सरकारले अबदेखि यसो गरोस्-यो मान्छे कुनै न कुनै दिन मरिहाल्छ भनेर एड्भान्समा सार्वजनिक बिदा दिने निर्णय गरौं ! ढिलो हुनुभन्दा चाँडो हुनु राम्रो हो !!! #ToriSarkar#Holiday#Nepal#Alter1010
मान्छे बरू आफ्नो र अर्काको गाईको दूध चिन्छन्,आफ्नै भनिएकाहरूको आनीबानी चिन्दैनन् ! एउटा भन्छन्, गर्छन् अर्कै । हो एकथोक, भन्छन् अर्कै !!! बुझ्नै गाह्रो यो मनुष्य चोला...
दरबार भित्र हत्या काण्ड मच्चाउन पाईन्छ, तुरुनी नंचाउन पाईन्छ, गांजा तान्न पनि पाईन्छ, मुर्ती चोरेर लुकाउन पाईन्छ तर जनताको लागी कफी दोकान खोल्न पाईन्न।
कमेडी च्याम्पियन सकिएपछि हाँस्न पाइँदैन कि भन्ने पीर थियो । धन्न 'ओलीबा कमेडी शो'ले उद्दार गर्यो । अझ बेसारवाला कन्टेन्ट त करोडकै थियो । उहाँ भक्तहरूलाई चाहिने मान्छे हो !
अब डा. बाबुरामलाई एउटा टीभीमा एकघण्टे प्रोग्राम चलाउन दिनुपर्यो, उनीसँग घोक्रो फुलाएर हरेक कुराको विरोध गर्ने क्षमता पनि छ, ताइनतुईका तर्क गर्ने शैली पनि छ !