सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय युवा विवेक मण्डलको आत्मदाहको प्रयासपछि उपचारका क्रममा आज बिहान २:४० बजे भएको दुःखद निधनको खबरले अत्यन्त मर्माहत बनाएको छ।
यस शोकपूर्ण घडीमा स्वर्गीय विवेक मण्डलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। यस अपूरणीय क्षतिको पीडा सहन परिवारजनलाई धैर्य र शक्ति प्राप्त होस्।
यस कठिन घडीमा म शोकसन्तप्त परिवारको साथमा छु। स्वर्गीय विवेक मण्डलका सन्तानहरूको शिक्षा–दीक्षामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता उहाँको परिवारलाई जानकारी गराइसकेको छु।
नागरिक `फ्रस्टेसन´ को प्रतिनिधि रुप हो गणेश नेपालीको आत्मदाह l हामी पुराना गएर, `नयाँ´ आएपछि पनि समाजमा `होप कृयट´ किन हुन सकिरहेको छैन, गहिराईमा गहन दृस्टी जरुरी छ l
@PM_nepal_ गम्भीरताप्रति गम्भीर बन्नोस् l समाजमा आशा मर्यो भने विश्वास जीवित रहन्न !
@Rajgurkha@hamrorabi शेखर लाइ मात्र होइन शेर बहादुर लाइ नै बोलाउन पर्ने थियो किन कि उहा हरुलाई चुनावमा करौडौ आर्थिक सहयोग र मन बचन ले सहयोग गरेर आज देशकै सबै भन्दा ठुलो पार्टी स्थापित गरिदिनु भएको मान्छे हुन् ठिक भन्नु भयो दाजै
देशको प्रधानमन्त्रीले बोल्नुअघी दर्जनपटक सोचेर बोल्नुपर्छ l संवेदनशील कुटनैतिक प्रश्नमा संयम र परिपक्वता झनै जरुरी हुन्छ l
`सरकार बालेन´ को मत प्रधान कि `व्यक्ति बालेन´ को मत मुख्य ? रास्वपाको धारणा के हो ? सिमा मिचेका हौं कि मिचाइमा परेका हामी थप विभक्त हुनलागेका हौं ??
हिजो सार्वजनिक भएको SEE परीक्षामा सफल हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई! तपाईँहरूको मेहनत र लगनशीलताले आज सार्थक रूप पाएको छ।
त्यस्तै, अपेक्षित ग्रेड प्राप्त गर्न नसक्नुभएका भाइबहिनीहरूलाई यो नतिजालाई केवल एउटा खुड्किलोको रूपमा लिन र कत्ति पनि विचलित नहुन आग्रह गर्दछु। आगामी ग्रेड वृद्धि (Grade Increment) परीक्षा आफ्नो क्षमता प्रमाणित गर्ने अर्को सुन्दर अवसर हो।
विद्यार्थीको मनोबल उच्च राख्न र आवश्यक शैक्षिक परामर्श दिन म स्थानीय सरकारहरूलाई तत्काल समन्वयका लागि अनुरोध गर्दछु।
साथै, यस वर्ष एसईईको नतिजा अपेक्षाकृत छिटो सार्वजनिक गर्न सफल भएकोमा नेपाल सरकार, सम्बन्धित निकाय र संलग्न सबैप्रति धन्यवाद तथा बधाई व्यक्त गर्दछु।
सर्लाहीको सीमावर्ती क्षेत्र मधुवनीबाट भर्खरै फर्किएको छु। त्यहाँका नागरिकहरूसँगको अन्तर्क्रिया पछि एउटा गहिरो छटपटी र आक्रोश मनमा लिएर फर्किएको छु।
कागजमा सीमित रहेको, तर हालै संघीय सरकारले कडाइका साथ लागू गर्न खोजेको "१०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार बुझाउनुपर्ने" अव्यवहारिक आदेशले सीमा क्षेत्रका नागरिकको दैनिकी कति कष्टकर बनाएको छ भन्ने कुरा भुक्तभोगीलाई मात्र थाहा छ।
त्यहाँ मैले केही यस्ता दृश्य र आवाजहरू सुनेँ, जसले राज्यको चरित्रमाथि नै प्रश्न उठाउँछन्:
• बिहान कामका लागि सीमा पार गर्ने एक ज्यालादारी मजदुरलाई एउटा बिस्कुटको प्याकेटका कारण दुई घण्टा रोकिनुपर्यो।
• एक महिलाले चिन्तित हुँदै भन्नुभयो— “पहिला हामी सम्मानका साथ सीमा पार गर्थ्यौँ, अहिले डरका साथ पार गर्छौँ।”
सीमा क्षेत्रले भोगिरहेको यो असहजताको गह्रौँ भारी मसँगै फर्कँदैछ।
एक इमानदार राजनीतिज्ञको हैसियतले म सत्य स्वीकार गर्छु— यो व्यवस्था हिजो मात्र आएको होइन। यो विभिन्न सरकारका पालामा, र मेरो आफ्नै पार्टी नेतृत्वको सरकार हुँदा समेत कानूनका पानामा रहिरह्यो। तर, यो कानून कति अव्यवहारिक छ भन्ने बुझेर नै हामीले यसअघि यसलाई लागू गर्न दिएका थिएनौँ। तथापि, समयमै यसलाई सुधार्न नसक्नु हाम्रो कमजोरी थियो। त्यो कमजोरी स्वीकार गर्ने र सच्याउने जिम्मा अब हाम्रै हो।
यो नागरिकमैत्री नीति हुँदै होइन, यो एक प्रकारको 'हेपाहा नीति' हो। यो मधेसको दैनिकीमा लागेको घाउ हो। नियमित आवतजावतलाई शङ्कामा बदलिएको छ र नागरिक सम्मानलाई अपमानित तुल्याइएको छ। स्वयम् भन्सार विभागले स्वीकार गरेको छ कि यसबाट उल्लेखनीय राजस्व उठ्दैन। त्यसो भए यो दुःख आखिर किन र कसका लागि?
राज्यले मधेसका हरेक भान्सामा अवरोध खडा गरेको छ। यसको मार महिला, विद्यार्थी, किसान र श्रमिक वर्गमाथि परेको छ।
सरकारसँग मेरो स्पष्ट माग छ:
यो अव्यवहारिक निर्णय तत्काल फिर्ता लिइयोस्। सीमामा पहिले जस्तो सहजता थियो, त्यसलाई कम्तीमा सुनिश्चित गरियोस्।
सीमान्त क्षेत्रहरू राष्ट्रका किनारा मात्र होइनन्; ती अर्थतन्त्र, संस्कृति र विश्वासका जीवित सङ्गम हुन्। जब नीतिले यो संवेदनशीलता बिर्सन्छ, त्यसले देशका सीमामा उभिएर देश सम्हाल्ने नागरिकहरूलाई नै सजाय दिन्छ।
अहिलेको खतरनाक रोग, केही कुरामा असहमति जनाए पहिलाकाले के गरेका थिए र रे? किन नबोलेको रे? तिनका बारे कोहि नबोलेको भए कसैले नलेखेको भए तपाईंले तिनका बारे कुन जोखाना हेरेर थाहा पाउनुभयो त ?
🎊 १८ औं विवाह वार्षिकोत्सवको
हार्दिक मंगलमय शुभकामना! 💐❤️🎉
🙏
आदरणीय सभापतिज्यू र अञ्जनाजी,
नेपाली कांग्रेसको नेतृत्व सम्हाल्दै,
देशसेवामा समर्पित रहँदै ,
१८ वर्षको यो पवित्र दाम्पत्य यात्रा
साँच्चै अनुकरणीय छ। 🙏
अञ्जनाजीलाई ,
नेतापछाडि एउटी सबल नारीको शक्ति हुन्छ ,
त्यो शक्ति तपाईं हुनुहुन्छ।
कठिन समयमा ढुङ्गाझैं अडिनु,
खुशीमा मुस्कुराउनु ,
यही हो तपाईंको महानता।
@thapagk #anjanakc
कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन लाग्नुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा सफलताको हार्दिक शुभकामना। तपाईँको मेहनत र आत्मविश्वासले अवश्य पनि सुखद नतिजा ल्याउनेछ। धैर्य र शान्त भएर परीक्षा दिनुहोला। उज्ज्वल भविष्यको कामना।
आमाले यो पटक फेरि सिकाउनु भयो
परिस्थितिभन्दा ठूलो हाम्रो धैर्य र विश्वास हुन्छ।
जीवनका हरेक मोडमा मेरो गुरु रहनु भएकी आमालाई नमन।
सबै आमाहरूलाई मातृ दिवसको हार्दिक शुभकामना।