ओलीले चलाएको गोलीको शिकार हुन पुगेका छन् सामान्य नेपाली जनता। कमजोरीले थलिएको बेला दंगलमा उत्रनु मूर्खता बाहेक केही हुन सक्दैन। ओलीले भनेको कुरामा कति सत्यता छ त्यो विद्वानहरुले नै भन्लान्, तर नियत भने दुनियाको ध्यान अन्तै भड्काएर सत्तामा टिक्ने अभिप्सा बाहेक केही होइन।
नेपाली कम्यूनिस्टहरुको नक्कली राष्ट्रवादी आलाप देख्दा र सुन्दा त ‘गेट लस्ट’ नै भन्न मन लाग्छ।
तर छिमेकी मिडियाको रोदन र क्रन्दन सुन्दा लाग्छ कि सबैकुरा भुलेर भनिदिउॅं .... जे सुकै होस् , अरु केही समय राज गर, हामी सहिदिउॅंला बरु....
कस्तो कन्फ्यूजन यार!!!
कहिॅं नभएको जात्रा: प्रधानमन्त्रीको आदेशमा सरकारको पक्षमा देशभर जुलुस् निकालिने रे। यो सत्ताको आशक्तिले पनि शक्तिमानहरुलाई चटके नै बनाउने रहेछ।
श्री पशुपतिनाथले नयां मृगौलाको रक्षा गरुन्।
चारपटक प्रधानमन्त्री भएको त्यत्रो दम्भ प्रदर्शनको सट्टा आफ्नो राज्यकालमा गरेका इतिहासले सम्झिने केवल ४ काम गरेको बारेमा बोलिदिएको भए विद्यार्थीहरुले कस्तो राम्रो प्रेरणा लिन्थे होला?
परन्तु ; सुनाउन लायक केही भए पो त! नंगा लगाएगा क्या निचोडेगा क्या?? !!!
नेकपाको सलहले ल्याएको सिम्प्टोम्याटिक कलह र काॅंग्रेसमा व्यप्त एसिम्प्टोम्याटिक पोलिटिकल कोरोनाले न नेपालीको जरो जोगाउने वाला छ न किलो।
जाग नेपालीहरु! नत्र होला अझ धेरै ढिलो।आफ्नो ठाउॅं आफैं बनाऔं, कोही जादुको छडी बोकेर आउनेवाला छैन।
मन्दिरहरुमा झुन्ड्याइएका घन्टहरु पनि मेटल नै हुन ;हेभी नै लाग्छन्।हेभी मेटल सम्झेर सबैले बजाइ हेर्ने हो कि!
यसैपनि घन्टहरु बजाउने जनसंख्या दिनानुदिन घट्दो छ। घन्टको निरन्तर आवाजले कुनै न कुनै प्रजातिका सलह कक्रक्क परिहाल्छन् कि!
लडाऊ लडाऊ... फोरेर लडाऊ; बोलेर लडाऊ। त्यतिले नपुगे युरो पेलेर लडाऊ। त्यसले पनि पुगेन भने अरु पनि उपाय खोजेर लडाऊ। आखिर राज तिम्रै चलेको छ ; हाम्रा भनिएकाहरु तिम्रै काजमा व्यस्त जो छन्। बोक्सी पनि तिमी, झाँक्री पनि तिमी।कहिले बोक्सी बनेर लडाऊ, कहिले धामी बनेर लडाऊ।