बालेन्द्र साह र सुधन गुरुगंको 'देश बनाउने रोग'ले चाँडै नै देश थलिएर मर्नेछ। 'देश बनाउने रोग' बोकेका अर्धसील्ली समुदायले पनि बुझुन्- मुर्ख शासक र अनुत्तरदायी प्रशासकले देश भत्काएनन् भने नागरिकले आफै देश बनाउँछ।
तिमीहरूको 'देश बनाउने रोग'ले मुलुक कोरोनाजस्तै अराजक संक्रमणबाट गुज्रिदैछ। यस्तो दिन नआओस् कि एक दिन बालेन्द्र सरकारलाई नै क्वारेन्टाइनमा राख्नु परोस्।
रास्वपा महाधिवेशनमा जाने नेका सभापतिको निर्णय प्रशंसनीय,;संवोधन सारपूर्ण।राजनीतिमा शब्द तनाव हुन सक्छन तर प्रजातान्त्रिक संस्कार रहनुपर्दछ,संसदको गणित खुम्चंदैमा नेकाको संस्कार खुम्चन्न ।
Posts like these do not seem appropriate for someone holding the dignity and responsibility of the office of Prime Minister. We expect a certain level of seriousness, maturity, and accountability from the person occupying the Prime Minister’s chair.
प्रधानन्यायाधीश नियुक्तिको सरकारी अभिप्राय पहिलेदेखि नै नियोजित र दुराशयपूर्ण थियो। 'संवैधानिक परिषद अध्यादेश' त्यसैको पुर्वाभ्यास थियो।
पुराना दलहरूले त केवल संवैधानिक संस्थाहरूलाई आफन्त, झोले र तावेदारमार्फत 'कब्जा' मात्र गर्थे। नयाँहरूले त संस्थागत मर्यादा र महत्वको नै हत्या गरिदिने भए।
आशालाई विश्वासमा बदल्न शुभकामना !
भिन्न दलमा छौं तर देश, समाज र समुन्नतिको सपना साझा छ l अत विगतका कमजोरीबाट सिक्न र राम्रा कर्म पछ्याउन शुभकामना l नितिगत सुनिश्चिततासाथ अघि बढेर सुशासन र प्रगति हासिल गर्न स्थिर, सबल र सफल प्रधानमन्त्रीका लागि धेरै शुभकामना l जय नेपाल !
ऊ किन मन्त्री बन्यो र त्यो किन बनेन भन्नेमा नजाने र कुनै ग्राण्ड डिजायन नसोच्ने हो भने नीतिगत भ्रष्टाचारमा पारङ्गत ओली, प्रचण्ड र देउवाको तीसवर्षे कुशासनबाट देशले मुक्ति पायो। यो ब्रह्मलुट समाप्ति नै ठुलो उपलब्धि भो। यसकै शुभकामना! देश राम्ररी हाँक्नुहोला, बालेनलाई थप सुभेच्छा!🙏
आज दिउँस चावहिल जानु थियो। “पठाओ बाईक” बोलाएँ। राइडर भाई १२ मा पढ्दा रहेछन।
हालको चुनावी परिणाम बारे उनी फटाफट बोल्न थाले-
जनताको हितमा सबैभन्दा राम्रो काम कुलमान घिसिंगले गरे, तर उनी हारे।
गगन मधेस गएर ठीक गरे। मधेस-पहाड जोड्न खोजे। तर हारे।
चुनाव सधैं यस्तै हुन्छ हो, अंकल ?
साथीहरु !
केही वर्ष यता तपाई हामीले प्राकृतिक बाढी,पहिरो,भेल भोगेका होइनौं र ? घर,बारी,सडक,कुलो,खानेपानीका पाईप सारा गुमाएका हैनौं र ?
अहिले पनि संझिनुस-
चुनावी भेल,आँधिवेरी, सुनामी नै आयो।
नआत्तिकन राष्ट्रिय एकता, लोकतन्त्र, संविधान जोगाउन सहयोग गरौं, संहालिएर फेरी उठ्ने छौं !
यो हार त के हो र ?
योभन्दा निकै कठिन दिनहरु हाम्रा अग्रजहरुले भोगेर कांग्रेस बचाएका हुन।केही त हामीले पनि भोगेकै हौं।
चुनाव हारेको हो, सबै सकिएको हैन।
हो, अझै सुधार गर्नु छ।
प्रतिगमनतर्फ फर्केर होइन,परिपक्वता र नविनताको थप एजेण्डा सहित अघि बढौं, फेरिपनि भविष्य कांग्रेसकै हो !!
मत लहलहै वा भावनामा बगेर हैन, राम्ररी सोच विचार गरेर दिनु पर्छ। मौन अवधिमा सोचौँ! मेरै क्षणिक आवेगले म र मेरो देशलाई थप अर्को द्वन्द र अनिश्चिततामा नफसाओस्! सोचेर मत हालौँ, पुर्पुरोमा हात राख्ने गरी फगत 'दान' नगरौँ! शासक लहडमा नचुनिउन्! 'आफ्नो शासक आफैँ छान्ने' पर्वको शुभकामना!🙏
उमेदवार १: रुखमा बाँधेर रोड बनाउने हो
उमेदवार २: समयमा काम गर्न रुखमा बाँधेर हुन्न, ४१ वटा ऐन संसोधन गर्न पर्छ
जनता: बाख्रा चोर
अहिलेको नेपाली चेतना स्तर 😭
नेकाको घोषणापत्र सार्वजनिक गर्दै सभापति गगन थापाले उदारीकरण-2मा जाने ,ब्लकचेन र कृप्टो कारोबार सम्बन्धि नीतिविधि बनाउने बाचा गरे।यो '48पछिको सबैभन्दा ठूलो नीति प्रस्थान र आर्थिक छलाङको सपना हो, सबैले समर्थन गरौ,आवेग हैन सकारात्मक प्रवेग हेतु मतदान गरौ।
गगन थापासंगको प्रश्नोत्तर कार्यक्रममा उनलाई झण्डै साढे ३ घण्टा सम्म सुन्दा र नेपाली कांग्रेसको घोषणापत्रमा आफूलाई रूचीकर केही विषयबारे उनका योजना/प्रतिज्ञा पढ्दा ढुक्क भईयो, प्रधानमन्त्रीको रूपमा काम गर्न गगन थापा योग्य र सक्षम मात्रै होईन, पूर्ण रूपमा तयार पनि छन्।
राष्ट्रिय झण्डाको धेरै नै दुरूपयोग हुन थाल्यो । राष्ट्रिय झण्डा ओडेर आन्दोलन गर्ने, राष्ट्रिय झण्डा ओडेर देश जलाउने, राष्ट्रिय झण्डा ओडेर मत माग्ने, यी कार्य बर्जित छन । तत्काल बन्द हुनु पर्यो । राष्ट्रिय झण्डा ओड्ने “कपडा” होइन । यसतर्फ सम्वद्ध निकायको ध्यान जावस् ।
कांग्रेसमा जे भयो त्यो ७० जनाभन्दा बढीको मृत्यु र खरबौंको क्षति हुँदा पनि जेन-जी आन्दोलनको मर्मलाई लत्याइरहने नेताहरूप्रतिको विद्रोह थियो । भृकुटीमण्डपमा उठान भएको त्यो विद्रोहको बैठान झापा ५ मा हुनेछ । आशा गरौं ।
एकताबद्ध भएर अघि बढ्न सबैमा हार्दिक अपील।
प्रेस विज्ञप्ति
नेपाली कांग्रेसमा विधि, विधान र पद्दति स्थापित भएको छ, विशेष महाधिवेशन कुनै विवादको विषय थिएन। निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टीको विधान अनुसार निर्णय गरेको छ। यसप्रति हामी आभारी छौं।
यो नेपाली कांग्रेसका हामी सदस्यहरू र शुभेच्छुकजनले नेपाली कांग्रेसमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमान्दार प्रयत्नको साझा प्रतिफल हो।
यसले स्थापित गरेको छ - पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ। अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ।
विशेष महाधिवेशनमा सहभागी हुनुभएका-नहुनुभएका, सहमत हुनुभएका-नहुनुभएका सबै नेपाली कांग्रेसमा आवद्ध टोलदेखि केन्द्रसम्म, देश विदेशमा रहनु भएका सम्पूर्ण अग्रज तथा साथीहरूलाई आग्रह गर्न चाहान्छु - यो विधि विधानले प्रधानता पाएको हो, जय पराजयको विषय होइन - कुनै अलमल नपरौं, सबै संयम होऔं, जिम्मेवार बनौं, एकतावद्ध रहौं। विश्वास र भरोसा राख्नुहोस्; अब कांग्रेस नवीन उर्जा र एकतासहित रुपान्तरणको दिशामा अगाडि बढेको छ। रिफर्मको यात्रा शुरु भइसकेको छ। अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आशन्न निर्वाचनमा एकढिक्का भइ लाग्नुपर्नेछ।
यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका श्रद्धेय पुर्व सभापति शेरवहादुर देउवा लगायत पार्टीमा विभिन्न तह र निकायमा रहनुभएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रुपमा लिई पुर्ण साथ रहनेछ भन्ने विश्वास लिएका छौं।
आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, लाग्नेछैन - जिम्मेवारी फरक होला तर भुइ तहमा रहेका सदस्य र तपाईंको केन्द्रीय सभापतिको समान हैसियत हो, हुनेछ। तपाईंहरूको चाहना नै हाम्रो निर्णयको आधार हुनेछ।
नेपाली कांग्रेस पार्टी नेता र यसका सिमित सदस्यको मात्रै होइन आम मानिसको सार्वजनिक पुँजी हो। यस यात्रामा लोकतन्त्र र समुन्नतिका निम्ति रुपान्तरित कांग्रेस देख्न चाहने तमाम देश भित्र र वाहिर रहेका लाखौं सुभेच्छुकजनहरू प्रति विशेष आग्रह गर्न चाहान्छौं- नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्म आलोचना गर्दै समीक्षा गरेको छ; आजसम्मका उपलब्धीलाइ समयको पदचाप अनुसार थप संस्थागत गर्ने संकल्प गरेको छ - अब कांग्रेस बदलिएको छ, बदलिनेछ।
अत: समस्त शुभेच्छुक, समर्थक र आम जनसमुदायमा अपील गर्दछौ - नेपाली कांग्रेस आम नेपाली जनताको अपेक्षा र नव युवाको परिवर्तनको आकांक्षा अनुरुप अगाडि बढ्नेछ। एउटा लोकतान्त्रिक र जनमुखी पार्टी कस्तो हुनुपर्छ हामी बनाउनेछौं। अब कांग्रेसले मूल्य र सिद्धान्त विपरित गएर कुनै सम्झौता गर्ने छैन, ‘सत्ताका लागि जोसंग जहिले पनि अप्राकृतिक गठबन्धन गर्ने कुरा अन्त्य हुनेछ। जसरी हिजोका दिनमा हाम्रा अग्रजहरूले लोकतन्त्र र जनअधिकारका लागि अग्रसरता लिनुभयो त्यसरी नै अब कांग्रेसले यो संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्नेछ - यसका लागि तपाईंहरूको थप साथ र विश्वास चाहिएको छ।
अन्त्यमा, यो ऐतिहासिक क्षणमा सम्पूर्ण शहिदहरूप्रति श्रद्धान्जली अर्पण गर्दछौं, पार्टीका सबै अग्रजलाई श्रद्धा र सम्मान प्रकट गर्दछौं, समस्त नवयुवा लगायत आम नेपाली आमाबुबा, दाजुभाइ दिदीबहिनीहरूमा समुन्नत नेपाल निर्माणको यात्रमा सरिक हुन पुन: हार्दिक अपील गर्दछौं। जय नेपाल !
तपाईंको सभापति
गगनकुमार थापा
२०८२ माघ २ गते