छुटिनु भन्दा भोली आज नभेटौं भो हामी
जीवन यसै आनन्द आज नभेटौं भो हामी
थाहै नपाइ दिल दिमागले यसरी पो लाग्छ
विष पिरतिको मन्द आज नभेटौं भो हामी
अंगालोमा तिमी मेरो उनी हुँदा सम्झनामा
आउला उनकै गन्ध आज नभेटौं भो हामी
एकैराते बटुवालाई भन्छ बास दिन्न मनले
दिलको ढोका बन्द आज नभेटौं भो हामी
-बिजु
०८२/०८/१९
#स्कुलडायरी