चुनावका बेला नेताहरु दवावमा रहन्छन्। भाषणहरुमा केही नोकझोक र आक्रोश अभिव्यक्त हुनु स्वभाविक हो। एक अर्कालाई व्यङ्ग्यवाण पनि प्राकृतिक नै मानौं। तर नेताहरुले जनतालाई अपमान गर्ने हक राख्दैनन्।
केही दिनदेखि मैले नेताहरुको भाषण पछ्याइरहेको छु। रास्वपा अध्यक्ष रवि लामिछानेको भाषणमा आक्रोश स्वभाविक होला, जव कि उनी आफूलाई ‘फसाएर जेल पारिएको र अन्याय भएको’ तर्क गरिरहन्छन् तर उनले जनतालाई ‘मासुभात खाऊ तर मत हामीलाई देउ’ भनेर जसरी भनिरहेका छन्, यसले सिधाका सिधा जनताको विवेक, अस्तित्व र आत्मामा प्रहार गर्छ। जनताको स्वयं अस्तित्वको अपमान गर्छ। पुराना दलले उनीप्रति केही अन्याय गरेको भए त्यो अनुभूतिलाई राजनीतिक रुपमा र राजनीतिक भाषामा प्रतिकार गर्नु श्रेयकर होला तर जनतालाई विवेकशून्य देखाएर मासुभाते प्रचलनको स्तरमा राख्नु साह्रै अराजनीतिक र स्तरहीन अभिव्यक्ति हो। यसले रविको राजनीतिक स्तरीयता दर्शाउँदैन।
इन्टरनेट नहुँदा हामीलाई पढाइने गरिन्थ्यो- मान्छे 'चैते' हुनुको प्रमुख कारण सूचना र सञ्चारको अभाव हो । अहिले त्यो गलत सावित भयो । अहिले मान्छे 'महाचैते' भएर निस्कियो ।📷
मुख्य कुरा भदौ २४ गते दिउँसो साढे एक बजे ओलीले हेलिकप्टर पाउने शर्तमा कतिवटा खाली कागजमा सही गरेर सेनापतिलाई बुझाए भन्ने हो ।एउटा राजीनामा भैहाल्यो, दोस्रो राष्ट्रपतिले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको पत्रमा 'प्रधानमन्त्रीको पनि सहमति' भन्ने उल्लेख छ । त्यही होला । बाँकी ?
गाउँघरको बिडम्बना-
१० वर्षअघि कसैले छिमेकीको बारीबाट एक मुठी घाँस काट्दा झगडा हुन्थ्यो । बोलचाल बन्द !
अहिले एउटाको घरमा वस्तुभाउ छैनन् । भैंसी भएको घरकालाई यता आएर यो घाँस पनि काटिदेउ र लैजाउ भन्दा मान्दैन । बोल्चाल पुनः बन्द छ ।🤣🙏😍
हामीले युट्युबेलाई 'घर भाँड्यो' भनेर आलोचना गरिरह्यौं । पत्रकारिताको मूलधार हामी हौं, त्यसरी गरिने पत्रकारिता सही होइन भनिरह्यौं ।
तर एकदिन घरपरिवार भाँड्नमा सीमित रहेका भनिएका युट्युबेहरूले डलरको लोभमा देश तहसनहस पारे । हामी मूकदर्शक बन्यौं ।🙏
केपी ओली वचनका साह्रै पक्का । पोहोर भदौ ताका नै छिटै एउटा महिला प्रधानमन्त्री बनाउँछु भन्थे । आफ्नै ज्यान जोखिममा राखे, घर खेत खरानी बनाए तर सुशिला कार्कीलाई प्रधानमन्त्री बनाइछाडे ।📷📷
लोकतन्त्र खोस्ने कुचेष्टा कसैले नगरे हुन्छ। जंगी अड्डाले राष्ट्रपति कति दिन लुकाउन सक्छ? तर यो भनिरहँदा नभुलौं– ०४६ देखि ८२ सम्मका भ्रष्टहरु निर्मूल भएनन् भने अर्को आन्दोलन जरुरी हुन्छ। जतिबेला पनि अर्को आँधीबेहरी चल्न सक्छ। भ्रष्टाचारले गन्हाएका र त्यही अभ्यासमा नेता हुन प्रयास गरिरहेकाहरुले राम्ररी बुझ्नू।