Home Minister Mr Sudan Gurung you can’t lead the ministry, for the sake of country and common people you must immediately resign. गृहमन्त्री श्री सुदन गुरुङजी,तपाईं मन्त्रालयको नेतृत्व गर्न सक्नुहुन्न, देशको एकता र सर्वसाधारणको सुरक्षाको खातिर तपाईंले तुरुन्तै राजीनामा दिनुपर्छ।
सौरभ @asahamatiले खुला सीमा बन्द गरौँ भन्दा सबैले खिल्ली उडाए, अरुणकुमार सुवेदी @Arunkumarsubed1ले सीमावर्ती मदरसाहरुमा सब बिहारी र बंगाली मौलवीले पढाउछन् भन्दा कसैले सुन्ने कान गरेनन्, नेपालमा रोहिंग्यालाई आउन दिनु हुँदैन भन्दा हामीलाई असहिष्णु भनियो। मधेस प्रदेश बनाउने नाउँमा ६० को दशकमा आफ्नै पहाडी दाजुभाइलाई खेदे, पारीबाट गैर नागरिक भित्र्याए, पराईलाई मुख्यमन्त्री बनाए। भइआएको हिन्दु अधिराज्य र हिन्दु राजा फाल्दा पररर ताली पड्काउँदै टेबुल ठटाउनेमा छेत्रीबाहुन र मधेसी नै अग्रपंक्तिमा भइदिए पछि कसको के लाग्यो? अब खाऊ गणतन्त्र, धर्मनिरपेक्षता, मधेस प्रदेश दुइटा हातले, मुखबाट नभ्याए नाकबाट पनि खाऊ। म भोटेलाई यत्रै सिती!
ब्राजिल मेरो 'फर्स्ट लभ' हो। अब म अर्जेन्टिनाको पक्षधर हुँ। तर कसैले अर्जेन्टिनाविरुद्ध पहिलो गोल हानेर लिड गर्दा म झन् रोमान्चित हुन्छु। किनभने मलाई थाहा छ, अर्जेन्टिना च्याम्पियन हो। हरेक च्याम्पियनको एउटा गुण हुन्छ—ऊ दबाब आउँदा दब्दैन, फाइट ब्याक गर्छ र अन्ततः जित्छ। हिजो इङ्ग्ल्यान्डसँग पनि त्यस्तै भयो। महान् मेस्सीको टिमको जय होस्।
राले ग्याङ्गको प्रचार ढुस्स
"सरकारले गणेश नेपालीको उपचार दिल्लीमा होइन, वीर अस्पतालमै गराउने। अहिले दिल्ली लान जोखिम हुने डाक्टरको भनाइ"
जलन अस्पताल खोइ? भनेर दाजु उज्ज्वल थापाले वर्षौंदेखि कराएको कराइ हुनुहुन्छ ।
रेकर्डका लागि फायल समाचार
इजिप्ट ७८औँ मिनेटसम्म २–० ले अघि थियो। त्यसबेलासम्म रेफ्री पनि राम्रो थियो, VAR पनि राम्रो थियो, FIFA पनि राम्रो नै थियो।
तर ७९औँ मिनेटमा अर्जेन्टिनाले गोल गर्यो, त्यसपछि शानदार पुनरागमन गर्दै खेल जित्यो।
अनि अचानक रेफ्री खराब भयो, VAR खराब भयो, FIFA पनि खराब भयो! 🤷♂️⚽
उन्ताका केपी ओली क्या पपुलर थिए । कटाक्ष गर्थे, टुक्का हान्थे, मजाक गर्थे । मानिसहरु गलल हाँस्थे । पत्रकारहरु पनि गलल हाँस्थे । कसैले किन यस्तो भन्दैनथे । भन्नेलाई दुश्मन देखिन्थ्यो । समर्थकहरुलाई त पाद पनि बसाउने भैगो । म झोले हुँ भन्ने पोस्टर बनाएरै सेयर गर्थे । केपी ओलीलाई हौसला मिल्थ्यो । उनी थप मजाक गर्थे । थप हाँसो छुट्थे । थप ताली बज्थे । बिस्तारै केपी ओली सिरियस हुनै छाडे । हरेक कामलाई मजाक बनाउन थाले । चुनावलाई पनि मजाक बनाए । पार्टीलाई पनि मजाक बनाए । जनमतलाई पनि मजाक बनाए । पदलाई पनि मजाक बनाए । कदलाई पनि मजाक बनाए । राजनेता बन्न हिडेका केपी ओली आज एउटा मजाक बनेर रहेका छन् ।
कथा सकियो ।😷✍️🤔
Hemant Giri
नीज किशोर श्रेष्ठ विरुद्ध तात्कालिन समयमा दिएको उजुरीमा नेपाल प्रहरीले के कति कारणले सामान्य सोधपुछ समेत गरेन ? @NepalPoliceHQ ले सो जवाफ सहित अब पक्राउ किन नगर्ने जवाफ चाहियो ?
धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्“विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्यो।” वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका “स्लिपर सेल” बने।योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो।यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो।
राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर गरेको होइन। चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्छ।तर अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको छ। त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो ,शिक्षालयमा दलको झण्डा निषेध।कर्मचारीतन्त्रमा दलको झोला निषेध।यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ।अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ।
हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन।कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन।हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून् , कुनै दलको होइन।यो कुनै पार्टीविरुद्धको लडाइँ होइन।यो प्रणाली बचाउने प्रयास हो।यो भविष्य बचाउने प्रयास हो।यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो।शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो।त्यसैले तपाइहरुकै चाहना अनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौ ।
हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाइको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाइहरुकै जनचाहना बमोजीम काम गर्न सरकार मा आएका हौ। तपाइहरु ढुक्क हुनुस, हामि जे गर्छौ आम नेपाली जनताकै हितमा गर्छौ ।
अरूले चिन्ता गरेको ठिक छ, तर
३५ वर्षदेखि विधिको शासन नचाहिएकालाई
३५ वर्षदेखि पदको बाहेक राजनीति नगरेकालाई
३५ वर्षदेखि सुकुम्वासीमाथि राजनीति गरेकालाई
३५ वर्षदेखि सुकुम्वासीको मर्यादा नखोजेकालाई
३५ वर्षदेखि दशौँ लाख गरीव मार्ने राजनीति गरेकालाई
३५ वर्षदेखि गरीवको पीडाले रत्तिभर नछोएकालाई
एकाएक
गरिवको आँसुले भिजायो, गरीवको आँसुले रूवायो
र काठमाडौँमा मानवताको वर्षा भयो!
अनि मैले निधारमा मन्दिरको टीका लगाएर, कालो चस्माले आँखा छोपेर, मुस्कुराएको फोटो प्रेषित गर्ने निर्णय गरेँ।