तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।
#kpoliisterriorist
माया सधै निस्वार्थ गरिन्छ ।
अरुले माया फर्काउला कि नाई भनेर कैहिले माया गरिदैन!
मायाले दुस्मनलाई साथी नबनाउला ,
उसलाई मान्छे चाही बनाउछ !
सम्पूर्ण प्राणीलाई माया गरौँ!
म राजा हुँदा , लोकतन्त्र चाहियो भन्छु ,
राजा खराब भो ,
म गणतन्त्र आउँदा राजा चाहियो भन्छु ,
जनतन्त्र हराम भो ,
म जनता हुँदा नेता बन्न खोज्छु ,
नेता बन्दा जनता लडाउछु ,
कम्जोर हुँदा बलियो लाई रोज्छु ,
बलियो हुँदा आफै हराउछु !
म अरुलाई के भनम ,म आफै खराब छु!!
म शून्यमा शून्यसरी बिलाए
म कहिले हावा बनेर आए
कहिले पानी बनेर आए
कहिले आगो बनेर आए
कहिले माटो बनेर आए
म प्रकृतिमा आफैलाई अनेक
अनेक रूपमा सृजना गर्दै आए
कहिले दानव बनेर आए
कहिले मानव बनेर आए
हरेक रूपमा म आफैलाई खोज्दै आए ।