म छिटै आत्मसमर्पण गर्छु ,,
यसको मतलब साँचो लुकाउन खोजेको होइन
म नभएको कुरामा वहस गर्न रुचाउदिन ,,,
नभएको कुराहरुमा तर्क पेश गर्ने पर्याप्त समय छैन म शीत ,
मलाई सिकायत छ
यो चल्दै गरेको बतास माथी !
अचानक आइदिन्छ,
बिना सूचना
अनुचित समयमा, अनुपेक्षित प्रकारले
हिर्काउछ जोडदार मथिङ्गलमा
र,
मेरो एकाग्रता खलबलाइदिन्छ ।