शुभ तिहार २०७९ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
- पुरानो डायरी परिवार
#tihar#puranodiary#literature
दशैँको टिका सबैको भाग्यमा नहोला, तर खुशी चाहिँ हरेकको घरमा होस्।
बडा दशैं २०७९ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आफन्तजनहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
- पुरानो डायरी परिवार
#badadashain#puranodiary
म: आमा पैसा पठाइदिनुस है जाडो बड्यो नयाँ ज्याकेट किन्नु छ।
आमा: ल ल भोलि हाल्दिम्ला पैसा। तेरो त्यो पुरानो ज्याकेट चै घर आउदा ल्याएस् नि मलाई पनि छैन।
#आमा_को_माया
😢
#मुक्तक
थपियो मनमा भारै भार , म के गरुँ
आइपर्यो झनै कस्तो दोधार,म के गरुँ
जस्लाई पाउन दुबै खुट्टा गुमाएको थिँए,
पठायो उस्ले चप्पल उपहार, म के गरुँ ।
✍️दिपेश थिङ