Would welcome an enlightened public debate on "Reimagining Nepal's foreign policy: A new strategic vision" for the 21st century! A detailed presentation was made at the 5th Yadunath Khanal Memorial Lecture recently in Kathmandu. @MofaNepal
बालेन्द्र शाह नेतृत्वको नवोदित दल रास्वपाको एकल सरकारको १०० दिनबारे आआफ्नो दृष्टकोण अनुसार मूल्यांकन हुनु स्वाभाविक छ। 'फूलको आँखामा फूलै संसार,काँडाको आँखामा काँडै संसार'!
पुरानै संसदीय राजनीतिको निरन्तरताको आँखाबाट हेर्ने हो भने यी सय दिन खासै उपलब्धीपूर्ण नलाग्न सक्छन्। बरू केही परम्परागत शैली भत्किन लागेकोमा आशंका र चिन्ता लाग्नसक्छ।
तर युग परिवर्तन, राजनीतिको पुस्तान्तरण, गैरराजनीतिक नयाँ युवाहरूको बाहुल्यता लगायतको नयाँ चस्मा सहितको आँखाबाट हेर्दा यी सय दिनलाई अन्य कुराहरूका अतिरिक्त न्यूनतम रूपमा पुरानो शासकीय शैलीको ध्वंश र नयाँ शैलीको निर्माणको प्रयासको रूपमा मूलतः सकारात्मक ढंगले हेर्न सकिन्छ। अतः केही समय शंकाको लाभ दिनु नै उचित हुन्छ।
त्यसरी नै देशको जटील भूराजनीति, अत्यन्त अल्पविकसित र परनिर्भर अर्थराजनीति, तीब्र आर्थिक-सामाजिक रूपान्तरणको आवश्यकता लगायतका गम्भीर संरचनात्मक चुनौतिहरूलाई केन्द्रमा राखेर हेर्दा चाहिं यी सय दिनलाई सामान्य सिकाइका दिन मानेर आगामी दिन अरू गम्भीरता र मेहनतकासाथ अघि बढ्नु श्रेयस्कर हुनेछ।
सय दिनका अनुभव र कमीकमजोरीहरूबाट सिक्दै सुशासन र समतामूलक समॄद्धिको दिशामा दृढतापूर्कक अघि बढ्न र भविष्यमुखी नयाँ तथा वैकल्पिक राजनीतिको आधारशिला निर्माण गर्न नयाँ युवाबाहुल्य सरकारलाई सफलताको हार्दिक शुभकामना!
लामो समयदेखिको सुस्ताको घाउ निकै गहीरो छ। पूरै निको हुन केही समय अझै लाग्नसक्छ। त्यतिवेलासम्म हामीले त्यहाँका निवासी हाम्रा नागरिकलाई नागरिकताको प्रमाणपत्र, जग्गा भोगचलन गर्दै आएकालाई लालपुर्जा लगायतका अन्य अधिकार र सुविधाबाट समेत किन बन्चित गर्ने? त्यहाँका वास्तविक बासिन्दालाई नागरिकता नदिनु भनेको त त्यो भूमि हाम्रो हैन भन्ने सर्वथा गलत अर्थ लाग्दैन र? सरकारको ध्यान पुगोस्! #PMONepal
एक महिनाको गाउँ बसाइका केही घटनाहरुले मन उद्वेलित गरिरहेछन्!
केही दिन अघि एकजना छिमेकी भाउज्यू आउनुभो! सामान्य कुशलमंगलका कुरापछि भन्नुभो - 'छोरो एउटा कम्पनीमा काम गर्छ! बुहारी नातिनातिनी पढाउन शहरतिर बस्छे! म एक्लै गाउँमा बस्छु!'
अस्ति अर्की गाउँले भाउज्यू दुइजना साना नाति-नातिनी लिएर आउनुभो। कुरैकुरामा भन्नुभो- ' छोराहरु सबै बाहिर छन्। दुइवटा छोराका नाति-नातिनी त बोर्डिंगमा पढ्छन्! तर के गर्नु खै, यी दुइलाई चाहिं गाउँकै स्कूलमा पढाउनु परिराख्या छ!'
मन चसक्क भयो! आफुले यहीं स्थानीय विन्ध्यवासिनी स्कूलको प्रारम्भकालमा चौतारामा चकटीमा बसेर पढेको इतिहास सुनाउँदै सरकारी स्कूलमा पढेर पनि राम्रो गर्न सकिन्छ भन्ने तर्क गर्न खोजें। तर कुरा निकै गहिरो र संवेदनशील थियो।
निजी र सरकारी स्कूल वीचको बढ्दो दूरीले समाजमा विभेदको खाडल बढाउँदै गैरहेछ। यसले नयाँ द्वन्द सिर्जना गर्छ गर्छ। यसको छिटो अन्त्य गर्न राज्य र समाज दुवैले बेलैमा पहल गर्नैपर्छ।
पहिलो त राज्यले संविधानको अक्षर र भावना (letter and spirit) दुवैको कदर गर्दै कमसेकम माध्यमिक तहसम्मको शिक्षाको पूर्ण दायित्व लिनुपर्छ। दोहोरो शिक्षाप्रणाली पूर्ण खारेज गर्दै शिक्षालाई मुनाफाको क्षेत्र बन्न दिनैहुन्न।
दोश्रो, शिक्षामा लगानी वृद्धि गरेर र आमूल प्रणालीगत सुधार गरेर गुणस्तरयुक्त र जीपनोपयोगी शिक्षा सबैलाई उपलब्ध गराउनैपर्छ।
तत्काल गाउँका कुनाकाप्चाका स्कूलहरूको गुणस्तर बृद्धि गर्न स्थानीय तह, समुदाय र सबै सचेत नागरिकले आआफ्नो ठाउँबाट पहल गरौं।
मैले कखरा सिकेको र अधिकांश दलित तथा विपन्न वर्गका बालबालिका अध्ययन गर्ने स्कूल (विन्ध्यवासिनी आधारभूत विद्यालय, पालुंगटार न पा- १, गोरखा) लाई केही थान कम्प्यूटर लगायत आधुनिक प्रविधिमैत्री सिकाइसामाग्री प्रदान गरेर सहयोग गर्न सबै शुभेच्छुक साथीहरू र संस्थाहरूसंग विनम्र आग्रह गर्दछु।
सम्पर्क:-
फोन- +९७७-९८२५१००३०४
सन्तोष पोखरेल
अध्यक्ष, विद्यालय व्यवस्थापन समिति
#highlight #EducationForAll
नयाँ पार्टीको नयाँ सरकार बनेको सय दिन पुगेको छैन तर देशको राजनीति उही पुरानै दन्तबझानमा अल्झिने, संसद अवरुद्ध हुने, आधारभूत जनताका एजेण्डा अलपत्र पर्ने संकेत देखिनु विडम्वनापूर्ण छ।
अब कसैलाई पुरानै अस्थीरताको खेल खेल्ने र देशलाई गरीबी र वेरोजगारीको दुष्चक्रमा फसाइराख्ने छुट छैन।
सरकारका गल्तीकमजोरीको आलोचना गर्दै उसलाई पूरा कार्यकाल काम गर्न दिऊँ। उसले गर्न नसके अर्को निर्वाचनमा जनताले दण्डित गर्ने लोकतान्त्रिक बाटो छँदैछ।
अनि हेक्का रहोस्, पुस्तान्तरण भैसकेको नेपाली राजनीति अब फेरि पुरानैतिर फर्कने सम्भावना छैन। नयाँको विकल्प झन् नयाँ मात्र हुनसक्छ।
#highlight #balendrashah #RabiLamichhane #NayaShakti
RSP Chair Rabi Lamichhane's article in @htTweets has been generally appreciated both in Nepal and India. I also appreciate it.
But this is only the half of the story. As long as you talk about the developmental and cultural/civilizational issues everybody goes gaga over it. I do vividly remember my time when I pushed forward the BIPPA agreement between the two countries to enhance bilateral investment and economic cooperation.
But when you open the other half of the story, as you all can easily guess, the real demon of security and sovereignty question, the whole passionately built edifice collapses just as a house of cards.
India's fixation with the 'Himalayan Frontier' mindset on the security question and Nepal'a deep-rooted fear psychosis of 'Sikkimization' , come as insurmountable obstacles on the way. We have been reliving this Sisyphus story for decades.
To end this tragic saga for ever and embark on the path of longterm cooperation and coexistence I had initially proposed the idea of EPG (Eminent Persons Group) and was subsequently agreed upon by both sides. Unfortunately the EPG report is in virtual deathbed for years.
Let Rabi's current Delhi visit succeed to create a new history. The rattling sounds both in Kathmandu and Delhi, however, are not very assuring.
देश र जनताले धेरै आशा गरेका युवा इन्जिनीयर प्र. म. लाई मित्रवत् सुझाव:
- संसदमा उपस्थित भएर सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिनुभयो। राम्रो गर्नुभयो।
- पदमा बहाल रहुन्जेल हाम्रो नीतिशास्त्रको यो पद्यांश निरन्तर स्मरण गर्दा राम्रो होला:
'सत्यं ब्रुयात् प्रियं ब्रुयात् ,
न ब्रुयात् सत्यमप्रियं !
('सत्य बोल प्रिय बोल, अप्रिय सत्य नबोल!)
#highlight #balendrashah
बत्तीमुनि अँधेरो भने झैं मध्यपहाडी लोकमार्गको यो गोरखा पालुंगटार न. पा. अन्तर्गत सातदोबाटो-ठाँटीपोखरी खण्ड बर्षौंदेखि कछुवागतिमा अलपत्र परेर घिस्रिरहेको देख्दा दिग्दार लाग्यो!
आफ्नै गृह वडा भएर पूर्वको चिवाभन्ज्यांग (पाँचथर) देखि पश्चिमको झुलाघाट (वैतडी) सम्म पुग्ने यो आफैले घोषणा गरेको राष्ट्रिय गौरवको सडकवारे आफु सत्तामा रहदा वा नरहदा अनगिन्तिपटक सत्ताको शीरदेखि पुछारसम्मको ढोका ढक्ढक्याएको ढक्ढक्याएकै छु तर टसमस हुँदैहुँदैन!
गाइँगुइँ सुन्छु यसका मुखिया ठेक्दार सा'ब यति पहुँचवाला छन् रे कसैले तिनको रौं हल्लाउन सक्दैन रे!
जेन-जी विद्रोहको जगमा अपूर्व मतादेश सहित बनेको सरकारको ध्यान पुगोस्!
#highlight #midhillhighway #palungtar #CorruptionInNepal
यस्तो वैचारिक वहस हुनु लोकतन्त्रको विकासनिम्ति अत्यन्तै आवश्यक र सकारात्मक कुरा हो। विभिन्न कोणबाट हुने तथ्य र तर्क सहितका वहसले नै सत्य र न्यायलाई बुझ्न र स्थापित गर्न मदत गर्छन्।
जहाँसम्म 'डिपार्चर' को कुरा छ, त्यसलाई पनि 'मात्रात्मक'/'सुधारात्मक' (Quantitative/ Reformative) र 'गुणात्मक'/'क्रान्तिकारी'( Qualitative/Revolutionary) भनेर वर्गीकरण गर्नु उपयुक्त हुन्छ। एउटै प्रणाली भित्रको मात्रात्मक परिवर्तन 'सुधार' मात्र हो, भने प्रणालीमै गुणात्मक परिवर्तन 'क्रान्ति' वा वास्तविक 'डिपार्चर' हो।
त्यस अर्थमा आधुनिक नेपाली राजनीतिक इतिहासमा राणा र शाह वंशको निरंकुशतन्त्र अन्तरगत भएका कतिपय मात्रात्मक सुधारहरू र अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र अन्तरगत भएका कतिपय परिवर्तनहरूलाई सही अर्थमा 'डिपार्चर' भन्न मिल्दैन। ती 'सुधार' मात्र हुन्। हिजोका वंशानुगत निरंकुशतन्त्रको अन्त्य गरेर आजको लोकतान्त्रिक गणतन्त्र ल्याउने कार्य र समय नै सही अर्थमा नेपाली राजनीतिका सवभन्दा महत्वपूर्ण र ऐतिहासिक 'डिपार्चर' हुन्।
अनि 'डिपार्चर' को नाउँमा 'लोकतन्त्र' लाई नै कमजोर पार्ने वा मास्ने काम भयो भने त त्यो 'प्रतिगमन' वा 'प्रतिक्रान्ति' पो हुनपुग्छ।
यसवारे स्वस्थ वहस जारी रहोस्!
नेपाली राजनीतिको ऐतिहासिक पुस्तान्तरण सहित बनेको नयाँ सरकार र नेतृत्वबाट जनताले निकै ठूलो अपेक्षा गरेका छन्! मैले अहिले गाउँको कुनाबाट चियाएर हेर्दा पनि त्यस्तै देखिरहेको छु। सम्बन्धित सबैको ध्यान पुगोस्!
अनि मूल नेतृत्वले महान् वैज्ञानिक न्युटनको यो चर्चित भनाइ निरन्तर स्मरण गरोस्:
"I can see farther because I stand on the shoulder of giants."
( "मैले परसम्म देख्न सक्छु किनकि म महामानवहरूको काँधमा चढेको छु।")
Thank you Bishnu Adhikari for posting this book: burnt in arson: we facilitated in building housing for squatters… by the time we were out of power.. housing was misused!
नयाँ युगको नयाँ विचार संश्लेषणनिम्ति पछिल्ला ज्ञानविज्ञानमा आधारित नयाँ किताबहरूको जोहो गर्दैं!
प्रारम्भमा मानवीय व्यवहारबाट सिद्धान्तको संश्लेषण; अनि सो सिद्धान्तको व्यवहारमा प्रयोग; पुनः सो व्यवहारको जगमा उन्नत नयाँ विचारको संश्लेषण ... ! यो चक्र निरन्तर अघि बढाएर नै मानव-सभ्यता यहाँसम्म आइपुगेको मानिन्छ! र अनन्तकालसम्म यो चक्र अघि बढिरहने मानिन्छ!
यसैलाई शायद 'वादे वादे जायते तत्वबोध..' भनिन्छ!https://t.co/b5VgStO2rF
मेरो पुरानो स्कूल- अमर ज्योति जनता हाइस्कूल (हाल उच्चमाध्यमिक विद्यालय),गोरखा!
सबैलाई आफुले पढेको स्कूलको माया त हुन्छ नै! मलाई चाहिं यो स्कूल मात्र नभएर दोश्रो जन्मघर जस्तो लाग्छ! २०१९ साल फागुनमा पहिले आँपको वगैंचा र पछि स्याउलाले छाएको छाप्रोमा तीन कक्षामा भर्ना भएर २०२६ सालको SLC परीक्षासम्म यो स्कूलमा बिताएका रोमांचक दिनहरू अहिले पनि दिलदिमागमा फनफनी घुमीरहन्छन्।
गोरखाको ग्रामिण क्षेत्र (हाल पालुंगटार नगरपालिका -४) मा रहेको यही स्कूलले उत्पादन गरेका हजारौं विद्यार्थीहरूले देश र विदेशमा विभिन्न क्षेत्रमा उत्कृष्ट भूमिका र महत्वपूर्ण सार्वजनिक जिम्मेवारी निर्वाह गरेको पाउँदा असीम गर्वानुभूति हुन्छ।
स्कूलबाट विदा भएपछि पनि समस्त विद्यालय परिवारले आफुलाई निरन्तर दिइरहेको अपार माया र आफुले पनि खाशगरी जनप्रतिनिधि र राज्यको जिम्मेवारीमा रहेको वेला पूर्वाधार निर्माण र विशेषतः विज्ञान शिक्षाको प्रवर्द्धनमा केही योगदान गरेर आंशिक ऋण तिर्न पाएकोमा सन्तोषको अनुभूति हुन्छ।
कुनैवेला देशकै अग्रणी विद्यालयको परिचय बनाएको र वीचमा केही ओझेलमा परेको यो स्कूल पुनः आफ्नो ऐतिहासिक गौरव र भूमिका स्थापित गर्न अग्रसर भैरहेको पाउँदा हर्षानुभूति हुन्छ।
वैज्ञानिक र गुणस्तरीय शिक्षा नै व्यक्ति र समाजको उन्नति र सुखसमृद्धिको प्रमुख आधार हुनाले यो ऐतिहासिक विद्यालय आफ्नो नाउँ अनुकुल ज्ञानको 'अमर ज्योति' निरन्तर फैलाइरहन सफल रहोस्! हार्दिक शुभकामना! https://t.co/MY7hQa7rFb
अंग्रेजीमा एउटा प्रसिद्ध भनाइ छ- 'You should not only be good but you should appear to be good'.( 'तपाईं असल भएर मात्र हुँदैन परन्तु तपाईं असल पनि देखिनुपर्छ।'
हालैको सुकुम्वासी बस्ती विस्थापन र पुनर्स्थापन प्रकरणमा नेपाली सेनाको संलग्नतावारे आशंका बढीरहेको अवस्थामा देशका विभिन्न जिल्ला र पालिकामा सेनाले सुकुम्वासी वस्तिहरूको लगत संकलन गरिरहेको भन्ने कुरा सत्य हो भने त्यो राम्रो देखिएन।
विपद् व्यबस्थापन वा कुनै गैर-सैनिक काममा सेनाको संलग्नता सिधै आफ्नो स्वेच्छामा नभएर नागरिक सरकारका सम्बन्धित निकायहरू मार्फत् हुन्छ र हुनुपर्छ।
देशको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्ने प्रमुख दायित्व बोकेको सेनाले अरू क्षेत्रमा जरूरी भूमिका निर्वाह गर्नुपर्दा राज्यका सम्बन्धित अंगहरूको अगुवाइमा मात्रै गर्नुपर्छ। अनावश्यक ढंगले विवादमा परेर आफ्नो छवी बिगार्ने र राष्ट्रिय सुरक्षाको प्रश्नलाई कमजोर पार्ने काम पटक्कै गर्नुहुँदैन।
यसवारे नेपाली सेनाको नेतृत्वको गम्भीर ध्यानाकर्षण होस् र कमजोरीहरू वेलैमा सच्याइउन्।
हालै विस्थापित भएका सुकुम्वासीहरुसंग भेटघाट । साथै अब्यबस्थित तथा असुरक्षित सुकुम्वासी वस्तीका वास्तविक सुकुम्वासीहरूको स्थायी वसोवासनिम्ति मेरो प्रमकालमा बनेको र पछिल्ला सरकारहरूले अलपत्र पारेको नागार्जुन इचंगुनारायणस्थित अपार्टमेन्टहरूको निरीक्षण! सरकारले अब कुनै किन्तुपरन्तु नगरी पहिचान गरिएका सुकुम्वासीहरूलाई यथाशिघ्र ती अपार्टमेन्टहरूमा सारोस्!https://t.co/G1XTcBz7Kq
बार्षिक बजेटको मुखमा अर्थमन्त्री @SwarnimWagle ले जारी गर्नुभएको "स्थितिपत्र" मा आर्थिक रूपान्तरणकालागि संस्थागत र संरचनात्मक सुधारका कुरा गरिएको छ। त्यो स्वागतयोग्य छ तर कस्तो संरचनात्मक सुधार हो प्रष्ट छैन।
हाम्रो समाज र राज्य-व्यवस्थाका केही आधारभूत क्षेत्रहरूमा गहिरो शल्यक्रिया नगरी हाम्रो अर्थतन्त्र अहिलेको अति विपन्न अवस्थाबाट मध्यम विकसित हुँदै उच्च विकसित अवस्थामा पुग्नैसक्दैन।
त्यसनिम्ति उपयोगी सन्दर्भ-सामाग्री बनोस् भन्ने हेतुले मैले केही समय पहिले लेखेको " आर्थिक क्रान्तिकालागि संरचनात्मक परिवर्तन" को महत्वपूर्ण अंश यहाँ शेयर गरेको छु।
'सुकुम्बासी' अर्थात् आवासविहीन शहरी गरीबहरूको समस्यालाई अमानवीय र असंवेदनशील ढंगले कसैले पनि नहेरौं,नबोलौं! झन् एकैचोटि 'डोजर चलाउने' कुरा र फलानाले नसकेको ढिस्कानाले सक्ने भनेर उराल्ने कुरा नगरौं!
म आफैं आर्किटेक्चर र शहरी तथा क्षेत्रीय विकास योजनाको विद्यार्थी हुनुको नाताले आफ्नो छोटो प्रमकालमा देशभर व्यवस्थित शहरीकरण र वस्तिविकासको निम्ति केही महत्वपूर्ण पहल गरेको सर्वविदितै छ। तीमध्ये दीर्घकालीन ढंगले समस्या समाधाननिम्ति शहरी विकास मन्त्रालय, काठमाण्डौ उपत्यका विकास प्रधिकरण लगायतका संरचनाहरूको निर्माण र तत्कालीन रूपमा काठमाण्डौका वास्तविक सुकुम्वासीहरूको पहिचान गरेर तिनको पुनर्स्थापनानिम्ति बालाजु इचंगुनारायणमा सामुहिक आवास निर्माणका विषय विशेष उल्लेखनीय छन्।
नयाँ सरकारले ती अनुभवमा समेत टेकेर विधिसम्मत र न्यायपूर्ण ढगले वास्तविक सुकुम्वासीहरूको पहिचान गरी सम्मानजनक रूपमा उनीहरूको पुनर्स्थापना गरोस्। हतारिएर गल्ती गर्नु सट्टा 'दशचोटि नाप्नू, एकचोटि काट्नू' भन्ने लोकोक्ति अनुशरण गरोस्!
#highlight #PMONepal #sqattersrights #resettlement