आब आबय वाला चुनावमे सर्लाही–४ के जनता भारी मत सँ सभापति गगन थापाके जिताके इतिहास बनावे के मूड मे अछि। देश जोड़य के सोच राखैत, संघीय सत्तामे मधेसके मजबूत आवाज बनावे के सभापति गगनके चाहके मधेस दिल सँ साथ दे रहल अछि।
ई भरोसा अचानक नइँ बनल अछि। समय–समय पर मधेस जे राजनीतिक समझदारी आ चेतना देखौने अछि, ओही सँ आज ई विश्वास खड़ा भेल अछि।
सभापति जी के विजयभावा के शुभकामना आ बहुमत के सरकार के नेतृत्व करय के राष्ट्रीय चाहना जनता खुला रूपे व्यक्त क रहल अछि।
जय मधेस, जय नेपाल!
बर्खा लागेको छ। कृपया आफ्नो गाडी र मोटर साइकल बिस्तारै चलाउनु होला किनकि तपाइँ संग दुइटा सवारी साधन हुन् सक्छ तर बटुवा संग दुइ जोर लुगा नहुन पनि सक्छ !
शुभ बिहानी ! 🙏🏻🙏🏻
कांग्रेसका सहमहामन्त्री समेत रहनुभएका नेपाल सरकारका पर्यटन मन्त्री बद्री पाण्डेलाईवल्र्ड टुरिजम एन्ड एभिएसन समिट–२०२५’ का अवसरमा वर्षको उत्कृष्ट पर्यटनमन्त्रीका रूपमा अवार्ड प्रदान गरिएको छ !
रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ-`प्रचलित कानुन बमोजिम कार्वाही गर्नु´ l तर प्रक्रिया शुरुभएपछि- `राजनैतिक प्रतिशोध´ भन्नू संसदीय समिति र संसदकै अपमान होइन र ?
प्रदर्शनले न्यायालय प्रभावित गर्ने भ्रम-प्रयास वैकल्पिक राजनीति ? कि विधि उपर समेतको ठगी ?
नागरिकको स्वास्थ्योपचारमा धेरै प्रयोगमा आउने र अधिक खर्च हुने रेडियोलोजी(एक्सरे,एमआरआइ, सिटिस्क्यान आदि)मा प्रयोग हुने फिल्मको प्रयोग हटाएर २२ वटा संघीय अस्पतालमा डिजिटल रिपोर्ट प्रदान गर्ने निर्णय गरेका छौं ।
यस निर्णयले फिल्ममा हुने खर्च घट्न गइ ती अस्पतालको करिब वार्षिक ५० करोड रकम विदेशिनबाट जोगिने अपेक्षा गरेका छौं । खरिदमा हुने खर्च घटे पछि सोहीअनुरुप नागरिकको रेडियोलोजी सेवाको शुल्कसमेत घटाउन हामीले मातहतका अस्पतालमा व्यवस्था गरेका छौं । निजी क्षेत्रबाटसमेत साथ मिलेमा र प्रदेश स्थानीय तहमा समेत यो लागू गर्न सकिएमा निकै ठूलो रकम जोगिने हाम्रो अपेक्षा छ ।
एक पटक प्रयोगमा आएपछि वातावरणमासमेत असर पार्ने फिल्मको प्रयोगलाई क्रमैसँग निजी र अन्य तहगत अस्पतालमासमेत हटाउने हाम्रो लक्ष्य छ। यसका लागि सघाउन हामी निजी अस्पतालसहित सम्बद्ध सरोकारवालाको सहयोग अपेक्षा गर्दछौं ।
#Nepal #Health #Mohp
@mohpnep
अझै पनि गल्ती गरेको छैन भन्ने भ्रम पार्न खोज्दै हुनुहुन्छ?
धेरै पर्दैन यति प्रश्नको जवाफ दिनुस्!
तपाईंले दुई देशको नागरिकता/पासपोर्ट लिएको हो,होइन?
तपाईं कर्यक्रारी निर्देशक हुँदा तपाईंको कम्पनीले गरेको कामको जिम्मेवार तपाईं हुने की नहुने?
करोडौं रकम तपाईंको खातामा गएको हो होइन?
धेरै महानुभवहरूले बाबुराम ‘एक्लियो’ ‘हरायो’ भनेर चिन्ता गरेको देखियो। चिन्ता त्यता हैन यता गरौंः
१.बर्षमा तीन चोटि गठबन्धन र सरकार परिवर्तन हुने र उनै भिजनविहीन,गफाष्टक,आत्मकेन्द्रित,विवादास्पद मान्छे वीच कुर्सी साटासाट भैरहने हो भने भिजिनरी नेतृत्व सहितको राजनीतिक स्थीरता कसरी हासिल हुन्छ? लोकतान्त्रिक स्थीरता विना देश कसरी सुशासित र समृद्ध हुन्छ? यसनिम्ति छिटो संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक ढाॅचामा प्रत्यक्ष निर्वाचित व्यवस्थापिका प्रणालीमा किन नजाने?
२. पालैपालो सबै प्रमुख दल र नेताको नेतृत्व रहेका सरकारहरू अरबौं अर्बका भ्रष्टाचार काण्डहरूमा मुछिएको जगजाहेर भैसक्दा उनीहरूले नै अहिले भएकै शक्तिविहीन संसथाहरू मार्फत् भ्रष्टाचारीलाई कार्वाही गर्छन् र देशमा सुशासन कायम हुन्छ भनेर आशा गर्नु नीतिकथाको स्यालले ‘झर्ला र खाउॅला’ भनेजस्तै हुन्न र? अधिकारसम्पन्न र स्वायत्त जनलोकपाल वा यस्तै वैकल्पिक संयन्त्र निर्माण गरेर ‘ठूला माछा’ लाई समेत तह लगाउने र देशमा कडाइपूर्क विधिको शासन कायम गर्ने दिशामा किन नजाने?
३. दशकौंदेखि ३-४ % भन्दा माथि आर्थिक बृद्धिदर हासिल नभएको, देश श्रम निर्यात र वस्तु आयातको दुष्चक्रमा फसेको,व्यापार घाटा र वैदेशिक ऋण वर्षेनी चुलिदै गएको, पहिले उद्योग र पछि कृषि क्षेत्र पूरै धरासायी हुॅदै गएको, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको कुरा छेपारोको कथामा सीमित भैरहेको आदि गम्भीर अर्थ-राजनीतिक संरचनात्मक समस्या हल नगरी देश कसरी समृ्द्ध बन्छ? यिनै भिजनविहीन, निष्ठारहित मान्छेहरूबाट यी कुरा सम्भव होलान्?
आदि इत्यादि!
अतःहाम्रो सार्वजनिक विमर्शलाई व्यक्ति-केन्द्रित हैन मुद्दा-केन्द्रित बनाउने कि? बाबुरामहरू त इतिहासमा आउॅछन् जान्छन्! इतिहासले सबैको हिसाब राखिहाल्छ नि!