सपनामा आउछु दिमागमा आउदिन,अलि जिद्दी स्वभावको छु,त्यसैले आफ्नो घमण्ड खल्तीमा राखेर आउनु,माया दिनेलाई माया दिनेछु नत्र ब्लकको भेटी चडाएर सम्मान सहित बिदा दिनेछु।
सोच फराकिलो हुनु पर्छ रे
मित्रले भनेको
अरुले जे गरे पनि
जे बोले पनि
सहिदिनेले सहिदिनु
ठुलो सोच राखेर उदारताबादी हुनु
अनि पो बोलिरहनेको बोलि बिक्ने रैछ
अनिपो सम्भन्ध टिकिरहने रैछ
पोलिरहनेको छाती पोलेको कस्ले देख्छ?
पिडा त जल्ने लाई हुन्छ महोदय
आगो लगाउने त हात सेकेर आनन्द लिन्छ ।।
मेरा प्रिय मान्छेहरु
म गुमनाम वनफूल थिएँ
फुल्नु, झर्नु र फेरि फुल्नु
एउटा फूलको मौसमी नियती मात्र हो
त्यसैले मलाई कहिल्यै नसम्झनू, बिर्सिदिनू।
**********************************
सितारा मणी अँध्यारो उज्यालो
म अन्धो एउटा छ संसार कालो
एउटा मुसो हुँ सुरक्षित कहाँ छु
माथि चिल जमिनमा बिरालो
गर्यो आँट खाई झिँगो भोकमेट्ने
कुनै माकुरोले फिजाएर जालो
कहाँ शत्रुलेमात्र देखाउँछन् डर
मित्रले नै समात्छन् कठालो
थिए शत्रु जालीबने मित्र जाली
पछाडि खोलो अगाडि भँगालो