजवादको विचार र विश्व-फेडरेसनको पैरवी गर्ने यी महामानवको ७६ बर्षमा निधनको वेला साथमा एकजना सहयोगी Helen Dukas मात्र रहेको र उही दिन भएको सामान्य अन्त्येष्टिमा १२ जना मात्र उपस्थित रहेको सुन्दा आँखा नरसाइरहन सकेन!
पुस्तक पढिसक्दा असीम श्रद्धाले मनमा यी अतिविनम्र महामानवको यो चर्चित वाणी गुनगुनाइरह्ये- 'I have no special talents; I am only passionately curious' ('मसंग कुनै विशिष्ट क्षमता छैन; खालि म तिर्खायुक्त जिज्ञासु छु')!
#highlight #Einstein #relativity #quantumphysics #UnifiedFieldTheory #WorldFederation
#ScientificHumanism
An introduction to the conventions involved in serving a traditional Japanese washoku meal, and the table manners for enjoying it.
https://t.co/aoxh92RbW3
*२०६० सालपछि गुमेको सामाजिक आदर्श!*
करिब १५ महिनापछि यो अन्तरवार्तामा नेपालको सामाजिक–आर्थिक अवस्था, संस्थागत सुधार, Gen-Z आन्दोलनले उठाएका प्रश्नहरू, तथा २०८३ का नीति तथा कार्यक्रमबारे आफ्ना धारणा साझा गरेको छु। प्रतिक्रिया तथा सुझावको अपेक्षा गर्दछु।
https://t.co/EPZ4GKIVor
Although Nepal has recently graduated to lower-middle-income status, it remains characterised by a large informal sector, estimated at 42.66 percent of GDP, which is relatively low labour productivity, and weak institutional discipline.
https://t.co/JTKE3l4ijO
नयाँ सरकारले संघीय मन्त्रालयहरूको संख्या घटाउने तयारी गरिरहेको कुरा मूलतः सही छ। तर एउटा अत्यावश्यक मन्त्रालय असावधानीवश हो या जानीजानीकन छुटेकोमा त्यस क्षेत्रको विद्यार्थीको नाताले र देशको दिगो विकासको हितैषीको नाताले सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।
त्यो हो - आवास तथा शहरी विकास/मामिला मन्त्रालय ( Ministry of Housing and Urban Development/Affairs )।
अमेरिका, जर्मनी,भारत, चीन, चिले, केन्या लगायत विश्वका विकसित र विकासशील अधिकांश देशमा छुट्टै आवास तथा शहरी विकास मन्त्रालय अत्यावश्यक मानिन्छन् र राखिन्छन्।
नेपाल जस्तो भर्खरै ग्रामिण र कृषिप्रधान अर्थतन्त्रबाट शहरी र उद्योग तथा सेवाप्रधान अर्थतन्त्रतिर संक्रमण हुन लागेको देशमा छुट्टै मन्त्रालय मार्फत् आवास र शहरीकरणको वैज्ञानिक व्यवस्थापन भएन भने आगामी दिनमा भयंकर संकट व्यहोर्नुपर्नेछ। हालैको सुकुम्वासी समस्या त्यसको एउटा ट्रेलर मात्र हो!
अर्कोतिर हिमाल,पहाड र तराईको अद्भूत भौगोलिक र पर्यावरणीय विविधता भएको हाम्रो देशमा शुरू देखि नै योजनाबद्ध र एकीकृत राष्ट्रिय (national), क्षेत्रीय (regional) र स्थानीय (local) विकासको खाका निर्माण गरेर कडाइपूर्वक कार्यान्वयन गरिएन भने यो शताब्दीको अन्त्यसम्म पूरै देश बाढीपहिरो, कंक्रिट जंगल र मरूभूमीले छियाछिया परेको कुरूप र बस्न अयोग्य स्थानमा परिणत हुन बेरलाग्ने छैन!
'एकीकृत भौतिक पूर्वाधार मन्त्रालय'को अवधारणा ठीक छ। तर त्यमा सडक,रेल लगायतका भौतिक पूर्वाधारहरू बढी पर्ने भएकाले र आवास तथा शहरी प्लस क्षेत्रीय विकासमा भौतिक मात्र नभएर आर्थिक,सामाजिक,सांस्कृतिक,मानवीय,पर्यावरणीय विकासका आयाम समेत रहने भएकाले विश्वभर आवास तथा शहरी विकासको छुट्टै राजनीतिक प्रशासनिक संयन्त्र निर्माण गर्नेगरिन्छ र हामीले पनि गर्नुपर्छ।
जहाँसम्म हामी तीन तहको संघीयतामा गइसकेकाले संघमा छुट्टै मन्त्रालय नचाहिने तर्क आउनसक्ने कुरा छ, आवास र शहरीकरण जस्तो बहुआयामिक विषयमा र नेपालको विशिष्ट भौगोलिक विविधतामा संघको एकीकृत नीतिनिर्देशन, योजना र श्रोत विना प्रदेश र स्थानीय तहले मात्रै तिनको सही व्यवस्थापन गर्न असम्भव हुन्छ।
अतः विज्ञ र विद्वानहरूले भरिएको मन्त्रीपरिषद्ले विवेकपूर्ण निर्णय गरोस्। #PMONepal #MinistryofHousingandUrbanDevelopment
'१०० जना ठूला करदाताले कुल आन्तरिक राजस्वको ५१ प्रतिशत तिर्छन्' भन्ने भाष्यले भ्रम सिर्जना गरेजस्तो छ ।
वास्तवमा, सरकारले पाउने वार्षिक राजस्वको करीब दुई तिहाइ हिस्सा आम सर्वसाधारणले तिर्ने विभिन्न कर र राजस्वबाट सङ्कलन हुन्छ। +
भूमिका विषयमा-
हामीमध्ये धेरैलाई जमीन र आवास मानव अधिकार हो भनेर लाग्दैन।
आम धारणा के देखिन्छ भने, 'जसको सामर्थ्य छ उसले जग्गा जोड्छ, र असमर्थले यसमाथि दाबी गर्नु अनुचित हो'।
जमीन त्यति हदसम्म पनि कमोडिटी नहुनुपर्ने हो ।+